यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भावनाहरू
हितोपदेश 29 : 11
11 मूर्खले आफ्नो रीस पूरै पोखिन दिन्छ, तर बुद्धिमान् मानिसले आफूलाई अधीनमा राख्छ।
फिलिप्पी 4 : 6 – 7
6 कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
हितोपदेश 15 : 18
18 गरम मिजासको मानिसले कलह मच्चाउँछ, तर धैर्यवान् मानिसले झैँझगड़ा शान्त गराउँछ।
रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
२ कोरिन्थी 10 : 5
5 परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
गलाती 5 : 16 – 24
16 तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड़, र पापमय स्वभावका लालसा पूरा नगर।
17 किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्छन्।
18 तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोर्याइएका हौ भनेता तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ।
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
22 तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
23 नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन।
24 तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्।
एफिसी 6 : 13
13 यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।
रोमी 8 : 28
28 हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।
मत्ती 10 : 28
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
उपदेशक 3 : 4
4 रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय।
कलस्सी 2 : 8
8 ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
रोमी 12 : 15
15 आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ।
फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
हिब्रू 10 : 23
23 हामीले दृढ़ स्वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्वासयोग्य हुनुहुन्छ।
रोमी 12 : 9
9 प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो।
याकूब 2 : 19
19 तिमीहरू विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ। त्यो असल हो। भूतात्माहरू पनि विश्वास गर्छन् र थरथर काम्छन्।
Leave a Reply