यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेथ-एभेन
यहोशू 7 : 2
2 तब यहोशूले यरीहोबाट बेथेलको पूर्वपट्टि बेथ-आवनको नजिक ऐ सहरमा मानिसहरूलाई यसो भनेर पठाए, “तिमीहरू गएर त्यस देशको चेवा गर।” ती मानिसहरू गएर ऐको भेद लिए।
यहोशू 18 : 12
12 तिनीहरूका उत्तरपट्टिको सिमाना यर्दनदेखि सुरु भएर यरीहोको नजिकबाट उत्तरतिर लागी, पश्चिमतिरको पहाड़ी देशमा उक्लेर बेथ-आवनको मरुभूमिमा पुगेको थियो।
१ शमूएल 13 : 5
5 पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न जम्मा भए। उनीहरूसित तीन हजार रथ र छ हजार रथ चालक तथा समुद्रको किनारका बालुवा जतिकै अनगन्ती पैदल-सिपाहीहरू थिए। उनीहरूले उक्लेर बेथ-आवनको पूर्वतिर मिकमाशमा छाउनी हाले।
१ शमूएल 14 : 23
23 त्यस दिन परमप्रभुले इस्राएललाई छुटकारा दिनुभयो, र युद्ध बेथ-आवनको पारिसम्मै फिँजियो।
होशे 4 : 15
15 “ए इस्राएल, तैंले व्यभिचार गरे तापनि यहूदा दोषी नहोस्। तिमीहरू गिलगालमा नजाओ, न बेथ-आवनमा जाओ, न ‘परमप्रभु जिउँदो भएझैँ’ भनेर शपथ खाओ।
होशे 5 : 8
8 “गिबामा तुरही र रामामा बिगुल फुक। बेथ-आवनमा युद्ध-ध्वनि उठाओ। ए बेन्यामीन, अगुवाइ गर।
होशे 10 : 5
5 सामरियामा बस्ने मानिसहरू बेथ-आवनका बाछाको मूर्तिको लागि डराउँछन्। त्यसका प्रजाले त्यसको निम्ति शोक गर्नेछन्, र त्यसका मूर्तिपूजक पूजाहारीहरू जसले त्यसको गौरवमा रमाहट गरेथे, तिनीहरूले विलाप गर्नेछन्, किनभने त्यो तिनीहरूबाट प्रवासमा लगिएको छ।
Leave a Reply