यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेन-हदाद
१ राजाहरू 15 : 20
20 आसासित बेन-हदद सहमत भए, र उनले आफ्ना फौजका सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा पठाए। उनले इयोन, दान, हाबिल-बेथ-माका र नप्तालीसमेत सबै किन्नरेत विजय गरे।
२ इतिहास 16 : 4
4 बेन-हददले आसा राजाको कुरा स्वीकार गरे। तिनले आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्न हुकुम दिए, र तिनीहरूले इयोन, दान, हाबिल-मैम अनि नप्तालीका सबै भण्डार राख्ने सहरहरूलाई कब्जा गरे।
२ राजाहरू 8 : 15
15 तर भोलिपल्ट उनले एउटा बाक्लो कम्बल लिई पानीमा चोपेर राजाको मुख छोपिदिए, र यसरी उनी मरे। त्यसपछि हजाएल राजा भए।
२ राजाहरू 13 : 3
3 यसैले परमप्रभुको रीस इस्राएलमाथि दन्क्यो, र उहाँले तिनीहरूलाई धेरै समयसम्म अरामका राजा हजाएल र उनका छोरा बेन-हददको अधीनमा राखिदिनुभयो।
२ राजाहरू 13 : 25
25 तब यहोआहाजका छोरा येहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले लड़ाइँ गरी लिएका सहरहरू फेरि फिर्ता लिए। येहोआशले तीन पल्ट उनलाई जिते, र यसरी इस्राएलका सहरहरू तिनले फिर्ता लिए।
आमोस 1 : 4
4 म हजाएलको घरमा आगो पठाइदिनेछु, र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ।
Leave a Reply