यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बन्दी
उत्पत्ति 14 : 12
12 उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए।
१ शमूएल 30 : 2
2 उनीहरूले स्त्रीहरू र त्यसमा भएका साना-ठूला सबै जनालाई नमारीकनै लगेका थिए। उनीहरूले यिनीहरूलाई अगिअगि लाउँदैगएका थिए।
गन्ती 31 : 20
20 सबै लुगा र छाला, बाख्राका रौँ र काठका सबै मालसामानहरू तिमीहरूले चोख्याउनुपर्छ।”
व्यवस्था 20 : 13
13 परमप्रभु तिमीहरूका परमेश्वरले त्यो सहर तिमीहरूलाई सुम्पिदिनुभएपछि त्यहाँका सबै पुरुषहरूलाई तरवारले काटेर मार।
व्यवस्था 21 : 10
10 तिमीहरूका शत्रुहरूका विरुद्धमा युद्धमा जाँदा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका हातमा शत्रुहरू सुम्पेर उनीहरूलाई युद्धबन्दी बनाइ ल्याउँदा,
यहोशू 8 : 29
29 अनि तिनले ऐका राजालाई साँझसम्म एउटा रूखमा झुण्ड्याइराखे र सूर्यास्त हुँदा यहोशूको आज्ञाबमोजिम तिनीहरूले त्यसको लाश रूखबाट तल झारेर सहरको ढोकाभित्र पस्ने ठाउँमा फालिदिए, र त्यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए, जो आजसम्मै छ।
यहोशू 10 : 40
40 यसरी यहोशूले सबै देश, अर्थात् पहाड़ी क्षेत्र, नेगेव भनिने दक्षिण देश, तराई र पहाड़ र त्यहाँका सबै राजाहरूलाई समेत परास्त गरे। तिनले एउटालाई पनि बाँकी राखेनन्। परमप्रभु इस्राएलका परमेश्वरको आज्ञाबमोजिम सास फेर्ने जति सबैलाई तिनले नाश पारे।
यहोशू 11 : 11
11 अनि त्यहाँ भएका सबैलाई तरवारले मारे। तिनीहरूले त्यहाँका सास फेर्ने जति एउटैलाई नछोड़ी पूर्ण रूपले नाश गरे। अनि तिनले हासोरमा आगो लगाइदिए।
न्यायकर्ताहरू 7 : 25
25 तिनीहरूले दुई मिद्यानी शासक, ओरेब र जएबलाई पक्रे। ओरेबलाई तिनीहरूले ओरेबको चट्टानमा, र जएबलाई चाहिँ जएबको दाखको कोलमा मारे, र मिद्यानीहरूलाई खेदेको खेदेकै गरे। पछि तिनीहरूले ओरेब र जएबका टाउकाहरू यर्दन वारि गिदोनकहाँ ल्याए।
न्यायकर्ताहरू 8 : 21
21 यसैले जेबह र सल्मुन्नाले भने, “तपाईं आफै उठेर हामीलाई मार्नुहोस्, किनभने तपाईंमा पुरुषको बल छ।” तब गिदोन उठेर दुवैलाई मारे, र उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारहरू फुकालेर लगे।
न्यायकर्ताहरू 21 : 11
11 तिनीहरूले भने, “तिमीहरूले हरेक पुरुष र पुरुषसँग सहवास भएकी स्त्रीलाई मार्नू, तर कन्ये-केटीहरूलाई चाहिँ छोड़िदिनू।”
१ शमूएल 15 : 33
33 तर शमूएलले भने, “तेरो तरवारले स्त्रीहरूलाई निर्वश तुल्याएको छ। यसकारण तेरै आमा पनि सबै स्त्रीहरूका बीचमा निर्वश हुनेछे।” अनि शमूएलले अगागलाई परमप्रभुको सामुन्ने गिलगालमा मारे।
२ शमूएल 8 : 2
