यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मादक
व्यवस्था 21 : 21
21 तब त्यस सहरका सबै पुरुषहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्।
भजनसंग्रह 69 : 12
12 मूल ढोकामा बस्नेहरू मलाई खिज्याउँछन्, र म त मतवालाहरूको गीत भएको छु।
हितोपदेश 23 : 21
21 किनभने मतवाला र खन्चुवाहरू दरिद्र बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्छन्।
यशैया 28 : 1
1 एफ्राइमका मतवालाहरूको अहङ्कारका शिरको फूलमालालाई र त्यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्कार, जो मलिलो उपत्यकाको सिरानमा राखिएको छ। त्यो सहर जसको अहङ्कारलाई दाखमद्यले होच्याइएको छ।
यशैया 28 : 3
3 एफ्राइमका मतवालाहरूको अङ्ककारका शिरको माला खुट्टामुनि कुल्चीमिल्ची हुनेछ।
योएल 1 : 5
5 हे मतवाला हो, जाग र रोओ। हे सबै दाखमद्य पिउने हो, नयाँ दाखमद्यको निम्ति विलाप गर, किनकि त्यो तिमीहरूका ओठैबाट खोसिएको छ।
नहूम 1 : 10
10 उनीहरू काँढ़ाहरूका बीचमा अलमलिनेछन्, मद्यको मातले लट्ठिनेछन्। उनीहरू सुकेका ठोसाहरूझैँ भस्म हुनेछन्।
१ कोरिन्थी 5 : 11
11 तर यस्ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्वासी भाइ हुँ भनी भन्छ, तर वास्तवमा जो व्यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्यस्तो मानिससँग त खान पनि नबस।
Leave a Reply