भट्टी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भट्टी

इजकिएल 22 : 22
22 जसरी भट्टीमा चाँदी गल्‍छ, त्‍यसरी नै त्‍यसैभित्र तिमीहरू गल्‍नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्‍नो क्रोध खन्‍याएको हुँ भनी तिमीहरूले जान्‍नेछौ’।”

मलाकी 3 : 3
3 उहाँ चाँदी खार्ने र सफा गर्नेजस्‍तो गरी बस्‍नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब परमप्रभुका मानिसहरू हुनेछन्, जसले धार्मिकतामा भेटी ल्‍याउनेछन्‌।

हितोपदेश 17 : 3
3 चाँदी पगाल्‍ने भाँड़ो र सुन खार्ने आरन हुन्‍छ, तर हृदय जाँच गर्नेचाहिँ परमप्रभु नै हुनुहुन्‍छ।

इजकिएल 22 : 20
20 आगो हुरुरुरु पारेर गलाउनलाई जसरी मानिसहरू चाँदी, तामा, फलाम, सीसा र जस्‍ता भट्टीमा जम्‍मा गर्दछन्, त्‍यसरी नै म पनि मेरो रीस र मेरो क्रोधमा तिमीहरूलाई जम्‍मा गर्नेछु, र तिमीहरूलाई त्‍यहाँ सहरभित्रै हालेर गाल्‍नेछु।

दानिएल 3 : 26
26 तब नबूकदनेसरले दन्‍किएको आगोको भट्टीको ढोका नजिक गएर चिच्‍च्‍याए, “हे शद्रक, मेशक र अबेद्‌नगो, सर्वोच्‍च परमेश्‍वरका सेवक हो, बाहिर निस्‍केर आओ।” तब शद्रक, मेशक र अबेद्‌नगो आगोबाट बाहिर निस्‍केर आए,

व्यवस्था 4 : 20
20 तर तिमीहरूलाई चाहिँ परमप्रभुले लिएर फलामको भट्टीदेखि जस्‍तै मिश्रदेखि, तिमीहरू अहिले भएझैँ आफ्‍नो निज उत्तराधिकारी बनाउन निकाली ल्‍याउनुभयो।

१ राजाहरू 8 : 51
51 किनकि तिनीहरू तपाईंकै उत्तराधिकार, तपाईंकै प्रजा हुन्, जसलाई तपाईंले मिश्रदेश, अर्थात्‌ फलाम गाल्‍ने भट्टीबाट निकालेर ल्‍याउनुभयो।

भजनसंग्रह 12 : 6
6 अनि परमप्रभुका वचनहरू खोटरहित छन्‌, ती शुद्ध चाँदीजस्‍ता छन्‌, जो सात पल्‍ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ।

यशैया 48 : 10
10 हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्‍तो त होइन। मैले तँलाई कष्‍टको भट्टीमा जाँचेको छु।

यर्मिया 11 : 4
4 करारका ती शर्तहरू जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मैले फलामको भट्टी, अर्थात्‌ मिश्रदेशबाट निकालेर ल्‍याउँदा तिनीहरूलाई आज्ञा गरेको थिएँ’। ‘मेरो आज्ञापालन गर, र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा मान, र तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु।

होशे 7 : 4
4 तिनीहरू सबै व्‍यभिचारी हुन्‌। तिनीहरू रोटी पकाउनेले गरम पारेका तन्‍दुरजस्‍तै छन्, जसको आगो रोटी बनाउनेले मैदा मुछेको समयदेखि नफुलुञ्‍जेल मिलाउनुपर्दैन।

मलाकी 4 : 1
1 “हेर, त्‍यो दिन आउँदैछ। त्‍यो भट्टीझैँ दन्‍कनेछ। सबै हठी र सबै दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन्, र त्‍यो आउने दिनले उनीहरूलाई आगोमा भस्‍म गर्नेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “त्‍यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्‌नेछैन।

मत्ती 13 : 42
42 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।

मत्ती 13 : 50
50 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”

प्रकाश 9 : 2
2 त्‍यसले अतल कुण्‍ड खोल्‍यो, र त्‍यस कुण्‍डबाट आगोको ठूलो भट्टीबाट निस्‍केको धूवाँजस्‍तो आयो, र कुण्‍डको धूवाँले सूर्य र वायुमण्‍डल अँध्‍यारो पार्‍यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *