भाङ्ग्रा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भाङ्ग्रा

१ राजाहरू 20 : 32
32 यसैकारण आफ्‍ना कम्‍मरमा भाङ्‌ग्रा ओढ़ेर र टाउकोमा डोरी बाँधेर उनीहरूले इस्राएलका राजाकहाँ गएर भने, “हजूरका दास बेन-हदद भन्‍दछन्‌: ‘कृपा गरी मलाई बाँच्‍न दिनुहोस्‌’।” राजाले जवाफ दिए, “के उनी अझै जीवित छन्‌? उनी त मेरा दाज्‍यै हुन्‌।”

अय्‍यूब 16 : 15
15 “मेरो शरीर ढाक्‍नलाई मैले भाङ्‌ग्रा सिएँ, मैले आफ्‍नो निधार धूलोमा गाड़ेँ।

यशैया 15 : 3
3 तिनीहरू सड़कमा भाङ्‌ग्रा लाएर बस्‍छन्‌। उनीहरू सबै घरका कौसीहरू र चोकमा बेसरी विलाप गर्दै रुँदै लम्‍पसार पर्छन्‌।

यर्मिया 4 : 8
8 यसैकारण भाङ्‌ग्रा लगाओ, विलाप गर र रोओ, किनभने परमप्रभुको डरलाग्‍दो रीस हामीबाट हटेको छैन।”

यर्मिया 6 : 26
26 हे मेरा प्रजा, भाङ्‌ग्रा लगाओ, र खरानीमा लड़ीबड़ी गर। एकमात्र छोराको लागि विलाप गरेझैँ शोक गर। किनकि विनाश गर्ने एक्‍कासि हामीमाथि आइलाग्‍नेछ।

यर्मिया 49 : 3
3 “हे हेश्‍बोन, विलाप गर्‌। किनभने ऐ सहर सर्वनाश गरिएको छ। हे रब्‍बाका बासिन्‍दा हो, चर्को गरी रोओ, भाङ्‌ग्रा लगाओ, विलाप गर! पर्खालहरूभित्र यताउता दगुर, किनकि मोलोख आफ्‍ना पूजाहारीहरू र अधिकृतहरूसित निर्वासनमा जानेछ।

विलाप 2 : 10
10 सियोनकी छोरीका धर्म-गुरुहरू भूइँमा मौन भएर बस्‍छन्, तिनीहरूले आफ्‍ना टाउकामा धूलो हालेका छन्, र भाङ्‌ग्रा ओढ़ेका छन्‌। यरूशलेमका कुमारीहरूले आफ्‍ना शिर भूइँसम्‍मै निहुराएका छन्‌।

इजकिएल 7 : 18
18 तिनीहरूले कम्‍मरमा भाङ्‌ग्रा लाउनेछन्‌ र त्रास पहिरिनेछन्‌। सबैका अनुहार लाजले ढाकिनेछन्‌ र तिनीहरू सबैका कपाल खौरिनेछन्‌।

दानिएल 9 : 3
3 यसकारण म उपवाससाथ भाङ्‌ग्रा ओढ़ेर खरानी धसी प्रार्थना र अन्‍तर्बिन्‍ती गर्दै परमप्रभु परमेश्‍वरतिर फर्कें।

योएल 1 : 8
8 आफ्‍नो तरुणी अवस्‍थाको पतिको निम्‍ति भाङ्‌ग्रा लगाएर विलाप गर्ने कन्‍ये-केटीले झैँ विलाप गर।

उत्‍पत्ति 37 : 34
34 तब याकूबले आफ्‍ना लुगा च्‍याते, र तिनले आफ्‍नो कम्‍मरमा भाङ्‌ग्रा लाएर आफ्‍ना छोराको निम्‍ति धेरै दिनसम्‍म शोक गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *