बाशा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाशा

१ राजाहरू 15 : 22
22 तब आसा राजाले सारा यहूदालाई एउटा हुकुम दिए— कसैलाई पनि नछोड़ीकन— र तिनीहरूले त्‍यहाँ बाशाले प्रयोग गरेका ढुङ्गा र काठहरू लगे। ती ढुङ्गा र काठहरू प्रयोग गरेर आसा राजाले बेन्‍यामीनको गेबा र मिस्‍पालाई पनि निर्माण गरे।

१ राजाहरू 15 : 34
34 यारोबामकै चालहरूमा चलेर, र तिनले इस्राएलीहरूलाई गर्न लाएका पापहरू गरेर तिनले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थिए ती गरे।

१ राजाहरू 16 : 7
7 त्‍यसबाहेक परमप्रभुको दृष्‍टिमा गरेका सबै खराबी र तिनले गरेका कामहरूद्वारा उहाँलाई रीस उठाइएको र यारोबामको घरानाजस्‍तै भएको कारणले— अनि तिनले त्‍यसलाई नाश गरेको कारणले पनि— बाशा र तिनको घरानाकहाँ परमप्रभुको यो वचन हनानीका छोरा येहू अगमवक्ताद्वारा आयो।

१ राजाहरू 21 : 22
22 तैंले मलाई रीस उठाएको र इस्राएललाई पाप गर्न लगाएको कारण म तेरो घरानालाई नबातको छोरा यारोबाम र अहियाहको छोरो बाशालाई गरेझैँ गर्नेछु।

२ राजाहरू 9 : 9
9 म आहाबको घरानालाई नबातको छोरो यारोबाम र अहियाहको छोरा बाशाको घरानाजस्‍तै तुल्‍याउनेछु।

२ इतिहास 16 : 6
6 त्‍यसपछि आसा राजाले यहूदाका सबै मानिसहरूलाई आफूसित लगेर बाशाले सुरक्षित गरेको रामा सहरका ढुङ्गा र काठहरू उठाएर लगे। अनि गेबा र मिस्‍पालाई मजबूत पार्न ती प्रयोग गरे।

यर्मिया 41 : 9
9 त्‍यो इनार, जहाँ इश्‍माएलले गदल्‍याह र अरू मानिसहरूलाई मारेर फालिदिएको थियो, त्‍यो त्‍यही इनार थियो, जो आसा राजाले इस्राएलका राजा बाशाको डरले गर्दा रक्षाको निम्‍ति खनाएका थिए। नतन्‍याहको छोरो इश्‍माएलले आफूले मारेका मानिसहरूले त्‍यो भरिदियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *