ब्रेसलेट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ब्रेसलेट

उत्‍पत्ति 24 : 22
22 ऊँटहरूले पानी खाइसकेपछि त्‍यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्‍थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्‍यो,

उत्‍पत्ति 24 : 30
30 जब उनले आफ्‍नी बहिनीको नाकमा नत्‍थ र हातमा बाला देखे र “त्‍यस मानिसले मलाई यसो भन्‍यो” भन्‍ने कुरा आफ्‍नी बहिनीबाट सुने, तब उनी त्‍यस मानिसकहाँ गए।

यशैया 3 : 19
19 कुण्‍डल, बाला, झुम्‍का,

उत्‍पत्ति 38 : 18
18 यहूदाले भने, “म के बन्‍धकी राखूँ?” तिनले भनिन्, “तपाईंको छाप र त्‍यसको डोरी, र तपाईंको हातको यो लट्ठी राखे हुन्‍छ।” यसैले यहूदाले तिनलाई ती चीजहरू दिए, र तिनीसँग सहवास गरे। अनि उनीबाट तिनी गर्भवती भइन्‌।

उत्‍पत्ति 38 : 25
25 तिनलाई त्‍यहाँ ल्‍याउँदाल्‍याउँदै तिनले आफ्‍ना ससुरालाई यसो भनिपठाइन्, “यी चीजहरू जसका हुन्, तिनैबाट म गर्भवती भएकी हुँ।” अनि तिनले भनिन्, “हेर, यो छाप, यो डोरी र यो लट्ठी कसका हुन्‌?”

प्रस्‍थान 35 : 22
22 राजीखुशी मन भएका पुरुष र स्‍त्री दुवैले सबै किसिमका सुनका गहना ल्‍याए: पीन, कुण्‍डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्‍ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए।

गन्ती 31 : 50
50 यसकारण हामी प्रत्‍येकले पाएका सुनका गहना— बाजू, बाला, छाप औँठी, कुण्‍डल र सिक्रीहरू— परमप्रभुलाई चढ़ाएर हाम्रो प्रायश्‍चित गर्न हामीले ल्‍याएका छौं।”

गन्ती 31 : 50
50 यसकारण हामी प्रत्‍येकले पाएका सुनका गहना— बाजू, बाला, छाप औँठी, कुण्‍डल र सिक्रीहरू— परमप्रभुलाई चढ़ाएर हाम्रो प्रायश्‍चित गर्न हामीले ल्‍याएका छौं।”

२ शमूएल 1 : 10
10 “यसैले म उनको छेउमा गएँ, र मैले उनलाई मारें। किनकि उनी यति साह्रो गलिसकेका थिए कि उनी बाँच्‍दैनन्‌ भनी मलाई थाहा थियो। तब मैले उनको शिरबाट शिरपेच र पाखुराबाट बाजू लिएँ, र ती यहाँ हजूरकहाँ ल्‍याएको छु।”

इजकिएल 16 : 11
11 मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाइदिएँ, तेरो गलामा सिक्री पहिराइदिएँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *