बीउ छर्न

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बीउ छर्न

२ कोरिन्थी 9 : 6
6 तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्‍तसँग छर्नेले प्रशस्‍तसँग कटनी गर्छ।

गलाती 6 : 7
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।

उपदेशक 11 : 6
6 बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्‍छ, अथवा दुवै नै राम्रा होलान्‌ भनी तिमी जान्‍दैनौ।

हितोपदेश 11 : 24 – 25
24 कोही मानिसले उदार हातले दिन्‍छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्‍ने पनि दिँदैन, र दरिद्रतामा पर्छ।
25 उदार मानिसको फलिफाप हुन्‍छ, अरूलाई उत्‍साह दिने व्‍यक्तिले आफू पनि नयाँ उत्‍साह प्राप्‍त गर्नेछ।

उत्‍पत्ति 26 : 12
12 इसहाकले बालीनाली लगाए, र त्‍यही साल तिनले सय गुणा कटनी गरे।

लूका 8 : 15
15 तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्‍कपट र भला हृदयमा त्‍यसलाई जोगाइराख्‍छन्, र धैर्यसाथ फल फलाउँछन्‌।

लूका 8 : 11
11 अब दृष्‍टान्‍त यो हो: बीउचाहिँ परमेश्‍वरको वचन हो।

लूका 8 : 5
5 “एक जना बीउ छर्ने बीउ छर्न निस्‍क्‍यो, र छर्दाहुँदि केही बाटोको छेउमा परे, र ती मानिसका खुट्टाले कुल्‍चिए, र आकाशका पक्षीले खाइहाले।

मत्ती 13 : 1 – 58
1 त्‍यही दिन येशू घरबाट निस्‍केर समुद्रको किनारमा बस्‍नुभयो।
2 अनि यति ठूलो भीड उहाँको नजिक भेला भयो, कि उहाँ डुङ्गामा चढ़ेर बस्‍नुभयो, अनि सबै मानिसहरू किनारमा खड़ा भए।
3 उहाँले तिनीहरूलाई दृष्‍टान्‍तमा धेरै कुरा भन्‍नुभयो। उहाँले भन्‍नुभयो, “एक जना बीउ छर्ने बीउ छर्न निस्‍क्‍यो।
4 अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए।
5 केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे।
6 तर जब घाम लाग्‍यो ती ओइलाए, र जरा नभएकोले ती सुकिहाले।
7 अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए।
8 अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए।
9 जसको कान छ, त्‍यसले सुनोस्‌।”
10 अनि चेलाहरू आएर उहाँलाई भने, “तपाईं तिनीहरूसँग किन दृष्‍टान्‍तहरूमा बोल्‍नुहुन्‍छ?”
11 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई त स्‍वर्ग-राज्‍यका रहस्‍यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन।
12 किनकि जससँग छ, त्‍यसलाई दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन, त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।
13 यसैकारण म तिनीहरूसँग दृष्‍टान्‍तमा बोल्‍दछु: ‘किनभने तिनीहरू हेर्न त हेर्छन्, तर देख्‍दैनन्, सुन्‍न त सुन्‍छन्, तर सुनेर बुझ्‍दैनन्‌।’
14 यशैयाको अगमवाणी तिनीहरूमा पूरा भएको छ: “सुन्‍न त तिमीहरू सुन्‍छौ, तर कहिल्‍यै बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर कहिल्‍यै देख्‍दैनौ।
15 किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्‍ना आँखा बन्‍द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्‍नेथिए, कानले सुन्‍नेथिए, हृदयले बुझ्‍नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’
16 तर तिमीहरूका आँखा धन्‍य हुन्, किनकि तिनले देख्‍तछन्‌। तिमीहरूका कान धन्‍य हुन्, किनकि तिनले सुन्‍छन्‌।
17 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्‍कट इच्‍छा गरेथे, तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्‍न उत्‍कट इच्‍छा गरेथे, तर सुनेनन्‌।
18 “बीउ छर्नेको दृष्‍टान्‍त सुन।
19 जब कसैले राज्‍यको वचन सुन्‍छ, र सो बुझ्‍दैन, तब दुष्‍ट आउँछ र त्‍यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्‍छ। बाटोतिर छरिएको बीउचाहिँ त्‍यही हो।
20 ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍ने बित्तिकै खुसीसाथ झट्टै त्‍यो स्‍वीकार गर्दछ।
21 तर त्‍यसको आफ्‍नै जरा नभएकोले त्‍यो थोरै बेर मात्र टिक्‍छ, र वचनको कारणले कष्‍ट कि सतावट परिआउने बित्तिकै त्‍यो पछि हट्‌छ।
22 काँढ़ाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ, र त्‍यो फल नदिने हुन्‍छ।
23 तर असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ, र साँच्‍चै फल फलाउँछ। त्‍यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”
24 येशूले फेरि तिनीहरूलाई अर्को दृष्‍टान्‍त सुनाउनुभयो: “स्‍वर्गको राज्‍य एक जना मानिसजस्‍तो हो, जसले आफ्‍नो खेतमा असल बीउ छर्‍यो।
25 तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो।
26 जब बोट निस्‍केर त्‍यसमा दाना लागे, तब सामा पनि देखा पर्‍यो।
27 “घरका मालिकका कमाराहरूले आएर उसलाई भने, ‘हजूर, के तपाईंले आफ्‍नो खेतमा असल बीउ छर्नुभएको होइन? त्‍यहाँ सामा कहाँबाट आयो?’
28 “घरको मालिकले तिनीहरूलाई भन्‍यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ कमाराहरूले उसलाई भने, ‘के हामी गएर ती बटुलौं?’
29 “तर उसले भन्‍यो, ‘त्‍यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्‍दा गहूँसमेत उखेल्नेछौ।
30 फसलको समयसम्‍म दुवैलाई सँगसँगै बढ्‌न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्‍नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।”
