यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवानलाई त्याग्दै
१ शमूएल 8 : 8
8 मिश्रदेशबाट तिनीहरूलाई ल्याएको दिनदेखि तिनीहरूले मलाई जे-जसो गरे अब तिनीहरूले तँलाई त्यसै गरिरहेका छन्। तिनीहरूले मलाई त्यागेर अरू देवताहरूको पूजा गरेका छन्।
१ राजाहरू 11 : 33
33 म यो गर्नेछु, किनभने तिनीहरूले मलाई त्यागेका छन्, र सीदोनीहरूकी अश्तोरेत देवी, मोआबको देवता कमोश र अम्मोनीहरूको देवता मोलोखलाई पुजेका छन्, र मेरा मार्गमा तिनीहरू हिँड़ेका छैनन् न त मेरो दृष्टिमा जे ठीक छ त्यो गरेका छन्, न सोलोमनको पिता दाऊदले गरेझैँ मेरा धार्मिक विधिविधानहरू मानेका छन्।
व्यवस्था 28 : 20
20 उहाँलाई त्यागेर तिमीहरूले गरेका दुष्ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्जेल र खतम नहोउञ्जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्की पठाउनुहुनेछ।
यर्मिया 15 : 6
6 तैंले मलाई त्यागेको छस्,” परमप्रभु भन्नुहुन्छ। “तँ पछि नै हट्दैरहन्छस्। यसैले मैले मेरो हात उठाएर तँलाई सर्वनाश गर्नेछु। म तँमाथि अझ टिठ्याउन सक्दिनँ।
२ इतिहास 29 : 6
6 हाम्रा पुर्खाहरू त विश्वासघाती भएर परमप्रभु हाम्रा परमेश्वरको दृष्टिमा जे कुरो खराब थियो त्यही नै तिनीहरूले गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँका बासस्थानको केही वास्तै गरेनन्। तिनीहरूले त उहाँतिर आफ्ना पीठ फर्काए।
व्यवस्था 29 : 25
25 तब जवाफ आउनेछ: “तिनीहरूलाई मिश्रबाट ल्याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले तिनीहरूसँग बाँध्नुभएको करार तिनीहरूले त्यागेकाले हो।
१ राजाहरू 19 : 10
10 तिनले भने, “सर्वशक्तिमान् परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करार त्यागेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्रै बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्।”
यर्मिया 22 : 9
9 अनि उनीहरूका निम्ति जवाफ यस्तो हुनेछ: ‘किनभने तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको करारलाई त्यागेर अरू देवताहरूका पूजा र सेवा गरेका छन्’।”
दानिएल 11 : 30
30 पश्चिमी किनारका देशहरूबाट त्यसको विरुद्धमा जहाजहरू आउनेछन्, र त्यसले हरेस खानेछ। तब फर्केर पवित्र करारको विरुद्धमा त्यसले आफ्नो रीस पोख्नेछ। त्यो फर्कनेछ र त्यसले पवित्र करार त्याग्नेहरूलाई कृपा देखाउनेछ।
एज्रा 9 : 10
10 “अब हे हाम्रा परमेश्वर, यति भएपछि हामी के भनौं?
२ पत्रुस 2 : 15
15 सोझो मार्ग छोड़ेर तिनीहरू कुमार्गमा लागेका छन्। खराब कामको लाभ असल मान्ने बओरको छोरो बालामको पछि तिनीहरू लागेका छन्।
यर्मिया 17 : 5
5 परमप्रभु यसो भन्नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ।
यर्मिया 2 : 13
13 “मेरा प्रजाले दुई वटा पाप गरेका छन्: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन्।
व्यवस्था 31 : 20
20 तिनीहरूका पिता-पुर्खालाई शपथ खाएर दिने प्रतिज्ञा गरेको, दूध र मह बग्ने देशमा मैले तिनीहरूलाई पुर्याएपछि, तिनीहरू खाई-पिई मोटाएर अन्य देवताहरूतिर लाग्नेछन् र यिनीहरूलाई पुज्नेछन्, अनि मलाई तिरस्कार गरेर मेरो करार उल्लङ्घन गर्नेछन्।
व्यवस्था 32 : 15
15 तर यशूरूनले [1] मोटाएर लात हाने, राम्ररी खान पाएर ती मोटा र चिल्ला भए। तब तिनले आफूलाई सृष्टि गर्नुहुने परमेश्वरलाई त्यागे, र आफ्ना उद्धारकर्ता चट्टानलाई तुच्छ ठाने।
यर्मिया 2 : 13
13 “मेरा प्रजाले दुई वटा पाप गरेका छन्: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन्।
यर्मिया 5 : 7
7 “मैले तिमीहरूलाई किन क्षमा गर्ने? तिमीहरूका छोराछोरीहरूले मलाई त्यागेका छन्, र तिनीहरू ती ईश्वरहरूका शपथ खान्छन्, जो ईश्वर नै होइनन्। मैले तिनीहरूका सबै खाँचो पूरा गरिदिएँ, तापनि तिनीहरूले व्यभिचार गरे, र वेश्याहरूका घरहुँदो भीड़ लागे।
यर्मिया 2 : 6
6 तिनीहरूले यो सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ, जसले हामीहरूलाई मिश्रदेशदेखि निकालेर ल्याउनुभयो, र हामीहरूलाई उजाड़-स्थानमा डोर्याएर ल्याउनुभयो, मरुभूमि र खाड़लहरू भएको जग्गा, पानी नभएको र घोर अन्धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्दैन, जहाँ कोही बस्दैन?’
Leave a Reply