यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भविष्यका दर्शनहरू
प्रकाश 20 : 1 – 15
1 त्यसपछि अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएका मैले देखें।
2 तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रे, अनि एक हजार वर्षका निम्ति बाँधेर राखे।
3 तिनले त्यसलाई अतल कुण्डमा फालिदिए, र त्यो कुण्ड बन्द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्त्य नभएसम्म जाति-जातिहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ।
4 तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखें, जसलाई इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू, र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्टसँग एक हजार वर्षसम्म राज्य गरे।
5 अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो।
6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।
7 एक हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ,
8 र पृथ्वीका चारै दिशामा भएका देश-देशका मानिसहरूलाई बहकाउन, अर्थात् गोग र मागोगलाई लड़ाइँको निम्ति भेला गर्न निस्केर आउनेछ। तिनका संख्या समुद्रका बालुवा जत्तिकै हुनेछ।
9 तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो।
10 तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन्।
11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए, र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन।
12 मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो।
13 समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आ-आफ्ना कामअनुसार इन्साफ भयो।
14 मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो।
15 जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो।
प्रेरित 2 : 31
31 अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो।
प्रेरित 2 : 38 – 39
38 पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
39 किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”
रोमी 2 : 6 – 8
6 किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।
7 धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ।
8 तर झगड़ालु, सत्यको पालन नगर्ने, र दुष्टतामा हिँड्नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।
Leave a Reply