31 येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्‍‍यो।
32 त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ। आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड़ लाउँछन्‌।”
33 उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य खमिरजस्‍तो हो, जो एउटी स्‍त्रीले पच्‍चीस किलोग्राम पीठोमा मिसाई, र त्‍यो जम्‍मै खमिरले फुलिएर ठीक नभएसम्‍म त्‍यसलाई एक ठाउँमा राखी।”
34 येशूले यी सबै कुरा मानिसहरूलाई दृष्‍टान्‍तमा भन्‍नुभयो। विनादृष्‍टान्‍त उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन।
35 अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्‍नो मुख दृष्‍टान्‍तहरूमा खोल्‍नेछु, संसारको उत्‍पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु।”
36 तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्‍टान्‍तको अर्थ हामीलाई बताइदिनुहोस्‌।”
37 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो।
38 खेत संसार हो। असल बीउचाहिँ राज्‍यको सन्‍तान हो, र सामा दुष्‍टको सन्‍तान हो।
39 सामा रोप्‍ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्‍त्‍य हो। खेतालाहरू स्‍वर्गदूतहरू हुन्‌।
40 “जसरी सामा उखेलेर आगोमा भस्‍म गरिन्‍छ, युगको अन्‍त्‍यमा पनि त्‍यस्‍तै हुनेछ।
41 मानिसको पुत्रले आफ्‍ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्‍येक थोक र दुष्‍ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्‍यबाट बटुल्‍नेछन्,
42 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।
43 तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌। जसको कान छ, त्‍यसले सुनोस्‌।
44 “स्‍वर्गको राज्‍य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्‍तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्‍दछ, र आनन्‍दित भएर ऊ जान्‍छ र आफूसित भएका सबै बेच्‍छ, र त्‍यो खेत किन्‍छ।
45 “फेरि स्‍वर्गको राज्‍य असल मोतीहरू खोज्‍ने एउटा व्‍यापारीजस्‍तो हो।
46 त्‍यसले एउटा बहुमूल्‍य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्‍यो मोती किन्‍यो।
47 “स्‍वर्गको राज्‍य समुद्रमा हानेको एउटा जालजस्‍तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्‌।
48 अनि जाल भरिएपछि मानिसहरूले त्‍यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्‍मा गरे, र खराब जतिलाई बाहिर फाले।
49 युगको अन्‍त्‍यमा यस्‍तै हुनेछ, स्‍वर्गदूतहरूले आएर दुष्‍टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्,
50 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”
51 येशूले सोध्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा बुझ्‍यौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बुझ्‍यौं।”
52 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण स्‍वर्गका राज्‍यको शिक्षा पाएको हरेक शास्‍त्री एक जना घरको मालिकजस्‍तो हो, जसले आफ्‍नो ढुकुटीबाट नयाँ र पुराना मूल्‍यवान्‌ सामानहरू बाहिर झिक्‍तछ।”
53 यी दृष्‍टान्‍तहरू बताइसक्‍नुभएपछि येशू त्‍यहाँबाट जानुभयो।
54 अनि आफ्‍नो सहरमा आउनु भएर उहाँले तिनीहरूको सभाघरमा तिनीहरूलाई यस्‍तो शिक्षा दिनुभयो, कि छक्‍क परेर तिनीहरूले भने, “यिनलाई यो बुद्धि र अचम्‍मको काम गर्ने शक्तिहरू कहाँबाट प्राप्‍त भयो?
55 के यिनी सिकर्मीका छोरा होइनन्‌? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन्‌?
56 के यिनका बहिनीहरू सबै हामीहरूसँगसँगै छैनन्‌ र? त यिनलाई यी सबै कुरा कहाँबाट प्राप्‍त भयो?”
57 अनि तिनीहरू उहाँसँग चिढ़िए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्तालाई आफ्‍नै निज मुलुक र आफ्‍नै निज घरमा बाहेक अन्‍यत्र सबै ठाउँमा आदर हुन्‍छ।”
58 अनि तिनीहरूको अविश्‍वासले गर्दा उहाँले त्‍यहाँ शक्तिका धेरै कामहरू गर्नुभएन।

