यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फूलहरू
यूहन्ना 12 : 12 – 13
12 भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो,
13 र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
यशैया 40 : 8
8 घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैँभरि अटल रहनेछ।”
श्रेष्ठगीत 2 : 1
1 म त शारोनको गुलाफ र बेँसीमा उम्रने लिली फूल हुँ,
मत्ती 6 : 28 – 29
28 “अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्।
29 तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्।
श्रेष्ठगीत 2 : 2
2 काँढ़ाहरूका माझमा फुलेको लिली फूलझैँ मेरी प्यारी अन्य कन्येहरूका बीचमा छिन्।
अय्यूब 40 : 21
21 त्यो कमलको बोटमुनि बस्छ, काँसघारी र सिमसारहरूमा त्यो लुकिरहन्छ।
भजनसंग्रह 104 : 24
24 हे परमप्रभु, तपाईंका कार्यहरू अनेक छन्, आफ्नो बुद्धिमा तपाईंले ती सबै रच्नुभयो। तपाईंले सृष्टि गर्नुभएका यावत् थोकले पृथ्वी परिपूर्ण छ।
Leave a Reply