यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेथसाइदा
यूहन्ना 1 : 44
44 अन्द्रियास र पत्रुसजस्तै फिलिप पनि बेथसेदा सहरका नै थिए।
यूहन्ना 12 : 21
21 तिनीहरू गालीलको बेथसेदा निवासी फिलिपकहाँ आएर यसो भनेर बिन्ती गरे, “हजूर, हामी येशूलाई भेट्न चाहन्छौ।”
मर्कूस 6 : 45
45 अनि उहाँले तुरुन्तै आफ्ना चेलाहरूलाई डुङ्गामा चढ़ेर पारि बेथसेदामा उहाँभन्दा अघि जान अह्राउनुभयो, र त्यतिञ्जेल उहाँले चाहिँ भीड़लाई बिदा दिनुभयो।
मर्कूस 8 : 22
22 त्यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे।
मत्ती 11 : 21
21 “धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्ग्रा लाएर र खरानी धसेर पश्चात्ताप गरिसक्नेथिए।
लूका 10 : 13
13 “धिक्कार तँलाई, खोराजीन! धिक्कार तँलाई, बेथसेदा! किनकि तिमीहरूमा भएका सामर्थ्यका काम टुरोस र सीदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्ग्रा लाएर खरानीमा बसी पश्चात्ताप गर्नेथिए।
लूका 9 : 10
10 अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेथसेदा भन्ने सहरमा अलग्गै जानुभयो।
मत्ती 14 : 13
13 जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो।
मर्कूस 6 : 32
32 अनि उहाँहरू डुङ्गामा सुटुक्क एउटा एकान्त ठाउँमा जानुभयो।
Leave a Reply