गलाती 6 : 8
8 जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ।

उत्‍पत्ति 8 : 22
22 “पृथ्‍वी रहुञ्‍जेल बीउ छर्ने र फसल काट्‌ने समय, जाडो र गर्मी, ग्रीष्‍म र शिशिर, र दिन र रातको अन्‍त हुनेछैन।”

२ कोरिन्थी 9 : 12
12 यस सेवाको कामले सन्‍तहरूको अभाव पूरा हुन्‍छ। त्‍यति मात्र होइन, परमेश्‍वरप्रति धेरै धन्‍यवादका भावना उर्लेर आउँछन्‌।

व्यवस्था 28 : 1 – 14
1 आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्‍यौ भने, उहाँले तिमीहरूलाई पृथ्‍वीका सबै जातिहरूमध्‍ये श्रेष्‍ठ तुल्‍याउनुहुनेछ।
2 परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌:
3 तिमीहरूले सहरमा आशिष्‌ पाउनेछौ, र गाउँ-बस्‍तीमा आशिष्‌ पाउनेछौ।
4 तिमीहरूका सन्‍तानमाथि आशिष्‌ पर्नेछ, साथै खेतका उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।
5 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा आशिष्‌ पर्नेछ।
6 भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष्‌ पाउनेछौ।
7 तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्‍त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्‍नेछन्‌।
8 परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
9 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्‍नो लागि एक पवित्र जाति बनाएर स्‍थापित गर्नुहुनेछ।
10 तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌।
11 तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ।
12 परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ।
13 मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।
14 मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।

उत्‍पत्ति 1 : 11
11 अनि परमेश्‍वरले भन्‍नुभयो, “भूमिले वनस्‍पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू पृथ्‍वीमा उमारोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।

२ कोरिन्थी 9 : 10
10 छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्‍यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ।

प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्‍नुहोस्, कसरी उहाँ आफैले भन्‍नुभएको छ, कि लिनुभन्‍दा दिनु अझ धन्‍य हो।”

उत्‍पत्ति 26 : 12 – 13
12 इसहाकले बालीनाली लगाए, र त्‍यही साल तिनले सय गुणा कटनी गरे।
13 परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभयो, र तिनी धनी भए, र झन्‌-झन्‌ बढ़ेर तिनी अत्‍यन्‍तै धनाढ्य भए।

१ कोरिन्थी 9 : 11
11 यदि हामीहरूले तिमीहरूका माझमा आत्‍मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्‍पत्तिको कटनी गर्‍यौ भने, के त्‍यो अति भयो र?

मर्कूस 4 : 2 – 41
2 अनि उहाँले तिनीहरूलाई दृष्‍टान्‍तहरूमा धेरै कुरा सिकाउनुभयो। उहाँले आफ्‍नो शिक्षामा तिनीहरूलाई यसो भन्‍नुभयो:
3 “सुन! हेर, एक जना बीउ छर्ने मानिस बीउ छर्नलाई निस्‍क्‍यो।
4 अनि छर्दाखेरि केही बीउ बाटोतिर परे, र ती बीउ चराचुरुङ्गीले आएर खाइहाले।
5 केही बीउ ढुङ्गेनी ठाउँमा परे, जहाँ धेरै माटो थिएन, र माटोको गहिराइ नहुनाले ती छिट्टै उम्रे।
6 घाम निकै चर्केपछि टुसाहरू डढ़िहाले, जरा नलागेकोले ती ओइलिहाले।
7 केही बीउचाहिँ काँढ़ाहरूका बीचमा परे। काँढ़ाहरू बढ़े, र बोट निसासिए, अनि तिनमा फल लागेनन्‌।
8 तर केही बीउ असल जमिनमा परे, र उम्रँदै र बढ्‌दैगएर तीस गुणा, साठी गुणा र सय गुणा फल दिए।”
9 अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।”
10 जब उहाँ एकलै हुनुभयो, तब बाह्र जना चेलाहरू र उहाँको वरिपरि भएकाहरूले उहाँलाई दृष्‍टान्‍तको विषयमा सोधे।
11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरका राज्‍यको रहस्‍य तिमीहरूलाई दिइएको छ, तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्‍टान्‍तमा भनिन्‍छ,
12 कि तिनीहरू हेर्न त हेर्छन्, तर देख्‍दैनन्, सुन्‍न त सुन्‍छन्, तर बुझ्‍दैनन्, नत्रता तिनीहरूले पश्‍चात्ताप गर्नेथिए, र तिनीहरूको पाप क्षमा हुनेथियो।”
13 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस दृष्‍टान्‍तको अर्थ बुझ्‍दैनौ? त्‍यसो भए अरू सब दृष्‍टान्‍तहरूका अर्थ कसरी बुझ्‍नेछौ?
14 बीउ छर्नेले वचन छर्दछ।
15 कोही मानिसहरू बाटोतिर छरिएका बीउजस्‍तै छन्‌। जब तिनीहरूले वचन सुन्‍छन्, तब तुरुन्‍तै शैतान आउँछ, र तिनीहरूमा छरिएको वचन लगिहाल्‍छ।
16 त्‍यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यी नै हुन्, जसले जब वचन सुन्‍छन्‌ तब खुसीसाथ तुरुन्‍तै त्‍यो ग्रहण गर्छन्‌।
17 तर तिनीहरूको आफ्‍नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्‍छन्‌। तर जब वचनको कारण सङ्कष्‍ट वा सतावट आउँछ, तिनीहरू तुरुन्‍तै लड़िहाल्‍छन्‌।
18 काँढ़ाहरूका बीचमा छरिएका ती नै हुन्, जसले वचन सुन्‍छन्,
19 तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्‍छन्‌। ती फलवन्‍त हुँदैनन्‌।
20 तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्‍छन्, र ग्रहण गर्छन्, र फल दिन्‍छन्‌ तीस गुणा, साठी गुणा र सय गुणा।”
21 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्‍न भनेर भित्र ल्‍याउँछ? के सामदानमाथि राख्‍न भनेर होइन र?
22 कुनै थोक लुकाएर राख्‍न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्‍त छैन जो प्रकाशमा ल्‍याइनेछैन।
23 यदि कुनै मानिसको सुन्‍ने कान छ भने त्‍यसले सुनोस्‌।”
24 उहाँले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरू जे सुन्‍छौ, त्‍यसमा ध्‍यान देओ। किनकि जुन नापले तिमीहरू दिन्‍छौ त्‍यही नापमा तिमीहरूले पाउँछौ। र तिमीहरूलाई झन्‌ बढ़ी दिइनेछ।
25 किनभने जससँग छ त्‍यसलाई दिइनेछ, र जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।”
26 उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य यस्‍तो हो— कुनै एक जना मानिसले जमिनमा बीउ छर्छ,
27 र ऊ सुते पनि, जागा रहे पनि रातदिन त्‍यो बीउचाहिँ टुसाउँछ र बढ्‌छ, तर त्‍यो कसरी बढ्‌छ, सो उसले जान्‍दैन।
28 जमिन आफैले उमार्छ, पहिले टुसा, त्‍यसपछि बाला, तब बालामा पूरा दाना लाग्‍छ।
29 तर जब अन्‍न पाक्‍छ, तब तुरुन्‍तै उसले हँसिया लगाउन थाल्‍छ, किनभने फसलको बेला आइपुगेको हुन्‍छ।”
30 उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरका राज्‍यको तुलना केसँग गरौं? अथवा कुन दृष्‍टान्‍तमा यसको व्‍याख्‍या गरौं?
31 यो त रायोको बीउको दाना जस्‍तो छ, जो जमिनमा छरिन्‍छ। पृथ्‍वीभरिमा सबै बीउहरूमा साना भए तापनि
32 जब त्‍यो छरिन्‍छ, तब त्‍यो बढ्‌छ, र सबै सागपातहरूभन्‍दा त्‍यो ठूलो हुन्‍छ, र त्‍यसले ठूला-ठूला हाँगाहरू हाल्‍छ, र आकाशका पक्षीहरूले त्‍यसका छहारीमा गुँड़ लाउँछन्‌।”
33 तिनीहरूले बुझ्‍न सकेसम्‍म उहाँले यस्‍तै धेरै दृष्‍टान्‍तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो।
34 दृष्‍टान्‍तविना उहाँ तिनीहरूसँग बोल्‍नुभएन, तर आफ्‍ना निज चेलाहरूलाई उहाँले गुप्‍तमा सबैको अर्थ खोलिदिनुहुन्‍थ्‍यो।
35 त्‍यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “आओ, हामी पारिपट्टि जाऔं।”
36 अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्‍नुभएको थियो त्‍यसैमा उहाँलाई चेलाहरूले आफ्‍नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए।
37 अनि त्‍यहाँ ठूलो हुरी-बतास चल्‍यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्‍म कि डुङ्गा पानीले भरिन लाग्‍यो।
38 उहाँ आफैचाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्‍दै बिउँझाए, “गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं भन्‍ने के तपाईंलाई वास्‍ता छैन?”
39 तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्‍काउनुभयो, र समुद्रका छालहरूलाई भन्‍नुभयो, “शान्‍त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्‍नाटा छायो।
40 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्‍छौ? तिमीहरूमा विश्‍वास छैन?”
41 तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्‍न लागे, “यिनी को हुन्‌? बतास र समुद्रले पनि यिनको हुकुम मान्‍छन्‌।”

२ राजाहरू 4 : 1 – 456

1 अगमवक्ताहरूमध्‍ये एक जनाकी पत्‍नीले एलीशालाई हपारेर भनिन्, “तपाईंका दास मेरा पति मर्नुभयो। तपाईंलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्‍थ्‍यो। तर अब मेरा दुई भाइ छोराहरूलाई लगेर कमारा तुल्‍याउन उहाँका साहूकार आइरहेछन्‌।”
2 एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गरूँ? तिम्रो घरमा के छ? मलाई भन।” तिनले भनिन्, “हजूरकी दासीसित एउटा भुँडुल्‍कोमा तेलबाहेक अरू केही पनि छैन।”
3 एलीशाले भने, “गएर आफ्‍ना सबै छिमेकीहरूबाट रित्ता भुँडुल्‍काहरू मागेर ल्‍याऊ। थोरै मात्र नमाग।
4 त्‍यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भुँडुल्‍कोको तेल ती सबै भाँड़ाहरूमा खन्‍याऊ, र भरिएका भाँड़ाहरू अलग्‍गै राख।”
5 तिनी एलीशाबाट बिदा भइन्, र आफ्‍ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्‌। उनीहरूले भुँडुल्‍काहरू ल्‍याए र तिनले ती भर्दैगइन्‌।
6 जब ती सबै भरिसके, तिनले आफ्‍नो एक जना छोरालाई भनिन्, “अर्को भुँडुल्‍को ले।” तर त्‍यसले जवाफ दियो, “अब एउटै भुँडुल्‍को पनि छैन।” तब तेल आउन पनि बन्‍द भयो।
7 ती विधवा गएर परमेश्‍वरका जनलाई यो कुरो बताइन्, र तिनले भने, “गएर त्‍यो तेल बेच, र तिम्रो कर्जा तिर। उब्रेकोचाहिँले तिमी र तिम्रा छोराहरूको जीविका चलाउन सक्‍नेछौ।”
8 एक दिन एलीशा शूनेममा गए। त्‍यहाँ एउटी धनाढ्य स्‍त्री थिइन्, जसले तिनलाई खानपान गर्न जिद्दी गरिन्‌। यसैले जब एलीशा त्‍यहाँबाट भएर जान्‍थे, तब खानपान गर्नलाई केही समय बस्‍थे।
9 ती स्‍त्रीले आफ्‍ना पतिलाई भनिन्, “मलाई थाहा छ, कि यहाँ हाम्रो बाटो भएर सधैँ जाने मानिस परमेश्‍वरका एक पवित्र जन हुनुहुन्‍छ।
10 कौसीमा तिनको निम्‍ति हामी एउटा सानो कोठा बनाइदिऔं, र त्‍यहाँ तिनको निम्‍ति एउटा ओछ्यान, एउटा टेबिल, एउटा कुर्सी र एउटा बत्ती राखिदिऔं। तब तिनी यहाँ हामीकहाँ आउँदा त्‍यहीँ नै बस्‍न सक्‍छन्‌।”
11 एक दिन एलीशा आएर कौसीको आफ्‍नो कोठामा गएर विश्राम गर्नलाई पल्‍टे।
12 तिनले आफ्‍नो चाकर गेहजीलाई भने, “त्‍यस शूनम्‍मी स्‍त्रीलाई बोलाएर ले।” त्‍यसले तिनलाई बोलाएर ल्‍याए, र तिनी ती अगमवक्ताको सामुन्‍ने उभिइन्‌।
13 एलीशाले आफ्‍नो चाकरलाई भने, “तिनलाई भन्, ‘तिमीले हाम्रा निम्‍ति यी सबै दु:ख गरेका छौ। अब तिम्रो निम्‍ति के गर्न सकिन्‍छ। के हामी तिम्रो पक्षमा राजासित अथवा सेनापतिसित तिम्रो केही कुरा गरिदिन सक्‍छौं’?” तिनले जवाफ दिइन्, “मेरा आफ्‍नै मानिसहरूका बीचमा मेरो घर छँदैछ।”
14 एलीशाले गेहजीलाई भने, “तिनको निम्‍ति म के गर्न सक्‍छु?” गेहजीले भन्‍यो, “तिनको कोही छोरा छैन, र तिनका पति वृद्ध छन्‌।”
15 तब एलीशाले भने, “तिनलाई बोला।” तब गेहजीले तिनलाई बोलाएर ल्‍यायो, र तिनी ढोकानेर खड़ा भइन्‌।
16 तब एलीशाले भने, “प्राय: यही समय अर्को वर्ष तिम्रो काखमा एउटा छोरो हुनेछ।” तिनले भनिन्, “होइन, होइन, मेरा प्रभु, हे परमेश्‍वरका जन, आफ्‍नी दासीलाई नछकाउनुहोस्‌।”
17 तर तिनी गर्भवती भइन्‌ र अर्को वर्ष एलीशाले भनेकै समयमा तिनले एउटा छोरा जन्‍माइन्‌।
18 त्‍यो बालक बढ़्यो, र एक दिन त्‍यो आफ्‍ना बुबाकहाँ गयो, जो कटनी गर्नेहरूसँग थिए।
19 त्‍यसले आफ्‍ना बुबालाई कराएर भन्‍यो, “मेरो कपाल दुख्‍यो! मेरो कपाल दुख्‍यो!” त्‍यसका बुबाले एक जना नोकरलाई भने, “त्‍यसलाई त्‍यसकी आमाकहाँ लैजा।”
20 त्‍यस नोकरले ठिटालाई उठाएर आमाकहाँ पुर्‍याएपछि त्‍यो ठिटो आफ्‍नो आमाको काखमा मध्‍यदिनसम्‍म बसिरह्यो, र त्‍यसपछि त्‍यो मर्‍यो।
21 ती स्‍त्रीले गएर ठिटालाई माथि परमेश्‍वरका जनको ओछ्यानमा राखिदिएर ढोका लगाई बाहिर निस्‍केर गइन्‌।
22 तब तिनले आफ्‍ना पतिलाई बोलाएर भनिन्, “कृपा गरी मलाई एउटा नोकर र एउटा गधा पठाइदिनुहोस्, र म जत्ति सक्‍दो चाँड़ो परमेश्‍वरका जनकहाँ गएर फर्कनेछु।”
23 उनले सोधे, “आज किन जानुपर्‍यो? आज न त औंसी हो न शबाथ हो।” तिनले भनिन्, “ठीकै छ।”
24 तिनले गधामा जीनकाठी कसिन्, र आफ्‍नो नोकरलाई भनिन्, “मैले नभनुञ्‍जेल धपाउँदै जा र ढिलो नगर्‌।”
25 यसरी तिनी गइन्‌ र कर्मेल डाँड़ामा परमेश्‍वरका जनकहाँ आइन्‌। तिनलाई टाढ़ैबाट आइरहेकी देखेर परमेश्‍वरका जनले आफ्‍नो चाकर गेहजीलाई भने, “हेर त, त्‍यो आउने त शूनम्‍मी स्‍त्री हो।
26 दगुरेर गई त्‍यसलाई भेटेर सोध्‌, ‘के तपाईंलाई कुशलै छ? के तिम्रा पतिलाई कुशलै छ? के तिम्रो बालकलाई सन्‍चै छ’?” तिनले भनिन्, “सबै ठीकै छन्‌।”
27 जब तिनी डाँड़ामा परमेश्‍वरका जनकहाँ पुगिन्, तब तिनले एलीशाका खुट्टा समातिन्‌। तिनलाई हटाउनलाई गेहजी अगि सरेर आयो, तर परमेश्‍वरका जनले भने, “तिनलाई छोड़िदे! तिनलाई साह्रै ठूलो कष्‍ट परेको छ, तर परमप्रभुले त्‍यो कुरा मबाट लुकाएर मलाई केही भन्‍नुभएको छैन।”
28 तिनले भनिन्, “हे मेरा प्रभु, के मैले छोरो मागेको थिएँ र? ‘आशा दिएर मलाई निराश नपार्नुहोस्‌’ भनी बिन्‍ती गरेको थिइनँ र?”
29 तब एलीशाले गेहजीलाई भने, “तेरो खास्‍टोले कम्‍मर कस्‌। यो मेरो लहुरो लिएर कुदी जा। यदि बाटोमा कसैलाई भेटिस्‌ भने त्‍यसलाई अभिवादन नगर्, र त्‍यसले अभिवादन गर्‍यो भने त्‍यसलाई जवाफ नदे। यो मेरो लहुरो त्‍यस ठिटाको मुखमा राखिदे।”
30 तर ठिटाकी आमाले भनिन्, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु, म तपाईंलाई छोड्‌नेछैनँ।” यसैले तिनी उठेर ती स्‍त्रीको पछि लागे।
