यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बार
श्रेष्ठगीत 4 : 12
12 मेरी बहिनी, मेरी दुलही, तिमी बन्द राखिएको बगैँचाजस्तो, छोपिएको मुहानजस्तो, एउटा छाप लगाएकी फुहाराजस्तै छ्यौ।
गन्ती 22 : 24
24 दुवैतिर पर्खाल लगाइराखेको, दुई वटा दाखबारीका बीचको छेड़ोमा दूत उभिए।
भजनसंग्रह 62 : 3
3 एक जना मानिसमाथि कहिलेसम्म तिमीहरू आक्रमण गरिबस्छौ? ढल्न लागेको पर्खाल र कमजोर बारजस्तै भएको त्यस मानिसलाई के तिमीहरू सबै मिलेर ढाल्छौ?
हितोपदेश 24 : 31
31 चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो।
यशैया 5 : 2
2 तिनले त्यो खने र त्यसका ढुङ्गाहरू टिपेर फ्याँके, र त्यसमा तिनले सबैभन्दा असल दाख रोपे। त्यसको माझमा तिनले एउटा मचान बनाए र त्यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाख फल्छ कि भनेर तिनले आशा गर्न लागे, तर त्यसमा खराब दाख पो फल्यो।
मीका 7 : 11
11 तिमीहरूका पर्खाल निर्माण गर्ने दिन, आफ्ना साँधसिमाना टाढ़ासम्म बढ़ाउने दिन आउनेछ।
उपदेशक 10 : 8
8 खाड़ल खन्ने मानिस आफै त्यसमा जाकिन सक्छ, र पर्खाल भत्काउने मानिसलाई साँपले डस्न सक्छ।
यशैया 5 : 5
5 अब म मेरो दाखबारीलाई के गर्नेछु, सो तिमीहरूलाई भन्नेछु: म त्यसको बार उखेलिदिनेछु, र त्यो नष्ट हुनेछ। म त्यसको पर्खाल भत्काइदिनेछु, र त्यो कुल्चीमिल्ची गरिनेछ।
नहूम 3 : 17
17 तेरा रक्षकहरू त सलहझैँ छन्, तेरा अधिकारीहरू सलहका बथानझैँ छन्, जो जाड़ोको दिनमा पर्खालहरू हुँदो बस्छन्, तर जब घाम लाग्छ, ती सबै उड़िहाल्छन्— कसैले जान्दैन, कता जान्छन्।
मत्ती 21 : 33
33 “अर्को दृष्टान्त सुन। कोही एक जना गृहस्थी थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको वरिपरि बार लगाएर त्यहाँ दाख पेल्ने एउटा कोल राखे, र एउटा मचान बनाए। तब मोहीहरूलाई त्यसको ठेक्का दिई उनी परदेश लागे।
हितोपदेश 15 : 19
19 अल्छेको बाटो काँढ़ैकाँढ़ाले छेकेको हुन्छ, तर ईमानदारको मार्गचाहिँ मूलबाटो हो।
होशे 2 : 6
6 यसकारण काँढ़े झाँगले त्यसको बाटो म रोकिदिनेछु, र त्यसलाई पर्खालभित्र थुनिदिनेछु र त्यसले बाटो पाउनेछैन।
इजकिएल 22 : 30
30 “पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्ट नहोस् भनी देशको लागि मेरो सामुन्ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बीचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ।
Leave a Reply