यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बुथ
योना 4 : 5
5 तब योना सहरबाट निस्केर त्यस सहरका पूर्वपट्टिको एउटा ठाउँमा गएर बसे। तिनले त्यहाँ एउटा छाप्रो बनाए, र त्यस सहरलाई के हुँदोरहेछ सो हेर्नलाई त्यसैको छायामा बसे।
उत्पत्ति 33 : 17
17 तर याकूबचाहिँ सुक्कोततिर लागे, र आफ्नो लागि एउटा डेरा र गाईबस्तुलाई छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँको नाउँ सुक्कोत राखियो।
अय्यूब 27 : 18
18 त्यसले बनाएको घर पुतलीको गुँड़जस्तै कमजोर हुन्छ अथवा पहरेदारको टौवाजस्तै हुन्छ।
यशैया 1 : 8
8 सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्तै, खरबूजाको मचानजस्तै र घेरिएको सहरजस्तै भएकी छ।
यशैया 24 : 20
20 पृथ्वी मतवाला मानिसझैँ धरमराउँछ। झुप्रोलाई बतासले हल्लाएझैँ त्यो यताउता हल्लिन्छ। आफ्नो बागीपनको दोष त्यसमाथि यति गह्रौँ भएको छ कि कहिल्यै नउठ्ने गरी त्यो ढल्छ।
लेवीहरू 23 : 43
43 र मैले मिश्रबाट निकालेर ल्याउँदा तिनीहरूलाई झुप्रामा बस्न लाएको थिएँ भनी तिमीहरूका भावी सन्तानहरूले जानून्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’।”
नहेम्याह 8 : 16
16 यसैले मानिसहरू गएर हाँगाहरू ल्याए, र हरेकले आ-आफ्नो घरको छाना र आँगनमा, र परमेश्वरको भवनका चोकहरूमा, र पानी ढोकाका सामुको चोक र एफ्राइमका ढोकाको चोकमा पनि आ-आफ्नो निम्ति छाप्रो बनाए।
Leave a Reply