यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मध्यस्थ प्रार्थना
१ तिमोथी 2 : 1
1 सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्ति नम्र-निवेदन, प्रार्थना र मध्यस्थ-बिन्ती र धन्यवाद चढ़ाइऊन्,
मत्ती 18 : 19 – 20
19 “फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ,
20 किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।”
रोमी 8 : 26
26 त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ।
याकूब 5 : 13 – 16
13 के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्।
14 के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून्,
15 र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ।
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
एफिसी 6 : 18
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।
यूहन्ना 15 : 7
7 तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ।
एफिसी 6 : 10 – 18
10 अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ।
11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर।
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।
13 यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।
14 यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,
15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16 साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ।
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।
यूहन्ना 16 : 23 – 24
23 त्यो दिन तिमीहरूले मलाई केही सोध्नेछैनौ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ।
24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्द पूर्ण होओस्।
यहूदा 1 : 20
20 तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्मामा प्रार्थना गर।
यशैया 59 : 16
16 कोही रहेनछ भनी उहाँले देख्नुभयो, र कोही मध्यस्थ पनि नभएकोले अचम्म मान्नुभयो। यसर्थ उहाँकै आफ्नै बाहुलीले त्यसको निम्ति उद्धार ल्याउनुभयो, र उहाँकै धार्मिकताले त्यसलाई थाम्नुभयो।
यशैया 62 : 6
6 मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन्। हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ,
मत्ती 7 : 11
11 यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चीज दिन जान्दछौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।
मत्ती 21 : 22
22 विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।”
अय्यूब 1 : 1 – 22
1 ऊज देशमा अय्यूब नाउँ भएका एक जना मानिस बस्दथे। तिनी निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे।
2 तिनका सात छोरा र तीन छोरी थिए।
3 तिनका सात हजार भेड़ा, तीन हजार ऊँट, पाँच सय हल गोरु र पाँच सय गधाबाहेक धेरै कमारा-कमारीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्ये अय्यूब सबैभन्दा महान् थिए।
4 तिनका छोराहरूले पालैसित आफ्नो घरमा भोज लाउँथे र आफ्ना तीन बहिनीहरूलाई खानपिनका लागि निम्त्याउँथे।
5 भोज दिने क्रम सिद्धिएपछि अय्यूबले आफ्ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्येकको निम्ति यो विचारले एउटा-एउटा होमबलि चढाउथे, “शायद मेरा छोराछोरीले पाप गरे होलान् र परमेश्वरलाई आफ्ना हृदयमा सरापे होलान्।” अय्यूबले सधैँ यसै गर्थे।
6 एक दिन स्वर्गीय दूतहरू [1] परमप्रभुको सामुन्ने उपस्थित हुँदा शैतान [2] पनि तिनीहरूसँग आयो।
7 परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आईस्?” त्यसले भन्यो, “पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।”
8 तब परमप्रभुले शैतानलाई सोध्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन।”
9 शैतानले परमप्रभुलाई यसो भनेर जवाफ दियो, “अय्यूबले त्यसै परमेश्वरको डर राखेका हुन् त?”
10 के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष् दिनुभएको छ, अनि तिनका गाईबस्तुहरू देशभरि अनगन्ती बढ़ेका छन्।
11 तर आफ्नो हात पसारेर तिनका सबै चीजमाथि प्रहार गर्नुहोस्, र तिनले तपाईंलाई तपाईंकै मुखको सामुन्ने सराप्नेछन्।
12 तब परमप्रभुले शैतानलाई भन्नुभयो, “लौ त, त्यसकहाँ जे-जति छन्, सबै तेरै हातमा भयो। केवल अय्यूबको शरीरलाई चाहिँ नछो।” तब शैतान परमप्रभुको उपस्थितिबाट निस्केर गयो।
13 एक दिन अय्यूबका छोराछोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपिन गर्दैथिए।
14 एउटा समाचारवाहक कुदेर अय्यूबकहाँ आएर भन्यो,
15 “गोरुहरू जोतिरहेका र गधाहरू तिनीहरूका नजिकै चरिरहेकै बेला शबीहरूले गोठालाहरूलाई आक्रमण गरेर मारे, र ती सबै लगे। अनि तपाईंलाई समाचार दिन म मात्र उम्कें।”
16 त्यो बोल्दाबोल्दै अर्को समाचारवाहक आइपुग्यो। त्यसले भन्यो, “परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेड़ाहरू र गोठालाहरूलाई भस्म पार्यो। अनि तपाईंलाई समाचार दिन म मात्र उम्कें।”
17 त्यो बोल्दाबोल्दै अर्को एक जना आएर भन्यो, “कल्दीहरूले छापा मार्ने तीन दल बनाए र तपाईंका ऊँटहरू आक्रमण गरी लगे। तिनीहरूले नोकरहरूलाई मारे र तपाईंलाई समाचार दिनलाई म मात्र उम्कें।”
18 त्यो मानिस बोल्दाबोल्दै एक जना आइपुग्यो र भन्यो, “तपाईंका छोराछोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपान गर्दैथिए।
19 त्यसै बेला मरुभूमिबाट अचानक आँधीबेहरी आएर घरको चारै कुनामा हान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मार्यो। अनि समाचार दिन म मात्र उम्कें।”
20 यो सुनेर अय्यूब उठे, र तिनले आफ्नो लुगा च्याते। तिनले आफ्नो कपाल खौरे,
21 र भूइँमा घोप्टो परेर दण्डवत् गरी भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्।”
22 यी सबै कुरामा अय्यूबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्।
हिब्रू 11 : 6
6 विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।
याकूब 4 : 7
7 यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ।
यूहन्ना 17 : 1 – 26
1 यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, “हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्।
2 किनकि तपाईंले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईंले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्।
3 अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्।
4 जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु।
5 अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईंको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्।
6 “संसारबाट जुन मानिसहरू तपाईंले मलाई दिनुभयो, तिनीहरूलाई तपाईंको नाउँ मैले प्रकट गरिदिएको छु। तिनीहरू तपाईंका थिए, अनि तपाईंले तिनीहरू मलाई दिनुभयो, र तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।
7 तिनीहरूलाई अब थाहा छ, कि तपाईंले मलाई दिनुभएको प्रत्येक कुरा तपाईंबाट आएको हो।
8 किनभने जुन वाणी तपाईंले मलाई दिनुभयो, मैले तिनीहरूलाई दिएको छु, र तिनीहरूले ती ग्रहण गरेका छन्। म तपाईंबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन्, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरेका छन्।
9 म तिनीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति, जसलाई तपाईंले मलाई दिनुभएको छ। किनभने तिनीहरू तपाईंकै हुन्।
10 मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन्। मेरो महिमा तिनीहरूमा प्रकट भएको छ।
11 “म फेरि संसारमा रहँदिनँ, तर यिनीहरू त संसारमा रहन्छन्। मचाहिँ तपाईंकहाँ आइरहेछु। पवित्र पिता, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्, र हामी जस्तै तिनीहरू पनि एक होऊन्।
12 जबसम्म म तिनीहरूसँग थिएँ, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राखें। तिनीहरूको रक्षा गरें। अनि तिनीहरूमध्ये विनाशको छोराबाहेक अरू कोही नष्ट भएन, किनकि धर्मशास्त्र पूरा हुन आवश्यक थियो।
13 “तर अब म तपाईंकहाँ आइरहेछु। संसारमा हुँदा यी कुरा म बोल्दछु, कि तिनीहरूमा मेरो आनन्द पूरा होस्।
14 मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारका होइनन्, जसरी म संसारको होइनँ।
15 तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्।
16 तिनीहरू संसारका होइनन्, जस्तो म पनि संसारको होइनँ।
17 तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो।
18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु।
19 तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्यतामा पवित्र होऊन्।
20 “म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु,
21 कि तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्।
22 जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्।
23 म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्।
24 “पिता, म इच्छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून्, र मेरो महिमा देखून्, जुन महिमा, संसारको सृष्टि हुन अघि देखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईंले मलाई दिनुभएको थियो।
25 “धार्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्दछु, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्दछन्।
26 मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरें, अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस्, र म तिनीहरूमा रहूँ।”
यूहन्ना 10 : 10
10 “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ।
१ कोरिन्थी 14 : 3
3 तर अगमवाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ। तिनीहरूका आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्दछ।
Leave a Reply