बलियो आधार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बलियो आधार

मत्ती 7 : 24 – 27
24 “यसकारण जसले मेरा यी वचन सुन्‍छ र पालन गर्छ, म एक जना बुद्धिमान्‌ मानिससँग त्‍यसको तुलना गर्छु, जसले आफ्‍नो घर चट्टानमाथि बनायो।
25 अनि पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र पनि त्‍यो घर ढलेन। किनकि त्‍यो चट्टानमाथि बसालिएको थियो।
26 जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्‍यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्‍छ, जसले आफ्‍नो घर बालुवामाथि बनायो।
27 पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र त्‍यो घर ढल्‍यो, अनि त्‍यसको ठूलो विनाश भयो।”

लूका 6 : 47 – 49
47 जो मकहाँ आउँछ, मेरा वचन सुन्‍छ र तीअनुसार गर्छ, त्‍यो कस्‍तो मानिस हो, म तिमीहरूलाई बताउनेछु।
48 त्‍यो एक जना घर बनाउने मानिसजस्‍तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्‍यो। अनि जब भल चल्‍यो, र जलप्रवाह उर्लिआएर त्‍यस घरमा ठोकियो, तब त्‍यस घरलाई हल्‍लाउन सकेन, किनकि त्‍यो पक्‍का बनाइएको थियो।
49 तर जसले सुन्‍छ र पनि त्‍यसअनुसार गर्दैन, त्‍यो एक जना यस्‍तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्‍यस घरमाथि भल आएर ठोकियो, तब त्‍यो घर तुरुन्‍तै ढल्‍यो, र त्‍यस घरको ठूलो सर्वनाश भयो।”

१ कोरिन्थी 3 : 13 – 16
13 प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।
14 यदि कुनै मानिसले त्‍यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ।
15 यदि कुनै मानिसको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्‍सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आफैचाहिँ आगोबाट उम्‍केझैँ बाँच्‍नेछ।
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?

मत्ती 16 : 18
18 म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली [1] यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

एफिसी 2 : 10
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

२ पत्रुस 3 : 16
16 उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्‍लेख गरेका छन्‌। तिनमा कुनै-कुनै कुराहरू बुझ्‍न कठिन छन्, र अशिक्षित र चञ्‍चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्‍त्रहरूलाई जस्‍तै उल्‍टापाल्‍टा पार्छन्, र आफ्‍नै विनाश ल्‍याउँछन्‌।

लूका 6 : 48
48 त्‍यो एक जना घर बनाउने मानिसजस्‍तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्‍यो। अनि जब भल चल्‍यो, र जलप्रवाह उर्लिआएर त्‍यस घरमा ठोकियो, तब त्‍यस घरलाई हल्‍लाउन सकेन, किनकि त्‍यो पक्‍का बनाइएको थियो।

यूहन्‍ना 13 : 35
35 यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्‍नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”

एफिसी 6 : 4
4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *