यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फैलावट
उत्पत्ति 11 : 9
9 यसकारण त्यसको नाउँ बाबेल [1] राखियो, किनभने परमप्रभुले त्यहीँ नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनुभएको थियो। त्यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।
व्यवस्था 32 : 8
8 जब सर्वोच्चले जाति-जातिहरूलाई उनीहरूका अंश दिनुभयो, जब उहाँले सबै मानिस-जातिलाई विभाजन गर्नुभयो, तब उहाँले इस्राएलीहरूका सन्तानको संख्याअनुसार जाति-जातिका सिमाना ठहराइदिनुभयो।
यर्मिया 16 : 15
15 तर तिनीहरूले भन्नेछन्, ‘इस्राएलीहरूलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा’। किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिनीहरूलाई म फेरि ल्याउनेछु।
यर्मिया 24 : 9
9 पृथ्वीका सारा राज्यहरूमा जहाँ म तिनीहरूलाई खेद्नेछु, त्यहाँ म तिनीहरूलाई घृणा र गिल्ला, तथा हाँसो र सरापको पात्र तुल्याउनेछु।
यूहन्ना 7 : 35
35 तब यहूदीहरूले आपसमा भने, “यिनी कहाँ जान आँटेका छन्, र हामी यिनलाई भेट्टाउनेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरपष्ट भई बसेका यहूदीहरूकहाँ गएर ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्?
Leave a Reply