यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बिगार्छ
उत्पत्ति 14 : 12
12 उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए।
गन्ती 31 : 10
10 उनीहरू बसेका जम्मै सहरहरू र छाउनीहरूसमेत तिनीहरूले जलाइदिए।
व्यवस्था 2 : 35
35 हामीले कब्जा गरेका सहरहरूका धनमाल र गाईबस्तु मात्र हामीले आफ्नो निम्ति जीतका माल स्वरूप लियौं।
गन्ती 31 : 54
54 तब मोशा र एलाजार पूजाहारीले हजारौँ र सयौँका सेनानी र कप्तानहरूले ल्याएका सुन लिएर परमप्रभुको सामुन्ने इस्राएलीहरूका निम्ति सम्झना हुनलाई भेट हुने पालभित्र ल्याए।
१ शमूएल 30 : 24
24 तिनीहरूले गरेको प्रस्तावमा को सहमत हुन्छ? मालसामान हेर्न बसेकाहरूले लड़ाइँमा जानेहरूकै बराबर हिस्सा पाउनेछन्। सबैले बराबर हिस्सा पाउनेछन्।”
१ शमूएल 15 : 15
15 शाऊलले जवाफ दिए, “सिपाहीहरूले ती अमालेकीहरूबाट लिएका हुन्। तिनीहरूले असल-असल भेड़ा र गाई-गोरु परमप्रभु तपाईंका परमेश्वरको निम्ति बलिदान चढ़ाउनलाई जोगाइराखेका हुन्। बाँकीलाई त हामीले बिलकुलै नाश गर्यौं।”
१ इतिहास 26 : 27
27 तिनीहरूले लड़ाइँमा लिएका कुनै-कुनै लूटका मालहरू परमप्रभुको मन्दिरका मरम्मतको निम्ति तिनीहरूले समर्पण गरेका थिए।
२ इतिहास 15 : 11
11 अनि त्यस बेला तिनीहरूले ल्याएको लूटका मालबाट सात सय साँढ़े र सात हजार भेड़ाबाख्रा बलिदान चढ़ाए।
Leave a Reply