यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् महादेशहरू
उत्पत्ति 1 : 10
10 परमेश्वरले ओबानो भूमिलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
अय्यूब 26 : 7
7 उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ, र शून्यतामा पृथ्वीलाई झुण्ड्याउनुहुन्छ।
अय्यूब 26 : 10
10 उज्यालो र अँध्यारोको बीचको सिमानामा उहाँले पानीको सतहमा क्षितिजलाई स्थिर राख्नुभएको छ।
अय्यूब 28 : 11
11 त्यसले खोलाका मूलहरू खोज्दछ, र जमिनभित्र भएका गाड़धनहरू निकाल्दछ।
अय्यूब 38 : 18
18 के तैंले पृथ्वीको विस्तृत फैलावटलाई बुझेको छस्? यी सबै तैंले जानेको भए मलाई बता।
भजनसंग्रह 95 : 5
5 समुद्र उहाँको हो, उहाँले नै त्यसलाई बनाउनुभएको हो, र सुक्खा भूमि उहाँले नै रच्नुभएको हो।
भजनसंग्रह 104 : 9
9 पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनेर त्यसले नाघ्न नसक्ने सिमाना तपाईंले राखिदिनुभयो।
भजनसंग्रह 136 : 6
6 उहाँले पानीमाथि पृथ्वी फैलाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
हितोपदेश 8 : 29
29 उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा— उहाँको आज्ञाभन्दा बाहिर नाघी पानी नजानलाई— र उहाँले पृथ्वीका जगहरू बसाल्नुहुँदा,
Leave a Reply