2 दाऊदले मोआबीहरूलाई पनि परास्त गरे, अनि उनीहरूलाई तिनले भूइँमा सुत्न लाए, र एउटा डोरीको नापले नापे। हरेक दुई नापभित्र आएकाहरूचाहिँ मारिनलाई र तेस्रो नापभित्र आएकाहरूचाहिँ छोड़िदिनलाई तिनले नापे। यसरी मोआबीहरू तिनको अधीनमा भए, अनि उनीहरूले तिनलाई राजकर तिर्ने गरे।
२ राजाहरू 8 : 12
12 हजाएलले सोधे, “हे मेरा प्रभु, तपाईं किन रुँदैहुनुहुन्छ?” तिनले जवाफ दिए, “किनभने तिमीले इस्राएलीहरूमाथि गर्ने बुराइ म जान्दछु। तिमीले तिनीहरूका किल्लाहरूमा आगो लाउनेछौ, र तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ, तिनीहरूका ससाना बालकहरूलाई भूँइमा पछारेर मार्नेछौ, र गर्भवती स्त्रीहरूका पेट चिर्नेछौ।”
यर्मिया 39 : 6
6 त्यहीँ रिब्लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामुन्ने मारे र यहूदाका सबै भारदारहरूलाई पनि मारे।
२ इतिहास 25 : 12
12 यहूदाका फौजहरूले अरू दश हजार मानिसहरूलाई जीवित पक्रे, र उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगेर तल खसालिदिए। त्यहाँ तिनीहरू सबै छिन्नभिन्न भए।
२ राजाहरू 8 : 12
12 हजाएलले सोधे, “हे मेरा प्रभु, तपाईं किन रुँदैहुनुहुन्छ?” तिनले जवाफ दिए, “किनभने तिमीले इस्राएलीहरूमाथि गर्ने बुराइ म जान्दछु। तिमीले तिनीहरूका किल्लाहरूमा आगो लाउनेछौ, र तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ, तिनीहरूका ससाना बालकहरूलाई भूँइमा पछारेर मार्नेछौ, र गर्भवती स्त्रीहरूका पेट चिर्नेछौ।”
२ राजाहरू 15 : 16
16 त्यसै बेला मनहेम तिर्साबाट सुरु गरेर तिफसा र त्यसका छेउछाउको हरेकलाई आक्रमण गरे, किनभने उनीहरूले तिनको निम्ति त्यसका ढोकाहरू खोल्न इन्कार गरे। तिनले तिफसालाई ध्वंस गरे, र सबै गर्भवती स्त्रीहरूका पेट चिरिदिए।
आमोस 1 : 13
13 परमप्रभु यसो भन्नुहुन्छ: “अम्मोनका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले आफ्ना साँधसिमाना बढ़ाउनलाई गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरेको हुनाले,
२ शमूएल 12 : 31
31 तिनले त्यहाँका बासिन्दाहरूलाई लगेर आरा, र फलामका अरू किसिमका हतियारहरू र बन्चराहरूले काम गर्न लगाए, अनि इँटका भट्टीहरूमा पनि इँट बनाउन लाए। दाऊदले अम्मोनीहरूका सबै सहरहरूमा यस्ता काम गर्न लगाए। त्यसपछि दाऊद र तिनका सबै फौज यरूशलेममा फर्के।
१ इतिहास 20 : 3
3 तिनले त्यहाँका बासिन्दाहरूलाई आरा र फलामका अरू हतियारहरू र बन्चराहरूले काम गर्न लाए। दाऊदले अम्मोनीहरूका सबै सहरमा यसरी नै गरे। त्यसपछि तिनी र तिनका सबै मानिसहरू यरूशलेममा फर्के।
न्यायकर्ताहरू 16 : 21
21 तब पलिश्तीहरूले तिनलाई पक्रे, र तिनका आँखा निकालिदिए, र गाजामा ल्याए। त्यहाँ उनीहरूले तिनलाई काँसाका साङ्लाहरूले बाँधे, र झ्यालखानमा जाँतो पिँध्न लाए।
यर्मिया 39 : 7
7 उनले सिदकियाहका आँखा निकाले, र बेबिलोनमा लैजान तिनलाई साङ्लाले बाँधे।
Leave a Reply