मान्छे

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मान्छे

उत्‍पत्ति 1 : 27
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

उत्‍पत्ति 2 : 7
7 तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।

उत्‍पत्ति 5 : 2
2 उहाँले तिनीहरूलाई नर र नारी गरी सृष्‍टि गर्नुभयो। तिनीहरूको सृष्‍टि भएको दिन उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो र “मानिस” नाउँ दिनुभयो।

व्यवस्था 4 : 32
32 यस्‍तो महान्‌ घटना अघि कहिल्‍यै घटेको वा सुनिएको थियो? पृथ्‍वीमा परमेश्‍वरले मान्‍छे सृष्‍टि गर्नुभएको आदिकालको विषयमा सोध-खोज गर। आकाशको वल्‍लो छेउदेखि पल्‍लो छेउसम्‍म पनि यही कुराको निधो गर।

अय्‍यूब 4 : 17
17 ‘के मरणशील मानिस परमेश्‍वरभन्‍दा बढ़ी धर्मी ठहर्न सक्‍छ? के कुनै प्राणी आफ्‍ना सृष्‍टिकर्ताभन्‍दा पवित्र हुन सक्‍छ?

अय्‍यूब 10 : 3
3 के तपाईं आफ्‍नो सारा हातका कामलाई तुच्‍छ ठानी ममाथि अत्‍याचार गर्न खुशी हुनुहुन्‍छ, जब कि दुष्‍टहरूको योजनामा हाँस्‍नुहुन्‍छ।

अय्‍यूब 10 : 9
9 यो कुरा सम्‍झनुहोस्‌ कि तपाईंले नै मलाई माटोलाई झैँ आकार दिनुभयो, के अब मलाई धूलैमा परिणत गर्नुहुन्‍छ?

अय्‍यूब 31 : 15
15 गर्भमा मलाई रच्‍नुहुनेले तिनीहरूलाई पनि रच्‍नुभएको होइन र? के एउटै परमेश्‍वरले हामीलाई गर्भमा सृष्‍टि गर्नुभएको होइन र?

अय्‍यूब 33 : 4
4 किनभने परमेश्‍वरका आत्‍माले मलाई सृजनुभयो, र सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिन्‍छ।

अय्‍यूब 34 : 19
19 जसले राजकुमारहरूको पक्ष लिनुहुन्‍न, जसले धनी र गरीब दुवैलाई समान दृष्‍टिले हेर्नुहुन्‍छ। तिनीहरू सबै परमेश्‍वरले सृष्‍टि गर्नुभएका प्राणी हुन्,

अय्‍यूब 35 : 10
10 तर तिनीहरूमध्‍येका कसैले पनि यसो भनेर सोध्‍दैनन्, ‘मलाई बनाउनु हुने मेरा सृष्‍टिकर्ता कहाँ हुनुहुन्‍छ?— जसले राती गीतहरू दिनुहुन्‍छ,

भजनसंग्रह 8 : 5
5 तपाईंले त्‍यसलाई स्‍वर्गीय प्राणीहरूभन्‍दा केही मात्र सानो बनाउनुभयो, र त्‍यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।

भजनसंग्रह 100 : 3
3 परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।

भजनसंग्रह 119 : 73
73 तपाईंका हातले मलाई बनाए, र मलाई आकार दिए। तपाईंका आज्ञाहरू बुझ्‍ने समझशक्ति मलाई दिनुहोस्‌।

भजनसंग्रह 138 : 8
8 परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्‍ति रहिरहन्‍छ— तपाईंका हातको रचनालाई नत्‍याग्‍नुहोस्‌।

भजनसंग्रह 139 : 14
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।

उपदेशक 7 : 29
29 यो मात्र मैले भेट्टाएको छु: परमेश्‍वरले मानिसलाई सोझो बनाउनुभयो, तर मानिसचाहिँ अनेक परिकल्‍पनाको खोजीमा लागेको छ।

यशैया 17 : 7
7 त्‍यस दिन मानिसहरूले आफ्‍ना सृष्‍टिकर्तातिर हेर्नेछन्, र तिनीहरूका आँखा इस्राएलका परमपवित्रतिर लागिरहनेछन्‌।

यशैया 42 : 5
5 परमेश्‍वर परमप्रभु यसो भन्‍नुहुन्‍छ— आकाश सृष्‍टि गरेर त्‍यो फैलाउनुहुने, अनि पृथ्‍वी र त्‍यसबाट उत्‍पन्‍न हुने सबैलाई फैलाउनुहुने, र त्‍यसमा भएका मानिसहरूलाई सास अनि त्‍यसमा हिँड्‌डुल गर्नेहरूलाई आत्‍मा दिनुहुने:

यशैया 43 : 7
7 हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्‍ति सृष्‍टि गरेको छु, जसको आकार मैले नै रचें र बनाएँ।”

यशैया 45 : 12
12 पृथ्‍वी मैले नै बनाएको हुँ, र त्‍यसमा मानिसहरूलाई मैले सृष्‍टि गरेको हुँ। मेरै हातले आकाशलाई फिँजाएको हो, र त्‍यसका सारा तारामण्‍डललाई मैले नै ठीक गरी मिलाएको छु।

यशैया 64 : 8
8 तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्‍छ। हामी माटो हौं, र तपाईंचाहिँ कुमाले हुनुहुन्‍छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।

यर्मिया 27 : 5
5 यो पृथ्‍वी, यस पृथ्‍वीमा बस्‍ने मानिसहरू र पशुहरूलाई मैले नै आफ्‍नो महाशक्ति र बाहुबलले बनाएको छु, र जसलाई इच्‍छा गर्छु त्‍यसलाई म त्‍यो दिन्‍छु।

जकरिया 12 : 1
1 इस्राएलको विषयमा परमप्रभुको वचन यही हो। आकाश फैलाउनुहुने, पृथ्‍वीको जग बसाल्‍नुहुने र मानिसको आत्‍मा त्‍यसभित्र रच्‍नुहुने परमप्रभु घोषणा गर्नुहुन्‍छ:

मलाकी 2 : 10
10 “हामी सबैका एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई सृष्‍टि गर्नुभएको होइन र? त किन हामी एकले अर्काको विश्‍वास भङ्ग गरेर हाम्रा पिता-पुर्खाको करारलाई अपवित्र पार्छौं?

मर्कूस 10 : 6
6 तर सृष्‍टिको आरम्‍भदेखि परमेश्‍वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो।

हिब्रू 2 : 7
7 तपाईंले तिनलाई अलि बेरको निम्‍ति स्‍वर्गदूतहरूभन्‍दा केही तल होच्‍याउनुभयो। तपाईंले तिनलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *