बाल-गाद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाल-गाद

यहोशू 11 : 17
17 सेइरको उकालोमा भएको हालाक नाउँको डाँड़ादेखि लिएर हेर्मोन डाँड़ामुनिको लेबनानको बेँसीमा बाल-गादसम्‍म जितेर लिए, र त्‍यहाँका सबै राजाहरूलाई पक्रेर मारे।

यहोशू 12 : 7
7 पश्‍चिम यर्दन वारि लेबनानका बेँसीको बाल-गाददेखि सेइरको उकालोमा भएको हालाक डाँड़ासम्‍मको देशका जुन-जुन राजाहरूलाई यहोशू र इस्राएलीहरूले जितेका थिए, र यहोशूले जुन-जुन देश इस्राएलका कुललाई तिनीहरूका भाग-भागअनुसार अधिकारको निम्‍ति दिएका थिए, ती यी नै हुन्‌—

यहोशू 13 : 5
5 फेरि गबालीहरूको देश, र पूर्वतर्फ हेर्मोन डाँड़ामुनिको बाल-गाददेखि लिएर लेबो-हमातको बेँसीसम्‍म सारा लेबनान।

न्यायकर्ताहरू 3 : 3
3 ती जातिहरू यी नै हुन्‌: पलिश्‍तीहरूका पाँच शासकहरू, सबै कनानीहरू, सीदोनीहरू र लेबनानका पहाड़हरूमा बाल-हेर्मोन डाँड़ादेखि लेबो-हमातसम्‍म बस्‍ने हिव्‍वीहरू।

१ इतिहास 5 : 23
23 मनश्‍शेका आधा कुलले बाशानदेखि बाल-हेर्मोन, अर्थात्‌ सेनीर (हेर्मोन डाँड़ा) सम्‍म बसोबास गरे, र तिनीहरू संख्‍यामा अनगन्‍ती भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *