महिलाको शक्ति

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् महिलाको शक्ति

मत्ती 1 : 18
18 येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।

प्रस्‍थान 15 : 20
20 तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्‍त्रीहरू पनि खैँजड़ी लिएर नाच्‍दै तिनका पछिपछि निस्‍के।

न्यायकर्ताहरू 9 : 53 – 54
53 तब एउटी स्‍त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्‍पर फोरिदिई।
54 अबीमेलेकले तुरुन्‍तै आफ्‍नो हतियार बोक्‍ने जवानलाई बोलाएर भने, “झट्टै आफ्‍नो तरवार थुतेर मलाई खतम गर्, नत्रता एउटी स्‍त्रीले तिनलाई मारी भनेर मानिसहरूले भन्‍लान्‌।” यसैले त्‍यस जवानले तरवारले तिनलाई रोपिदियो, र तिनी मरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *