यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बुढेसकाल
हितोपदेश 16 : 31
31 फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्त हुन्छ।
अय्यूब 12 : 12
12 के पाकाहरूका बीचमा बुद्धि पाइँदैन र? के लामो आयुले समझ ल्याउँदैन?
यशैया 46 : 4
4 तिमीहरूको बुढ़ेसकालसम्म र कपाल फुलेको अवस्थासम्म म त्यही हुँ, म त्यही हुँ जसले तँलाई थाम्नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु।
भजनसंग्रह 71 : 18
18 हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्, अर्को पुस्तालाई र पछि आउने सबैलाई मैले तपाईंका सामर्थ्यको घोषणा नगरेसम्म मलाई नत्याग्नुहोस्।
तीतस 2 : 2
2 वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।
भजनसंग्रह 92 : 14
14 बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्छन्, र तिनीहरू ताजा र हरिया रहन्छन्,
भजनसंग्रह 71 : 9
9 बुढ़ेसकालमा मलाई नत्याग्नुहोस्, मेरो बल घटेको बखतमा मलाई नछोड्नुहोस्।
लेवीहरू 19 : 32
32 “‘बुढापाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्वरको भय मान। म परमप्रभु हुँ।
भजनसंग्रह 90 : 10
10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने, असी पुग्ला। तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ, किनकि आयुचाहिँ चाँड़ै बित्छ, र हामी उड़िजान्छौं।
यशैया 40 : 31
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।
हितोपदेश 20 : 29
29 जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो।
अय्यूब 5 : 26
26 आफ्नो ठीक ऋतुमा खलामा बाली आएझैँ पूरा वृद्धावस्थामा तिमी आफ्नो मृत्युमा पुग्नेछौ।
२ कोरिन्थी 4 : 16
16 यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।
उत्पत्ति 6 : 3
3 तब परमप्रभुले भन्नुभयो, “मेरो आत्माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्यो मरणशील हो। त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।”
अय्यूब 11 : 17
17 जीवन मध्यदिनभन्दा उज्यालो हुनेछ, र अन्धकारचाहिँ बिहानमा परिवर्तन हुनेछ।
भजनसंग्रह 148 : 12
12 युवकहरू र कन्याहरू, वृद्ध र बालकहरू, परमप्रभुको प्रशंसा गर।
रूथ 4 : 15
15 यो बालक तपाईंलाई नयाँ जीवन दिने र तपाईंको बुढ़ेसकालमा तपाईंको पालनपोषण गर्ने हुनेछ। किनभने सात भाइ छोराभन्दा पनि असल भएकी, तपाईंलाई प्रेम गर्ने बुहारीले यो बालक जन्माएकी हुन्।”
व्यवस्था 33 : 25
25 तिम्रा ढोकाका आग्ला फलाम र काँसाका हुनेछन्, जस्तो तिम्रा दिन त्यस्तै तिम्रो शक्ति हुनेछ।
Leave a Reply