31 गेहजीले चाहिँ तिनीहरूका अगि गएर त्‍यो लहुरो त्‍यस ठिटाको मुखमा राखिदियो, तर कुनै प्रतिक्रिया आएन। यसैकारण एलीशालाई भेट गर्न गेहजी फर्किगयो, र तिनलाई भन्‍यो, “त्‍यो केटो त जागेन।”
32 जब एलीशा घरमा पुगे, तब तिनले आफ्‍नो ओछ्यानमा राखिएको त्‍यस ठिटालाई मरिसकेको भेट्टाए।
33 तिनी कोठाभित्र पसे र ती दुई मात्र भित्र गएर तिनले कोठाको ढोका थुने र परमप्रभुलाई प्रार्थना गरे।
34 त्‍यसपछि ओछ्यानमाथि चढ़ेर आफ्‍ना मुख त्‍यसका मुखमा, आफ्‍नो आँखा त्‍यसको आँखामा र आफ्‍ना हात त्‍यसका हातमा राखेर तिनी त्‍यस बालकमाथि लमतन्‍न पस्रिए। जब तिनी त्‍यसमाथि लमतन्‍न परे, तब त्‍यस बालकको शरीर तातो हुँदैगयो।
35 एलीशा उठे, र कोठाभित्र यताउता हिँड़े, र फेरि एक पल्‍ट ओछ्यानमा चढ़ेर तिनी त्‍यसमाथि लमतन्‍न परे। तब त्‍यस ठिटाले सात खेप छिउँ काढ़्यो र आँखा खोल्‍यो।
36 तब एलीशाले गेहजीलाई बोलाएर भने, “ती शूनम्‍मी स्‍त्रीलाई बोला।” त्‍यसले तिनलाई बोलायो। ती स्‍त्री आएपछि एलीशाले भने, “तिम्रो छोरालाई लैजाऊ।”
37 तिनी भित्र आइन्‌ र भूइँसम्‍मै निहुरेर एलीशाका खुट्टामा घोप्‍टो परिन्‌। त्‍यसपछि आफ्‍नो छोरालाई लगेर तिनी बाहिर निस्‍किन्‌।
38 एलीशा फर्केर गिलगालमा गए, र त्‍यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूको दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्‍नो चाकरलाई भने, “आगोमा ठूलो भाँड़ा राखेर यी मानिसहरूका निम्‍ति केही जाउलो बना।”
39 उनीहरूमध्‍ये एक जनाचाहिँ झारपात खोज्‍न खेतमा गए, र जङ्गली लहरा भेट्टाए। उनले त्‍यसका केही लौका पोल्‍टोभरि टिपेर ल्‍याए। ती के हुन्‌ भनी कसैले नजानी उनले ती फलहरू काटेर त्‍यस जाउलोको भाँड़ोमा हाले।
40 मानिसहरूले खाऊन्‌ भनी त्‍यो खन्‍याइयो, तर जब उनीहरूले त्‍यो खान लागे, तब उनीहरूले कराएर भने, “हे परमेश्‍वरका जन, यस भाँड़ामा त मृत्‍यु पो रहेछ!” अनि उनीहरूले त्‍यो खान सकेनन्‌।
41 एलीशाले भने, “केही पीठो ल्‍याऊ।” तिनले त्‍यो भाँड़ामा हालेर भने, “अब यिनीहरूलाई त्‍यो खान देऊ।” यस पल्‍ट त्‍यस भाँड़ाको खानेकुरामा हानि गर्ने केही थिएन।
42 बाल-शलीशाको कुनै एक जना मानिसले परमेश्‍वरका जनको निम्‍ति अगौटे अन्‍नका जौका बीस वटा रोटी र केही नयाँ अन्‍नका बालाहरू लिएर आयो। एलीशाले भने, “यी मानिसहरूलाई त्‍यो खान देऊ।” तिनको चाकरले सोध्‍यो, “एक सय मानिसलाई यति मात्र म कसरी खान दिन सक्‍छु र?”
43 तर एलीशाले जवाफ दिए, “मानिसहरूलाई त्‍यो खान देऊ। किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिनीहरूले खाएर केही उब्रिएको पनि हुनेछ’।”
44 तब त्‍यसले त्‍यो तिनीहरूको अगि राखिदियो, र परमप्रभुले भन्‍नुभएझैँ तिनीहरूले खाएर केही उब्‍य्रो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *