भिक्षा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भिक्षा

यूहन्‍ना 9 : 8
8 त्‍यसका छिमेकीहरू र त्‍यसलाई भीख मागेको देख्‍नेहरूले भने, “बसेर भीख माग्‍ने मान्‍छे के यही होइन?”

प्रेरित 3 : 2
2 मन्‍दिरभित्र पस्‍नेहरूसँग भीख माग्‍न जन्‍मैदेखिको एक जना लङ्गड़ालाई मानिसहरू बोकेर ल्‍याउँथे र दिनहुँ मन्‍दिरको सुन्‍दर नामक ढोकामा राखिदिन्‍थे।

लेवीहरू 25 : 35
35 “‘यदि तिमीहरूका इस्राएली दाजुभाइमध्‍ये कोही अति गरीब भएर आफ्‍नो देखभाल गर्न सकेन भने, तिमीहरूले नै परदेशी पाहुनालाई जस्‍तै गरी त्‍यसलाई सहायता दिनू, कि त्‍यो तिमीहरूसित बसिरहन सकोस्‌।

व्यवस्था 14 : 29
29 के तिमीहरूसित सहरमा बस्‍ने केही हिस्‍सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्‍जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्।

व्यवस्था 15 : 11
11 देशमा गरीब सधैँ हुनेछन्‌। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्‍ना भाइबन्‍धु र आफ्‍नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू।

यशैया 58 : 7
7 आफ्‍नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्‍नो जात-भाइहरूबाट नलुक्‍नु, होइन र?

मत्ती 5 : 42
42 तिमीसँग माग्‍नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्‍कार नगर।

मत्ती 6 : 4
4 तिम्रो दान गुप्‍तमा होस्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

मत्ती 19 : 21
21 येशूले तिनलाई भन्‍नुभयो, “तिमी सिद्ध हुन चाहन्‍छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्‍वर्गमा धन प्राप्‍त गर्नेछौ, अनि आएर मपछि लाग।”

लूका 11 : 41
41 तर भित्रका थोक दान स्‍वरूप देओ, र तिम्रो निम्‍ति सबै कुरा शुद्ध हुनेछ।

लूका 12 : 33
33 तिमीहरूको सम्‍पत्ति बेचेर दान देओ। आफ्‍नो निम्‍ति थोत्रो नहुने थैलीहरू बनाओ। स्‍वर्गमा कहिल्‍यै नष्‍ट नहुने धन स्‍वर्गमा सञ्‍चय गर। त्‍यहाँ चोर आउँदैन र कीरा पनि लाग्‍दैन।

रोमी 12 : 8
8 अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।

२ कोरिन्थी 9 : 7
7 अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।

गलाती 2 : 10
10 केवल उनीहरूको यही इच्‍छा थियो, कि गरीबमाथि हाम्रो सम्‍झना रहोस्‌। त्‍यसो गर्न म पनि उत्‍सुक थिएँ।

१ तिमोथी 6 : 18
18 तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्‌।

हिब्रू 13 : 16
16 भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ।

लूका 19 : 8
8 जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्‍ना सम्‍पत्तिको आधा भाग गरीबहरूलाई दिन्‍छु, र कोहीबाट अन्‍यायपूर्वक केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता गरिदिनेछु।”

प्रेरित 9 : 36
36 योप्‍पा नगरमा तबीता, अर्थात्‌ डोरकास (हरिणी) भन्‍ने एउटी शिष्‍य थिइन्‌। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्‍थिन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *