बर्नाबास

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बर्नाबास

प्रेरित 13 : 1
1 एन्‍टिओखियाको मण्‍डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात्‌ बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्‍तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए।

प्रेरित 14 : 14
14 तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्‍नो वस्‍त्र च्‍याती यसो भन्‍दै कराएर मानिसहरूका बीचमा दौड्‌दैगए र भने,

प्रेरित 4 : 37
37 उनले आफ्‍नो जमिन बेचे र त्‍यो रकम ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए।

प्रेरित 9 : 27
27 तर बारनाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे। अनि शाऊलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्‍नुभएको र तिनले दमस्‍कसमा साहससित येशूको नाउँमा प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए।

प्रेरित 11 : 30
30 तिनीहरूले यसै गरे, र बारनाबास र शाऊलका हातद्वारा तिनीहरूको भेटी एल्‍डरहरूकहाँ पठाइदिए।

प्रेरित 12 : 25
25 बारनाबास र शाऊल आफ्‍ना मिशन पूरा गरेर यरूशलेमबाट फर्के। तिनीहरूसँग मर्कूस भनिने यूहन्‍ना पनि गए।

प्रेरित 14 : 7
7 र त्‍यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिनैरहे।

प्रेरित 14 : 18
18 यी कुरा भनेर तिनीहरूले मुश्‍किलले तिनीहरूलाई बलि-पूजा चढ़ाउनबाट ती मानिसहरूलाई रोके।

प्रेरित 14 : 20
20 तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे, अनि सहरभित्र पसे, र भोलिपल्‍ट बारनाबाससँग निस्‍केर डर्बीमा गए।

गलाती 2 : 9
9 याकूब, केफास र यूहन्‍ना, जो मण्‍डलीका खम्‍बाहरू थिए, तिनीहरूले ममाथि भएको अनुग्रह थाहा पाएपछि मलाई र बारनाबासलाई सङ्गतिको दाहिने हात दिए। हामी अन्‍यजातिहरूकहाँ जाने र उनीहरूचाहिँ खतनाकाहरूकहाँ जाने भन्‍ने निश्‍चय गरे।

प्रेरित 15 : 39
39 तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए, र बारनाबास मर्कूसलाई साथमा लिएर साइप्रसतिर गए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *