यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बुद्धि
याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ।
एफिसी 5 : 15 – 17
15 यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो।
16 समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
17 यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ।
याकूब 3 : 17
17 तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ।
हितोपदेश 3 : 13 – 18
13 धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ, र समझशक्ति हासिल गर्छ,
14 किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ।
15 त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन।
16 बुद्धिको दाहिने हातमा दीर्घायु, र त्यसको देब्रे हातमा धन र सम्मान हुन्छन्।
17 त्यसका मार्गहरू आनन्ददायक हुन्छन्, र त्यसका सबै बाटोहरू शान्तिका हुन्छन्।
18 बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो एक जीवनको रूख हो, त्यसलाई पक्रनेहरूले आशिष् पाउनेछन्।
हितोपदेश 10 : 23
23 मूर्ख खराब चालचलनमा रमाउँछ, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्न हुन्छ।
हितोपदेश 12 : 15
15 मूर्खको बाटो आफ्नो नजरमा ठीकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ।
हितोपदेश 18 : 15
15 विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमान्को कानले त्यो खोजी निकाल्छ।
कलस्सी 3 : 16
16 ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ।
हितोपदेश 17 : 27 – 28
27 ज्ञानी मानिसले संयमसित शब्दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठन्डा मिजासको हुन्छ।
28 चूप लागिबस्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो जिब्रोलाई लगाम लगायो भने त्यो विवेकी मानिन्छ।
उपदेशक 8 : 1
1 बुद्धिमान् मानिसजस्तै को छ र? यी कुराहरूको व्याख्या कसलाई थाहा छ र? बुद्धिले मानिसको अनुहार उज्यालो बनाउँछ, र त्यसको कठोर अनुहार बद्लिदिन्छ।
यर्मिया 9 : 24
24 तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्: ‘म परमप्रभुलाई जान्दछु र चिन्दछु, र उहाँ त्यही परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनैमा म प्रसन्न हुन्छु,” परमप्रभु भन्नुहुन्छ।
अय्यूब 12 : 12 – 13
12 के पाकाहरूका बीचमा बुद्धि पाइँदैन र? के लामो आयुले समझ ल्याउँदैन?
13 “बुद्धि र पराक्रम परमेश्वर कै हुन्, उहाँसँगै सल्लाह र समझ छन्।
लूका 21 : 15
15 किनभने म तिमीहरूलाई यस्तो बोल्ने मुख र बुद्धि दिनेछु, कि तिमीहरूका विरोधीहरूले प्रत्युत्तर दिन सक्नेछैनन्, अनि खण्डन गर्न पनि सक्नेछैनन्।
हितोपदेश 19 : 20
20 सुझाव सुन्, र अर्ती ग्रहण गर्, र अन्त्यमा तँ बुद्धिमान् बन्नेछस्।
एफिसी 1 : 16 – 19
16 मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्नँ।
17 म प्रार्थना गरिरहन्छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा देऊन्।
18 म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्यालो होस्, र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक।
19 अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान् सामर्थ्यको काम नै हो,
हितोपदेश 17 : 10
10 मूर्खलाई सय कोर्रा लगाएकोभन्दा त विवेकी मानिसलाई एकै हप्कीले बढ़ी प्रभाव पार्छ।
हितोपदेश 23 : 12
12 तेरो हृदय अर्तीतिर लगा, र तेरा कान ज्ञानका वचनतिर लगा।
हितोपदेश 14 : 16
16 बुद्धिमान् मानिसले परमप्रभुको भय राख्छ र खराबीदेखि टाढ़ै रहन्छ, तर मूर्खचाहिँ गरम मिजासको र असावधानी हुन्छ।
हितोपदेश 24 : 3 – 7
3 बुद्धिले घर बनाइन्छ, र सुझबुझले त्यो स्थापित हुन्छ,
4 ज्ञानद्वारा यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्।
5 बुद्धिमान् मानिसको शक्ति महान् हुन्छ, र ज्ञानी मानिसको सामर्थ्य बढ्छ।
6 युद्ध गर्नका निम्ति तँलाई अगुवाइ चाहिन्छ, विजय पाउनलाई धेरै सल्लाहकार चाहिन्छ।
7 मूर्खको निम्ति बुद्धि साह्रै उच्च हुन्छ, ढोकामा जम्मा भएको समुदायको अगि बताउने कुरा त्यससँग हुँदैन।
Leave a Reply