भ्रातृ हत्या

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भ्रातृ हत्या

उत्‍पत्ति 4 : 8
8 कयिनले आफ्‍ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे।

न्यायकर्ताहरू 9 : 5
5 त्‍यसपछि तिनी आफ्‍नो बुबाको घर ओप्रामा गए, र लुकेर बस्‍ने कान्‍छा छोरा योतामबाहेक यरूब-बालका छोराहरू, तिनका आफ्‍ना सत्तरी जना दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे।

२ शमूएल 13 : 29
29 अनि अब्‍शालोमका मानिसहरूले तिनले भनेझैँ गरे। तब सबै राजकुमारहरू हतार-हतार आ-आफ्‍नो खच्‍चरमा चढ़ेर घरतिर लागे।

१ राजाहरू 2 : 25
25 तब सोलोमन राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम गरे, र तिनले अदोनियाहलाई हिर्काएर मारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *