प्रार्थनाको जवाफ दिनुभयो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रार्थनाको जवाफ दिनुभयो

१ यूहन्‍ना 5 : 14 – 15
14 परमेश्‍वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्‍छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्‍नुहुन्‍छ।
15 हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्‍वरले सुन्‍नुहुन्‍छ भनी हामी जान्‍दछौं भने, यो पनि जान्‍दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्‍यो हामीलाई प्राप्‍त भएको छ।

यूहन्‍ना 15 : 7
7 तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ माग, र त्‍यो तिमीहरूका निम्‍ति गरिनेछ।

मर्कूस 11 : 24
24 यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौं भन्‍ने विश्‍वास राख, र त्‍यो तिमीहरूको हुनेछ।

मत्ती 7 : 7
7 “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ।

हिब्रू 11 : 6
6 विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।

यूहन्‍ना 15 : 16
16 मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्‌। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ।

१ यूहन्‍ना 3 : 22
22 अनि हामी जे माग्‍छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं।

यर्मिया 33 : 3
3 ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्‍त कुराहरू म तँलाई बताउनेछु’।

याकूब 5 : 16
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।

१ थेसलोनिकी 5 : 17
17 निरन्‍तर प्रार्थना गरिरहो।

लूका 18 : 1
1 तिनीहरू सधैँ प्रार्थना गरिरहून्‌ र निराश नहोऊन्‌ भन्‍ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो:

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

रोमी 15 : 13
13 आशाका परमेश्‍वरले तिमीहरूलाई विश्‍वासद्वारा सम्‍पूर्ण आनन्‍द र शान्‍तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्‍माको शक्तिले तिमीहरू आशामा प्रशस्‍त हुन सक।

१ तिमोथी 2 : 8
8 यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून्‌ भन्‍ने म चाहन्‍छु।

एफिसी 6 : 18
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।

यशैया 65 : 24
24 तिनीहरूले बिन्‍ती गर्न अघि नै म जवाफ दिनेछु। तिनीहरूले बोल्‍दाबोल्‍दै तिनीहरूका कुरा म सुन्‍नेछु।

अय्‍यूब 1 : 1 – 22
1 ऊज देशमा अय्‍यूब नाउँ भएका एक जना मानिस बस्‍दथे। तिनी निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्‍वरसँग डराउँथे र दुष्‍टताबाट अलग बस्‍थे।
2 तिनका सात छोरा र तीन छोरी थिए।
3 तिनका सात हजार भेड़ा, तीन हजार ऊँट, पाँच सय हल गोरु र पाँच सय गधाबाहेक धेरै कमारा-कमारीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्‍ये अय्‍यूब सबैभन्‍दा महान्‌ थिए।
4 तिनका छोराहरूले पालैसित आफ्‍नो घरमा भोज लाउँथे र आफ्‍ना तीन बहिनीहरूलाई खानपिनका लागि निम्‍त्‍याउँथे।
5 भोज दिने क्रम सिद्धिएपछि अय्‍यूबले आफ्‍ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्‍येकको निम्‍ति यो विचारले एउटा-एउटा होमबलि चढाउथे, “शायद मेरा छोराछोरीले पाप गरे होलान्‌ र परमेश्‍वरलाई आफ्‍ना हृदयमा सरापे होलान्‌।” अय्‍यूबले सधैँ यसै गर्थे।
6 एक दिन स्‍वर्गीय दूतहरू [1] परमप्रभुको सामुन्‍ने उपस्‍थित हुँदा शैतान [2] पनि तिनीहरूसँग आयो।
7 परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आईस्‌?” त्‍यसले भन्‍यो, “पृथ्‍वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।”
8 तब परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “के तैंले मेरो दास अय्‍यूबलाई याद गरिस्‌? परमेश्‍वरको डर राख्‍ने र दुष्‍ट कामबाट अलग रहने त्‍यो जस्‍तो निर्दोष र सोझो मानिस पृथ्‍वीमा अरू कोही छैन।”
9 शैतानले परमप्रभुलाई यसो भनेर जवाफ दियो, “अय्‍यूबले त्‍यसै परमेश्‍वरको डर राखेका हुन्‌ त?”
10 के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्‍पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष्‌ दिनुभएको छ, अनि तिनका गाईबस्‍तुहरू देशभरि अनगन्‍ती बढ़ेका छन्‌।
11 तर आफ्‍नो हात पसारेर तिनका सबै चीजमाथि प्रहार गर्नुहोस्, र तिनले तपाईंलाई तपाईंकै मुखको सामुन्‍ने सराप्‍नेछन्‌।
12 तब परमप्रभुले शैतानलाई भन्‍नुभयो, “लौ त, त्‍यसकहाँ जे-जति छन्, सबै तेरै हातमा भयो। केवल अय्‍यूबको शरीरलाई चाहिँ नछो।” तब शैतान परमप्रभुको उपस्‍थितिबाट निस्‍केर गयो।
13 एक दिन अय्‍यूबका छोराछोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खानपिन गर्दैथिए।
14 एउटा समाचारवाहक कुदेर अय्‍यूबकहाँ आएर भन्‍यो,
15 “गोरुहरू जोतिरहेका र गधाहरू तिनीहरूका नजिकै चरिरहेकै बेला शबीहरूले गोठालाहरूलाई आक्रमण गरेर मारे, र ती सबै लगे। अनि तपाईंलाई समाचार दिन म मात्र उम्‍कें।”
16 त्‍यो बोल्‍दाबोल्‍दै अर्को समाचारवाहक आइपुग्‍यो। त्‍यसले भन्‍यो, “परमेश्‍वरको अग्‍नि स्‍वर्गबाट झरेर भेड़ाहरू र गोठालाहरूलाई भस्‍म पार्‍यो। अनि तपाईंलाई समाचार दिन म मात्र उम्‍कें।”
17 त्‍यो बोल्‍दाबोल्‍दै अर्को एक जना आएर भन्‍यो, “कल्‍दीहरूले छापा मार्ने तीन दल बनाए र तपाईंका ऊँटहरू आक्रमण गरी लगे। तिनीहरूले नोकरहरूलाई मारे र तपाईंलाई समाचार दिनलाई म मात्र उम्‍कें।”
18 त्‍यो मानिस बोल्‍दाबोल्‍दै एक जना आइपुग्‍यो र भन्‍यो, “तपाईंका छोराछोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खानपान गर्दैथिए।
19 त्‍यसै बेला मरुभूमिबाट अचानक आँधीबेहरी आएर घरको चारै कुनामा हान्‍यो र त्‍यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मार्‍यो। अनि समाचार दिन म मात्र उम्‍कें।”
20 यो सुनेर अय्‍यूब उठे, र तिनले आफ्‍नो लुगा च्‍याते। तिनले आफ्‍नो कपाल खौरे,
21 र भूइँमा घोप्‍टो परेर दण्‍डवत्‌ गरी भने, “म आफ्‍नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्‍यको होस्‌।”
22 यी सबै कुरामा अय्‍यूबले परमेश्‍वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्‌।

२ इतिहास 7 : 14
14 यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु।

हिब्रू 11 : 1
1 अब विश्‍वासचाहिँ आशा राखिएका कुराको निश्‍चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।

प्रेरित 22 : 16
16 त अब किन पर्खनुहुन्‍छ? उठ्‌नुहोस्, र बप्‍तिस्‍मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्‍ना पाप धुनुहोस्‌।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *