यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मलाई किन
रोमी 8 : 28
28 हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।
प्रकाश 21 : 4
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।”
उत्पत्ति 1 : 27
27 यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
अय्यूब 42 : 1 – 6
1 तब अय्यूबले यसो भनेर परमप्रभुलाई जवाफ दिए:
2 “तपाईं सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, तपाईंका कुनै योजना पनि बिफल गर्न सकिँदैन।
3 तपाईंले सोध्नुभयो, ‘ज्ञानैविना मेरा सल्लाहलाई कसले धमिलो बनाउँछ?’ निश्चय मैले त आफैले नजानेका महान् कामहरूका विषयमा कुरा गरेको छु, मैले जान्न नसक्ने साह्रै अचम्मका कुराहरू।
4 “तपाईंले भन्नुभयो, ‘अब ध्यानसित सुन्, र म तँसँग बोल्नेछु, म तँलाई प्रश्न गर्छु, र तैंले मलाई उत्तर दिनेछस्।’
5 मेरा कानहरूले तपाईंका बारेमा सुनेका मात्र थिए, तर अब ता म तपाईंलाई आफ्नै आँखाले देख्दछु।
6 यसैकारण म आफूलाई तुच्छ ठान्छु, अनि धूलो र खरानीमा बसेर म पश्चात्ताप गर्दछु।”
१ पत्रुस 1 : 6 – 7
6 तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नुपर्दछ।
7 आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्।
हिब्रू 11 : 6
6 विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।
याकूब 1 : 2 – 4
2 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ।
3 किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ।
4 धैर्यलाई त्यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण होओ।
अय्यूब 42 : 7
7 जब परमप्रभु अय्यूबसित बोलिसक्नुभयो तब उहाँले एलीपज तेमानीलाई भन्नुभयो, “तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अय्यूबले मेरो विषयमा भनेझैँ तिमीहरूले भन्नुपर्ने ठीक कुरा भनेनौ।
याकूब 1 : 2
2 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ।
Leave a Reply