यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेली
अय्यूब 15 : 2
2 “के बुद्धि भएको मानिसले यस्ता खोक्रो विचारयुक्त उत्तर दिन्छ? अथवा आफ्नो पेटमा पूर्वी बतास रहन्छ?
अय्यूब 15 : 35
35 तिनीहरू कष्ट गर्भ धारण गर्दछन्, र खराबी जन्माउँछन्, तिनीहरूका गर्भहरूले छल रच्दछन्।”
अय्यूब 20 : 20
20 “किनभने त्यसको भोक शान्त हुनेछैन, त्यसले आफ्नो सम्पत्तिले आफूलाई बचाउन सक्दैन।
भजनसंग्रह 44 : 25
25 हामी त धूलोमै मिलिसकेका छौं, हाम्रा शरीर माटोमै टाँसिसकेका छन्।
हितोपदेश 18 : 20
20 आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ।
हितोपदेश 20 : 27
27 परमप्रभुको दियो मानिसको आत्मालाई खोजी गर्छ, त्यसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ।
हितोपदेश 20 : 30
30 मुक्का र चोटहरूले खराबी हटाउँछन्, र पिटाइले भित्री मनुष्यत्व खारिन्छ।
हबकूक 3 : 16
16 मैले सुनें र मेरो मुटु काम्न लाग्यो, त्यो सोर सुन्दा मेरा ओठ थरथर कामे, मेरा हड्डीहरू भित्र-भित्रै मकिए, र मेरा खुट्टाहरू कामे। तापनि हामीलाई आक्रमण गर्ने जातिमाथि आउने विपत्तिका दिनको निम्ति म धैर्यसाथ पर्खिरहनेछु।
यूहन्ना 7 : 38
38 जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’।”
तीतस 1 : 12
12 तिनीहरूमध्येका एक जना, तिनीहरूकै अगमवक्ताले भनेका छन्, “क्रेटका मानिसहरू सधैँ झूट बोल्ने, दुष्ट पशुहरू र अल्छे घिचुवाहरू हुन्छन्।”
Leave a Reply