भ्रष्टता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भ्रष्टता

यर्मिया 17 : 9
9 मानिसको हृदय सबै कुराभन्‍दा छली हुन्‍छ, र त्‍यसलाई निको पार्न सकिँदैन। त्‍यसलाई कसले जान्‍न सक्‍छ र?

एफिसी 2 : 1 – 3
1 तिमीहरू आफ्‍ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।
2 यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्‍तानमा अहिले काम गर्ने आत्‍माअनुसार तिमीहरू अघि एक पल्‍ट चल्‍दैथियौ।
3 तिनीमध्‍ये हामी सबै पनि शरीर र मनका इच्‍छा पूरा गरेर आफ्‍नो पापमय स्‍वभावका लालसामा अघि जिउँथ्‍यौं, र बाँकी मानिसजस्‍तै हामी स्‍वभावैले क्रोधका सन्‍तान थियौं।

रोमी 3 : 23
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।

भजनसंग्रह 51 : 5
5 साँच्‍चै, म जन्‍मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।

यूहन्‍ना 5 : 40
40 तापनि तिमीहरू जीवन प्राप्‍त गर्न मकहाँ आउन इन्‍कार गर्छौ।

उत्‍पत्ति 6 : 5
5 पृथ्‍वीमा मानिसहरूको दुष्‍टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो।

रोमी 7 : 18
18 किनकि मलाई थाहा छ, कि ममा, अर्थात्‌ मेरो पापमय स्‍वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्‍यो गर्ने इच्‍छा ममा छ, तर म त्‍यो पूरा गर्न सक्‍दिनँ।

यशैया 64 : 6
6 हामी सबै अशुद्ध मानिसझैँ भएका छौं, र हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैँ छन्‌। हामी सबै पातझैँ ओइलाइहाल्‍छौं, र हाम्रा पापले हामीलाई बतासले झैँ उड़ाइलैजान्‍छन्‌।

यर्मिया 13 : 23
23 के कूशीले आफ्‍नो छालाको रङ्ग बद्‌लन सक्‍छ र? अथवा के चितुवाले आफ्‍नो छालाका थोप्‍ला बद्‌लन सक्‍छ र? न त तँ दुष्‍ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्‍नेछ।

एफिसी 2 : 3
3 तिनीमध्‍ये हामी सबै पनि शरीर र मनका इच्‍छा पूरा गरेर आफ्‍नो पापमय स्‍वभावका लालसामा अघि जिउँथ्‍यौं, र बाँकी मानिसजस्‍तै हामी स्‍वभावैले क्रोधका सन्‍तान थियौं।

भजनसंग्रह 58 : 3
3 दुष्‍टहरू त जन्‍मदेखि नै भड्‌केर जान्‍छन्‌। गर्भदेखि नै तिनीहरू दुष्‍ट हुन्‍छन्‌ र झूट बोल्‍छन्‌।

यशैया 5 : 20
20 धिक्‍कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्‍दछन्, जसले अँध्‍यारोलाई उज्‍यालो र उज्‍यालोलाई अँध्‍यारो मान्‍दछन्‌ अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्‍ति लिन्‍छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *