महानता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् महानता

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

लूका 1 : 15
15 किनभने तिनी परमप्रभुको सामुन्‍ने महान्‌ हुनेछन्‌। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्‍यै पिउनेछैनन्, र आफ्‍नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्‍माले भरिपूर्ण हुनेछन्‌।

अय्‍यूब 37 : 5
5 परमेश्‍वरको आवाज अचम्‍म तरिकाले गुञ्‍जन्‍छ, हाम्रा बुद्धिले नभियाउने महाकार्यहरू उहाँ गर्नुहुन्‍छ।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

लूका 7 : 28
28 म तिमीहरूलाई भन्‍दछु, ‘स्‍त्रीहरूबाट जन्‍मेकामध्‍ये यूहन्‍नाभन्‍दा महान्‌ कोही छैन, तापनि जो परमेश्‍वरको राज्‍यमा सानोभन्‍दा सानो छ, त्‍यो तिनीभन्‍दा अझ महान्‌ हुन्‍छ’।”

व्यवस्था 10 : 17
17 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै ईश्‍वरहरूका परमेश्‍वर र प्रभुहरूका परमप्रभु, महान्‌ परमेश्‍वर, शक्तिशाली र भययोग्‍य हुनुहुन्‍छ। उहाँले कसैको पक्षपात गर्नुहुन्‍न, र उहाँले कहिल्‍यै घूस लिनुहुन्‍न।

यशैया 48 : 1 – 22
1 “हे याकूबका घराना हो, तिमीहरू, जो इस्राएल नाउँले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका हौ, यी कुरा सुन। तिमीहरू, जसले परमप्रभुको नाउँमा शपथ खान्‍छौ र इस्राएलका परमेश्‍वरको नाउँमा पुकारा गर्छौ, तर सत्‍यता र धार्मिकतामा होइन—
2 तिमीहरू, जसले पवित्र सहरका नागरिक हौं भनी भन्‍छौ र इस्राएलका परमेश्‍वरमा भर पर्छौ— सर्वशक्तिमान्‌ परमप्रभु नै उहाँको नाउँ हो:
3 मैले पहिलेका कुराहरू धेरै अघि नै बताइदिएँ। ती मेरा मुखबाट निस्‍के, र मैले ती देखाइदिएँ। मैले झट्टै ती गरें, र ती हुन आए।
4 किनभने म जान्‍दथें, कि तिमीहरू कस्‍ता अटेरी थियौ, र तिमीहरूका गर्दनका नसाहरूचाहिँ फलामका जस्‍तै थिए, तिमीहरूको निधार काँसाको जस्‍तो थियो।
5 यसैकारण मैले यी कुरा तँलाई उहिले नै बताइदिएँ। यी हुन आउन अघि नै मैले यी तँलाई भनिदिएँ, ताकि तैंले यसो भन्‍न नपाओस्, ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, मेरो काठको प्रतिमा र धातुको देवताले यी निर्दिष्‍ट गरेका हुन्‌।’
6 तैंले यी कुरा सुनेका छस्, यी कुरा सबैलाई हेर्‌। के तँ यी स्‍वीकार गर्दैनस्‌? “अब उसो म तँलाई नयाँ कुराहरू बताउनेछु, तैंले नजानेका गुप्‍त कुराहरू।
7 ती अहिले सृष्‍टि गरिएका हुन्, आजभन्‍दा अघि तैंले तिनका विषयमा सुनेको थिइनस्‌। यसैले तैंले भन्‍न सक्दैनस्, ‘हो, मैले ती जानेको थिएँ’।
8 तैंले न त सुनेको थिइस्, न जानेको थिइस्‌। प्राचीन समयदेखि तेरो कान खुलेको थिएन। म जान्‍दछु, कि तँ कस्‍तो धोकेबाज छस्‌। जन्‍मिएको दिनदेखि नै तँ बागी भनिएको थिइस्‌।
9 मेरो आफ्‍नै नाउँको खातिर मैले मेरो क्रोधलाई पोखाउन ढिलो गरें, र मेरो महिमाको खातिर तँलाई बहिष्‍कार नगर्न मैले नै त्‍यो रोकिराखें।
10 हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्‍तो त होइन। मैले तँलाई कष्‍टको भट्टीमा जाँचेको छु।
11 मेरो आफ्‍नै खातिर, मेरो आफ्‍नै खातिर म त्‍यो गर्दछु। म कसरी आफै बदनाम हुन दिन सक्‍छु? मेरो महिमा म अरू कसैलाई दिनेछैनँ।
12 “हे याकूब, हे मैले बोलाएको इस्राएल, मेरो कुरा सुन्‌: म त्‍यही हुँ। म आदि हुँ, र म अन्‍त हुँ।
13 मेरो आफ्‍नै हातले पृथ्‍वीका जगहरू बसालेको हो, र मेरो दाहिने हातले आकाश फिँजाएको हो। जब म तिनीहरूलाई बोलाउँछु, ती एकसाथ खड़ा हुन्‍छन्‌।
14 “तिमीहरू सबै जम्‍मा भएर सुन। देवताहरूमध्‍ये कसले यी कुरा अघिबाटै बतायो? परमप्रभुको चुनेको मित्रले बेबिलोनको विरुद्धमा उहाँको अभिप्राय पूरा गर्नेछ, र उहाँको बाहुबल बेबिलोनीहरूका विरुद्धमा हुनेछ।
15 मैले, मैले नै यो भनेको छु। हो, मैले त्‍यसलाई बोलाएको छु। म त्‍यसलाई ल्‍याउनेछु, र त्‍यो आफ्‍नो लक्षित कार्यमा सफल हुनेछ।
16 “मेरो नजिक आओ, र तिमीहरू यो सुन: पहिलो घोषणा गरेदेखि नै मैले गुप्‍तमा भनेको छैनँ। त्‍यो घट्‌ने समयमा म त्‍यहाँ छु।” अनि अब परमप्रभु परमेश्‍वरले मलाई उहाँका आत्‍मासित पठाउनुभएको छ।
17 परमप्रभु, तेरा उद्धारक र इस्राएलका परमपवित्र भन्‍नुहुन्‍छ: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो भलाइको निम्‍ति तँलाई सिकाउँछ, जसले तँ जानुपर्ने बाटोमा तँलाई डोर्‍याउँछ।
18 यदि तैंले मेरा आज्ञाहरू ध्‍यानसित पालन गरेको भए तेरो शान्‍ति नदीझैँ र तेरो धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो।
19 तेरो वंश बालुवासरह हुनेथियो, र तेरा छोराछोरीहरू त्‍यसका कणसरह हुनेथिए। तिनीहरूका नाउँ मबाट कहिल्‍यै काटिनेथिएनन्, र ती मेरो सामुन्‍ने नाश हुनेथिएनन्‌।”
20 बेबिलोनबाट निस्‍केर जाओ। बेबिलोनीहरूबाट भाग। आनन्‍दको सोरले कराउँदै यस कुराको घोषणा गर। पृथ्‍वीको पल्‍लो छेउसम्‍म यो कुरा सुनाओ। तिमीहरू भन, “परमप्रभुले आफ्‍नो दास याकूबलाई मोल तिरेर छुटकारा गर्नुभएको छ!”
21 उहाँले तिनीहरूलाई मरुभूमिबाट भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्‌। उहाँले तिनीहरूका निम्‍ति चट्टानबाट पानी निकालिदिनुभयो। उहाँले चट्टानलाई दुई भाग पार्नुभयो, र पानी बगेर निस्‍क्‍यो।
22 “दुष्‍टहरूलाई शान्‍ति हुँदैन,” परमप्रभु भन्‍नुहुन्‍छ।

यूहन्‍ना 14 : 16
16 र म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

१ पत्रुस 5 : 7
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।

प्रकाश 20 : 1 – 15
1 त्‍यसपछि अतल कुण्‍डको साँचो र एउटा ठूलो साङ्‌लो हातमा लिएका एउटा स्‍वर्गदूत स्‍वर्गबाट ओर्लेर आएका मैले देखें।
2 तिनले त्‍यो अजिङ्गर, त्‍यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्‍यसलाई पक्रे, अनि एक हजार वर्षका निम्‍ति बाँधेर राखे।
3 तिनले त्‍यसलाई अतल कुण्‍डमा फालिदिए, र त्‍यो कुण्‍ड बन्‍द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्‍त्‍य नभएसम्‍म जाति-जातिहरूलाई त्‍यसले बहकाउन नपाओस्‌। त्‍यसपछि केही समयको निम्‍ति त्‍यसलाई फुक्‍का गरिनुपर्छ।
4 तब मैले सिंहासनहरू र त्‍यसमाथि बस्‍नेहरूलाई देखें, जसलाई इन्‍साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्‍ति र परमेश्‍वरका वचनको निम्‍ति शिर काटिएकाहरू, र त्‍यो पशु र त्‍यसका मूर्तिको पूजा नगर्नेहरू र त्‍यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्‍माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्‍टसँग एक हजार वर्षसम्‍म राज्‍य गरे।
5 अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्‍जेल जीवित भएनन्‌। यो पहिलो पुनरुत्‍थान हो।
6 पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू धन्‍य र पवित्र हुन्‌। यिनीहरूलाई दोस्रो मृत्‍युको शक्तिले केही गर्न सक्‍दैन, तर तिनीहरू परमेश्‍वर र ख्रीष्‍टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्‍म राज्‍य गर्नेछन्‌।
7 एक हजार वर्ष बितेपछि शैतान त्‍यसको कैदबाट छोडिनेछ,
8 र पृथ्‍वीका चारै दिशामा भएका देश-देशका मानिसहरूलाई बहकाउन, अर्थात्‌ गोग र मागोगलाई लड़ाइँको निम्‍ति भेला गर्न निस्‍केर आउनेछ। तिनका संख्‍या समुद्रका बालुवा जत्तिकै हुनेछ।
9 तिनीहरूले सारा पृथ्‍वीभरि गएर सन्‍तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्‍वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्‍म पार्‍यो।
10 तिनीहरूलाई बहकाउने त्‍यो दियाबलस आगो र गन्‍धकको कुण्‍डमा फालियो, जहाँ त्‍यो पशु र झूटो अगमवक्ता पनि थिए। त्‍यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्‍नेछन्‌।
11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्‍यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्‍नेबाट पृथ्‍वी र आकाश भागेर गए, र तिनीहरूका निम्‍ति कतै ठाउँ पाइएन।
12 मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्‍ने उभिरहेका देखें, र पुस्‍तकहरू खोलिए। अर्को एउटा पुस्‍तक पनि खोलियो, जो जीवनको पुस्‍तक हो। ती पुस्‍तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्‍साफ भयो।
13 समुद्रले त्‍यसमा भएका मृतकहरू दिइहाल्‍यो, अनि मृत्‍यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्‍येकको आ-आफ्‍ना कामअनुसार इन्‍साफ भयो।
14 मृत्‍यु र पाताल अग्‍नि-कुण्‍डमा फालिए। यो अग्‍नि-कुण्‍ड दोस्रो मृत्‍यु हो।
15 जसको नाउँ जीवनको पुस्‍तकमा लेखिएको भेट्टाइएन त्‍यो अग्‍नि-कुण्‍डमा फालियो।

१ कोरिन्थी 8 : 6
6 तर हाम्रा निम्‍ति त एउटै परमेश्‍वर पिता हुनुहुन्‍छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्‍ति हामी जिउँदछौं— हाम्रा निम्‍ति एउटै प्रभु, येशू ख्रीष्‍ट हुनुहुन्‍छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।

कलस्सी 2 : 8
8 ध्‍यान देओ, कि कसैले दर्शनशास्‍त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्‍टकाअनुसार होइनन्, तर मानिसको परम्‍परा र विश्‍वका आधारभूत सिद्धान्‍तहरूमाथि अड़िएका हुन्‍छन्‌।

प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।

यूहन्‍ना 4 : 42
42 त्‍यस स्‍त्रीलाई तिनीहरूले भने, “अब तिमीले भनेका कुराले गर्दा हामीले विश्‍वास गरेका होइनौं, तर हामी आफैले सुनेका कारणले साँच्‍चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्‍छ भनी हामीले जानेका छौं।”

भजनसंग्रह 19 : 1
1 सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] आकाशले परमेश्‍वरका महिमाको वर्णन गर्छ। र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ।

गलाती 2 : 20
20 म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो।

प्रकाश 21 : 4
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”

मत्ती 20 : 28
28 जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्‍वरूप आफ्‍नो प्राण दिन आयो।”

यूहन्‍ना 14 : 27
27 शान्‍ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्‍नो शान्‍ति तिमीहरूलाई दिन्‍छु। संसारले दिएजस्‍तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्‍याकुल नहोस्‌ र भयभीत नहोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *