भुस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भुस

यर्मिया 23 : 28
28 कुनै अगमवक्ताले सपना देखेको भए त्‍यसले सपना नै कहोस्‌। तर कसैसित मेरो वचन छ भने त्‍यसले विश्‍वाससित मेरो वचन बोलोस्‌। किनकि परालको गहूँसँग के सम्‍बन्‍ध?” परमप्रभु भन्‍नुहुन्‍छ।

अय्‍यूब 21 : 18
18 दुष्‍ट मानिस कति पल्‍ट बतासमा परालको टुक्राझैँ, र हुरीले उड़ाएको भुसझैँ हुन्‍छ र?

भजनसंग्रह 1 : 4
4 दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।

भजनसंग्रह 35 : 5
5 तिनीहरू बतासले उड़ाएको भुसजस्‍ता होऊन्‌, र परमप्रभुका स्‍वर्गदूतले तिनीहरूलाई लखेटून्‌।

यशैया 5 : 24
24 यसैकारण जसरी आगोको ज्‍वालाले पराललाई भस्‍म गर्दछ, र सुकेको घाँस ज्‍वालामा भस्‍म हुन्‍छ, त्‍यसै गरी तिनीहरूका जरा सड़ेर जानेछन्, र तिनीहरूका फूल धूलो उड़ेझैँ उड़ेर जानेछन्‌। किनभने तिनीहरूले सर्वशक्तिमान्‌ परमप्रभुको व्‍यवस्‍थालाई इन्‍कार गरेका छन्, र इस्राएलका परमपवित्रको वचनलाई हेला गरेका छन्‌।

यशैया 17 : 13
13 यद्यपि हुर्रिएर आएको पानीको गर्जनझैँ जाति-जातिहरू गर्जन्‍छन्, जब उहाँले तिनीहरूलाई हप्‍काउनुहुन्‍छ, तिनीहरू टाढ़ा भागेर जान्‍छन्, र बतासले उड़ाएको डाँड़ाको भुस र आँधीबेहरीले उड़ाउने झारझैँ खेदिनेछन्‌।

दानिएल 2 : 35
35 त्‍यसपछि त्‍यो फलाम, काँसो, चाँदी र सुन सबै एकै चोटि धूलोपीठो भए, र ग्रीष्‍म ऋतुमा अन्‍न चुट्‌ने खलाबाट भुसलाई उड़ाएझैँ बतासले त्‍यसलाई नाउँनिशानै नहुने गरी उड़ाएर लग्‍यो। तर त्‍यस सालिकलाई हान्‍ने त्‍यो ढुङ्गा बढ्‌दैगएर ठूलो पहाड़ बन्‍यो र पूरै पृथ्‍वीलाई ढाकिदियो।

होशे 13 : 3
3 यसैकारण तिनीहरू बिहानको कुइरो, सबेरै बिलाउने शीत, हुरीले खलाबाट उड़ाइलैजाने भुस, र झ्‍यालबाट निस्‍कने धूवाँझैँ हुनेछन्‌।

मत्ती 3 : 12
12 उहाँको निफन्‍ने नाङ्‌लो उहाँकै हातमा छ, र उहाँले आफ्‍ना खलालाई पूरै सफा पार्नुहुनेछ, र आफ्‍नो गहूँ धनसारमा जम्‍मा गर्नुहुनेछ, तर भुसजति चाहिँ ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।”

लूका 3 : 17
17 निफन्‍ने नाङ्‌लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्‍नो खला राम्ररी सफा पार्नुहुनेछ, र गहूँ आफ्‍नो धनसारमा जम्‍मा गर्नुहुनेछ, तर भुसचाहिँ उहाँले ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *