बेथ-एल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेथ-एल

यहोशू 18 : 13
13 त्‍यो सिमाना त्‍यहाँबाट लूजसम्‍म (यसलाई बेथेल भन्‍दछ) त्‍यसको दक्षिणतिर पुगेर तल्‍लो बेथ-होरोनका दक्षिणपट्टिको पहाड़बाट अतारोत-अद्दारसम्‍म झरेको थियो।

न्यायकर्ताहरू 1 : 26
26 त्‍यो मानिस हित्तीहरूको देशमा गयो, र त्‍यसले त्‍यहाँ एउटा सहर बनायो, र त्‍यसको नाउँ लूज राख्‍यो। त्‍यस सहरको नाउँ आजसम्‍म यही छ।

उत्‍पत्ति 12 : 8
8 त्‍यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्‍नो पाल टाँगे। तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे।

उत्‍पत्ति 13 : 4
4 र जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्‍यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे।

उत्‍पत्ति 28 : 22
22 र मैले खामो बनाएको यो ढुङ्गाचाहिँ परमेश्‍वरको घर हुनेछ, र तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्‍य चढ़ाउनेछु।”

उत्‍पत्ति 31 : 13
13 तैंले खामामा तेल खन्‍याएको र भाकल गरेको ठाउँ बेथेलका परमेश्‍वर म नै हुँ। अब उठ्, यस ठाउँबाट फर्केर तेरो जन्‍मभूमिमा जा’।”

होशे 12 : 4
4 तिनले स्‍वर्गदूतसित लड़न्‍त गरे, र उनलाई जिते। तिनी रोए र उनीसित निगाहको निम्‍ति बिन्‍ती गरे। तिनले बेथेलमा उहाँलाई भेटे, र उहाँसँग तिनले बातचीत गरे—

उत्‍पत्ति 35 : 15
15 परमेश्‍वरले तिनीसँग कुरा गर्नुभएको त्‍यस ठाउँको नाउँ याकूबले बेथेल राखे।

उत्‍पत्ति 35 : 8
8 त्‍यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्‍यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्‍यसैले त्‍यस ठाउँको नाउँ अल्‍लोन-बकुत राखे।

यहोशू 8 : 17
17 इस्राएलीहरूका पछि नलागेको ऐ र बेथेलमा एक जना मानिस पनि थिएन। उनीहरूले सहर खुला छोड़ेर इस्राएलीहरूलाई खेदे।

यहोशू 12 : 16
16 मक्‍केदाका राजा, एक, बेथेलका राजा, एक,

न्यायकर्ताहरू 1 : 26
26 त्‍यो मानिस हित्तीहरूको देशमा गयो, र त्‍यसले त्‍यहाँ एउटा सहर बनायो, र त्‍यसको नाउँ लूज राख्‍यो। त्‍यस सहरको नाउँ आजसम्‍म यही छ।

यहोशू 18 : 13
13 त्‍यो सिमाना त्‍यहाँबाट लूजसम्‍म (यसलाई बेथेल भन्‍दछ) त्‍यसको दक्षिणतिर पुगेर तल्‍लो बेथ-होरोनका दक्षिणपट्टिको पहाड़बाट अतारोत-अद्दारसम्‍म झरेको थियो।

यहोशू 18 : 22
22 बेथ-अराबा, समारैम, बेथेल,

न्यायकर्ताहरू 4 : 5
5 तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्‍ने गर्दथिन्, र इस्राएलीहरू तिनीकहाँ इन्‍साफको निम्‍ति आउँथे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *