बासन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बासन

उत्‍पत्ति 14 : 5
5 चौधौँ वर्षमा कदोर्लाओमेर र उनका मित्र राजाहरू आएर अस्‍तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,

यहोशू 13 : 12
12 अर्थात्‌ अस्‍तारोत र एद्रईमा राज्‍य गर्ने ओग राजा, जो मात्र रपाईहरूमध्‍येबाट बचेर रहेका थिए, तिनको सारा बाशान राज्‍यसम्‍मै। किनकि यिनीहरूलाई मोशाले जितेर धपाएका थिए।

गन्ती 32 : 33
33 तब मोशाले गाद र रूबेनका सन्‍तान र योसेफका छोरा मनश्‍शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्‍य र बाशानका राजा ओगको राज्‍य, उनीहरूका सिमानाभित्र पर्ने सहरहरूसमेत— सम्‍पूर्ण देश दिए।

व्यवस्था 3 : 14
14 मनश्‍शेका सन्‍तान याईरले गशूरी र माकातीहरूको सिमानासम्‍म अर्गोबको सबै इलाका लिए र त्‍यसलाई आफ्‍नै नाउँ दिए। यसैले आजसम्‍म पनि बाशानलाई हब्‍बात-याईर भनिन्‍छ।

यहोशू 12 : 6
6 परमप्रभुका दास मोशा र इस्राएलीहरूले उनीहरूलाई जिते। परमप्रभुका दास मोशाले रूबेनीहरूलाई, गादीहरूलाई र मनश्‍शेको आधा कुललाई अधिकारको निम्‍ति त्‍यो दिएका थिए।

यहोशू 13 : 31
31 र गिलादको आधा भाग, अस्‍तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)। यी सबै मनश्‍शेका छोरा माकीरका सन्‍तानका निम्‍ति, अर्थात्‌ माकीरका आधा सन्‍तानका निम्‍ति तिनीहरूका वंश-वंशअनुसार दिइएको थियो।

यहोशू 17 : 1
1 योसेफका जेठा छोरा मनश्‍शेको कुलमा परेको भाग, अर्थात्‌ मनश्‍शेका जेठा छोरा माकीरको भाग यही हो। गिलादीहरूका बुबा माकीरले गिलाद र बाशान पाए, किनभने तिनी लड़ाका थिए।

२ राजाहरू 10 : 33
33 यर्दन नदीको पूर्वतिर गिलादका सबै देश (गाद, रूबेन र मनश्‍शेको देश) अर्नोन खोलानेरको अरोएरदेखि गिलाद भएर बाशानसम्‍मै हजाएलले इस्राएलीहरूलाई परास्‍त गरे।

२ राजाहरू 13 : 25
25 तब यहोआहाजका छोरा येहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले लड़ाइँ गरी लिएका सहरहरू फेरि फिर्ता लिए। येहोआशले तीन पल्‍ट उनलाई जिते, र यसरी इस्राएलका सहरहरू तिनले फिर्ता लिए।

यशैया 33 : 9
9 देशले विलाप गर्छ र उजाड़ हुन्‍छ। लेबनान शर्ममा पर्छ र ओइलिन्‍छ। शारोन अराबाझैँ हुन्‍छ। बाशान र कर्मेलले आफ्‍ना पातहरू झार्छन्‌।

यर्मिया 50 : 19
19 तर म इस्राएललाई त्‍यसको आफ्‍नै खर्कमा फर्काएर ल्‍याउनेछु, र त्‍यो कर्मेल र बाशानमा चर्नेछ। एफ्राइम र गिलादका पहाड़हरूमा त्‍यसको भोक तृप्‍त हुनेछ।”

नहूम 1 : 4
4 उहाँले हप्‍काउनुहुँदा समुद्र सुकिहाल्‍छ। उहाँले सबै नदीहरू सुकाउनुहुन्‍छ। बाशान र कर्मेल ओइलाउँछन्, र लेबनानका फूलहरू ओइलाएर लोप हुन्‍छन्‌।

यशैया 2 : 13
13 लेबनानका सारा अग्‍ला र उच्‍च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि,

इजकिएल 27 : 6
6 तेरा पतवारहरू तिनीहरूले बाशानका फलाँटका बनाए। साइप्रसका समुद्र-किनारहरूबाट ल्‍याएका धूपीका काठले तिनीहरूले जहाजका तला बनाए, र त्‍यसलाई हस्‍ती-हाड़ले मोहोरे।

जकरिया 11 : 2
2 ए सल्‍लोको रूख, विलाप गर्, किनकि देवदारु ढलेको छ, र अल्‍गा र सुन्‍दर रूखहरू नष्‍ट भएका छन्‌। ए बाशानका फलाँटका रूखहरू हो, विलाप गर, किनभने घनघोर जङ्गल फाँड़िएको छ।

व्यवस्था 32 : 14
14 गाई-गोरुको बथान र भेड़ाबाख्राको बगालबाट दूध र दही, अनि पोस्‍याइएका थुमा र बाख्राहरू, बाशानका छानिएका भेड़ाहरू, र गहूँका असल दानाहरू उहाँले तिनलाई खुवाउनुभयो। तिमीहरूले फीँज उठेको दाखरस पियौ।

भजनसंग्रह 22 : 12
12 धेरै साँढ़ेहरूले मलाई घेरेका छन्‌, बाशानका बलिया साँढ़ेहरू मेरो चारैपट्टि छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *