मनस्से

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मनस्से

उत्‍पत्ति 41 : 51
51 जेठाको नाउँ योसेफले मनश्‍शे राखे, र तिनले भने, “परमेश्‍वरले मेरा सबै कष्‍ट र मेरा बुबाका घरको सम्‍झना मलाई बिर्साउनुभएको छ।”

उत्‍पत्ति 46 : 20
20 ओनका पूजाहारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्‍मेका योसेफका छोराहरू मनश्‍शे र एफ्राइम थिए।

उत्‍पत्ति 48 : 1
1 केही समयपछि “हजूरका पिता बिरामी हुनुहुन्‍छ” भनेर कसैले योसेफलाई खबर दियो। यसकारण आफ्‍ना दुई छोरा मनश्‍शे र एफ्राइमलाई आफ्‍नो साथमा लिएर तिनी याकूबकहाँ गए।

उत्‍पत्ति 48 : 20
20 इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलले तेरो नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछ: परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌।” यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाड़ि राखे।

प्रकाश 7 : 6
6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई, मनश्‍शेको कुलबाट बाह्र हजारलाई,

उत्‍पत्ति 49 : 26
26 तेरा बुबाका आशीर्वाद प्राचीन पहाड़हरूका आशीर्वादभन्‍दा र अनन्‍त डाँड़ाहरूका आशिष्‌भन्‍दा प्रबल छ। ती सबै योसेफको शिरमा होऊन्, त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधानको शिरैमा।

गन्ती 1 : 35
35 मनश्‍शेको कुलबाटको संख्‍या ३२,२०० थियो।

गन्ती 26 : 34
34 मनश्‍शेको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ५२,७०० थियो।

गन्ती 2 : 18
18 पश्‍चिमतिर एफ्राइमको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌।

गन्ती 2 : 20
20 तिनको नजिक मनश्‍शेको कुल होस्‌। मनश्‍शेका मानिसहरूका कुलनायक पदासूरका छोरा गमलिएल होऊन्‌।

गन्ती 10 : 23
23 मनश्‍शेका कुलको दलअगि पदासूरका छोरा गमलिएल थिए,

व्यवस्था 33 : 17
17 प्रतापमा तिनी पहिले बियाएका बाछोझैँ छन्, तिनका सीङ अर्नाका सीङ हुन्‌। यीद्वारा तिनले जातिहरूलाई, पृथ्‍वीको पल्‍लो छेउकाहरूलाई पनि हान्‍नेछन्‌। एफ्राइमका लाखौँ यस्‍तै हुन्‍छन्, मनश्‍शेका हजारौँ यस्‍तै हुन्‍छन्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *