मानसिक रोग

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मानसिक रोग

भजनसंग्रह 34 : 17 – 20
17 जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ, र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ।
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।
19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ।
20 परमप्रभुले त्‍यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्‍छ। तिनमा एउटै पनि भाँचिँदैन।

फिलिप्पी 4 : 6 – 7
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

मत्ती 4 : 24
24 उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।

यूहन्‍ना 16 : 33
33 मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्‍ति होस्‌। संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”

मत्ती 17 : 14 – 20
14 तब उहाँहरू भीड भएको ठाउँमा आउनुभएपछि एक जना मानिसले उहाँको सामु आई घुँड़ा टेकेर भन्‍यो,
15 “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्‍यसलाई छारेरोग लागेको छ, र ठूलो कष्‍ट भोग्‍दैछ। त्‍यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्‍छ।
16 मैले त्‍यसलाई तपाईंका चेलाहरूकहाँ ल्‍याएँ, तर तिनीहरूले त्‍यसलाई निको पार्न सकेनन्‌।”
17 तब येशूले भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी र भ्रष्‍ट पुस्‍ता, कहिलेसम्‍म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्‍म मैले तिमीहरूलाई सहनु? त्‍यसलाई यहाँ मकहाँ ल्‍याओ।”
18 येशूले त्‍यसलाई हकार्नुभयो, र भूतात्‍मा त्‍यसबाट निस्‍किगयो। त्‍यो केटो तुरुन्‍तै निको भयो।
19 तब चेलाहरूले येशूकहाँ गुप्‍तमा आएर भने, “हामीहरूले त्‍यसलाई किन निकाल्‍न सकेनौं?”
20 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका अल्‍पविश्‍वासको कारणले हो। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्‍वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्‍यौ भने त्‍यो हटिजानेछ। र तिमीहरूका निम्‍ति केही असम्‍भव हुनेछैन।

२ तिमोथी 1 : 7
7 किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।

२ कोरिन्थी 12 : 9
9 तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

यशैया 41 : 10
10 यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।

लूका 1 : 37
37 किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।”

२ कोरिन्थी 12 : 10
10 यसकारण ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्‌हरूमा म सन्‍तुष्‍ट रहन्‍छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।

मत्ती 11 : 28
28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।

योना 2 : 5 – 7
5 डुबाउने पानीले मलाई तर्सायो, समुद्रको गहिराइ मेरो चारैतिर थियो, समुद्रका झ्‍याउहरू मेरो टाउकोभरि बेहेरिएका थिए।
6 म त डाँड़ाहरूका फेदीसम्‍मै तल डुबें, पृथ्‍वीले मलाई सदाको निम्‍ति थुनिदियो। तर हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले मेरो ज्‍यानलाई खाल्‍डोबाट उठाएर ल्‍याउनुभयो।
7 “जब मेरो प्राण गलिसकेको थियो, तब मैले, हे परमप्रभु, तपाईंलाई सम्‍झें, र मेरो प्रार्थना तपाईंकहाँ उठ्यो, तपाईंको पवित्र मन्‍दिरभित्रै पुग्‍यो।

भजनसंग्रह 56 : 11
11 परमेश्‍वरमा, भरोसा गर्दछु, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ र?

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

यशैया 43 : 1 – 28
1 तर अब हे याकूब, तिमीलाई रच्‍नुहुने, हे इस्राएल, तिमीलाई सृष्‍टि गर्नुहुने परमप्रभु भन्‍नुहुन्‍छ: “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु। मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु, तँ मेरै होस्‌।
2 तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन्‌। तँ आगोबाट हिँड़ेर जाँदा डढ्‌नेछैनस्‌। त्‍यसको ज्‍वालाले तँलाई भस्‍म पार्नेछैन।
3 किनभने म परमप्रभु, तेरा परमेश्‍वर हुँ, इस्राएलका परमपवित्र, तेरा उद्धारक। तँलाई छुटाउनका निम्‍ति मिश्रदेश, र तेरो सट्टामा कूश र सेबा म दिन्‍छु।
4 तँ मेरो दृष्‍टिमा बहुमूल्‍य र आदरणीय भएकाले, र मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा, र जाति-जातिहरूलाई तेरो जीवनको सट्टामा दिनेछु।
5 नडरा, किनकि म तँसित छु। म तेरा छोराछोरीहरूलाई पूर्वदेखि ल्‍याउनेछु, र पश्‍चिमदेखि तिमीहरूलाई भेला गर्नेछु।
6 म उत्तर दिशालाई भन्‍नेछु, ‘तिनीहरूलाई दिइहाल्‌।’ र दक्षिण दिशालाई भन्‍नेछु, ‘तिनीहरूलाई नथुन्‌।’ मेरा छोराहरूलाई टाढ़ादेखि र मेरा छोरीहरूलाई पृथ्‍वीको पल्‍लो छेउदेखि ल्‍याओ,
7 हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्‍ति सृष्‍टि गरेको छु, जसको आकार मैले नै रचें र बनाएँ।”
8 आँखा भएर पनि अन्‍धा र कान भएर पनि बहिरा हुनेहरूलाई बाहिर डोर्‍याओ।
9 सबै जाति-जातिहरू एकैसाथ जम्‍मा होऊन्‌ र मानिसहरू भेला होऊन्‌। तिनीहरूमध्‍ये कसले हामीलाई यो कुरा बतायो, र पहिलेका कुराहरू घोषणा गर्‍यो? तिनीहरू सच्‍चा ठहरिनलाई आ-आफ्‍ना साक्षी ल्‍याऊन्, र अरूहरूले सुनेर भनून्, “यो सत्‍य हो।”
10 परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्‍न र विश्‍वास गर्न सक, अनि म उही हुँ भनी बुझ्‍न सक। मभन्‍दा अघि कोही ईश्‍वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ।
11 म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन।
12 मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूका बीचमा मैले यो गरेको हुँ, अन्‍य ईश्‍वरले होइन। तिमीहरू मेरा साक्षी हौ, कि म नै परमेश्‍वर हुँ,” परमप्रभु भन्‍नुहुन्‍छ।
13 “हो, प्राचीन समयदेखि नै म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्‍दैन। जब म काम गर्छु, त्‍यसलाई कसले उल्‍टाउन सक्‍छ?”
14 परमप्रभु तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु। म सबै बेबिलोनीहरूलाई उनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्‍याउनेछु।
15 म परमप्रभु, तिमीहरूका परमपवित्र, इस्राएलका सृष्‍टिकर्ता, तिमीहरूका राजा हुँ।”
16 परमप्रभु यही भन्‍नुहुन्‍छ— “समुद्रमा बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने,
17 रथहरू र घोड़ाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्‍नुहुने, तिनीहरू जो फेरि उठ्‌न नसक्‍ने गरी पड़िरहेका थिए, सलेदो निभाएझैँ निभाएका थिए:
18 “बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर।
19 हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ। के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।
20 जङ्गली जनावरहरू, स्‍यालहरू र लाटोकोसेराहरूले मेरो इज्‍जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्‍ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्‍छु,
21 त्‍यस जातिलाई, जसलाई मेरो प्रशंसाको घोषणा गरून्‌ भनेर मेरो निम्‍ति मैले बनाएँ।
22 “तापनि हे याकूब, तैंले मलाई पुकारा गरेको छैनस्‌। हे इस्राएल, तँ मेरो निम्‍ति थकित भएको छैनस्‌।
23 तैंले होमबलिको लागि भेड़ा ल्‍याएको छैनस्, न त आफ्‍ना बलिदानले तैंले मलाई मेरो इज्‍जत गरेको छस्‌। अन्‍नबलि चढ़ाएर मेरो सेवा गर्नलाई मैले तँलाई भार लगाएको छैनँ, न त धूप मागेर तँलाई थकाएको छु।
24 तैंले मेरो निम्‍ति बास्‍ना आउने बोझो किनेर ल्‍याएको छैनस्, तेरा बलिदानहरूको बोसोले मलाई तृप्‍त पारेको छैनस्‌। तर तैंले मलाई तेरा पापले भार लगाएको छस्‌। तेरा अधर्मले गर्दा मलाई तैंले थकाएको छस्‌।
25 “म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्‍नै खातिर मेटिदिन्‍छ, र तेरा पापहरूलाई सम्‍झँदैन।
26 मेरो निम्‍ति बितेको कुराको पुनर्विलोकन गर। हामी आपसमा यी कुरा छलफल गरौं। तँ निर्दोष ठहरिनलाई आफ्‍नो कुरा पेश गर्‌।
27 पहिलेको तेरो पिताले पाप गर्‍यो, र तेरा प्रवक्ताहरू मेरो विरुद्धमा बागी भए।
28 यसैले तेरो मन्‍दिरका उच्‍च पदाधिकारीहरूलाई म शर्ममा पार्नेछु, र याकूबलाई नष्‍ट र इस्राएललाई निन्‍दित हुनलाई म सुम्‍पिदिनेछु।

१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।

भजनसंग्रह 23 : 1 – 6
1 दाऊदको भजन [1] परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन।
2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ।
3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छ।
4 मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।
5 मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्‍छ, मेरो कचौरो भरिएर पोखिन्‍छ।
6 निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *