यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भेडा गेट
नहेम्याह 3 : 1
1 प्रधान पूजाहारी एल्यासीब र तिनका सङ्गी-पूजाहारीहरूले काम सुरु गरेर भेड़ा ढोकाको पुनर्निर्माण गरे। तिनीहरूले त्यसका ढोकाहरू खड़ा गरे। तिनीहरूले यो काम सयको बुर्जा र हननेलको बुर्जासम्मै सके र त्यसलाई अर्पण गरे।
नहेम्याह 3 : 32
32 कुनाका मास्तिरको कोठा र भेड़ा ढोकाको बीचमा चाहिँ सुनारहरू र व्यापारीहरूले मरम्मत गरे।
नहेम्याह 12 : 39
39 चौड़ा पर्खालसम्म र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेड़ा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अड़िए।
यूहन्ना 5 : 2
2 यरूशलेममा भेड़ा-ढोकाको नजिक पाँच वटा दलान भएको एउटा जल-कुण्ड छ, जसलाई हिब्रू भाषामा बेथस्दा भनिन्छ।
Leave a Reply