मजिस्ट्रेट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मजिस्ट्रेट

न्यायकर्ताहरू 18 : 7
7 ती पाँच जना आफ्‍नो बाटो लागे, र लेशमा आइपुगे। तिनीहरूले त्‍यहाँका बासिन्‍दाहरूलाई सीदोनीहरूझैँ शान्‍त र निष्‍फिक्रीसित आफ्‍ना जीवन बिताइरहेका देखे। उनीहरूको देशलाई कुनै अभाव थिएन। यसकारण उनीहरूलाई फलिफाप भएको थियो। उनीहरू सीदोनीहरूदेखि धेरै टाढ़ा थिए, र अरू कोहीसित उनीहरूको सम्‍पर्क थिएन।

एज्रा 7 : 25
25 “तिमी, एज्राले चाहिँ तिमीसित भएको तिम्रा परमेश्‍वरको बुद्धिअनुसार यूफ्रेटिस पारिको प्रान्‍तका तिम्रा परमेश्‍वरका विधिविधानलाई जान्‍ने सबै मानिसमाथि न्‍याय गर्न हाकिमहरू र न्‍यायकर्ताहरू नियुक्त गर्नू। ती नजान्‍नेहरूलाई चाहिँ तिमीले सिकाउनू।

लूका 12 : 11
11 “जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्‍याउँछन्, तब तिमीहरूले कसरी र के जवाफ दिने, अथवा के भन्‍नुपर्ने, सो फिक्री नगर,

लूका 12 : 58
58 तिमीहरूको उजूरवालासँग हाकिमकहाँ जाँदा, बाटैमा त्‍यससँग मिलाप गर, नत्रता त्‍यसले तिमीलाई न्‍यायाधीशकहाँ तानेर लैजानेछ, र न्‍यायाधीशले तिमीलाई अफिसरको हातमा जिम्‍मा दिनेछ, र अफिसरले तिमीलाई झ्‍यालखानमा हालिदिनेछ।

प्रेरित 16 : 20
20 अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्‍याएर भने, “यी मानिसहरू यहूदी हुन्, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्‍चाउँछन्‌।

प्रेरित 16 : 22
22 तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्‍त्र च्‍यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए।

प्रेरित 16 : 35
35 तर उज्‍यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।”

प्रेरित 16 : 38
38 ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन्‌ भन्‍ने सुनेर उनीहरू डराए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *