प्रहरी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रहरी

मत्ती 5 : 9
9 धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌।

रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।

रोमी 13 : 1 – 14
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।
11 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।
12 रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।
14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।

यूहन्‍ना 15 : 13
13 आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन।

यहोशू 1 : 9
9 तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”

लूका 10 : 19
19 मैले तिमीहरूलाई सर्पहरू र बिच्‍छीहरू कुल्‍चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।

भजनसंग्रह 144 : 1
1 दाऊदको भजन [1] मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्‌, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्‍छ।

२ तिमोथी 1 : 7
7 किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।

यशैया 6 : 8
8 तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्‍ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्‌!”

हितोपदेश 28 : 1 – 28
1 कसैले नलखेटे पनि दुष्‍ट मानिस भाग्‍छ, तर धर्मीचाहिँ सिंहजस्‍तै आँटिला हुन्‍छन्‌।
2 जब देश बागी बन्‍छ, त्‍यहाँ धेरै शासकहरू खड़ा हुन्‍छन्, तर समझशक्ति भएको ज्ञानी मानिसले अमनचैन कायम राख्‍छ।
3 गरीबमाथि थिचोमिचो गर्ने शासक अन्‍न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षाजस्‍तै हो।
4 व्‍यवस्‍था त्‍याग्‍नेहरूले दुष्‍टहरूको प्रशंसा गर्छन्, तर व्‍यवस्‍था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्‌।
5 दुष्‍ट मानिसहरू न्‍यायलाई बुझ्‍दैनन्, तर परमप्रभुलाई खोज्‍नेहरूले यसलाई पूर्ण रूपले बुझ्‍दछन्‌।
6 गरीब भए तापनि कलङ्करहित भई हिँड्‌नु कुटिल मतिको बाटोमा लागेको धनीभन्‍दा असल हो।
7 व्‍यवस्‍था पालन गर्नेचाहिँ विवेकी छोरो हो, तर खन्‍चुवाको सङ्गत गर्नेले आफ्‍ना बुबामाथि बेइज्‍जत ल्‍याउँछ।
8 अति नै ब्‍याज लगाएर जसले आफ्‍नो सम्‍पत्ति बढ़ाउँछ, त्‍यसले कुम्‍ल्‍याएको धन अर्कैको हुनेछ, जसले गरीबमाथि दया राख्‍नेछ।
9 यदि कसैले व्‍यवस्‍थाप्रति आफ्‍नो कान बन्‍द गर्छ भने, त्‍यसका प्रार्थनाहरूसमेत घृणित हुन्‍छन्‌।
10 ईमानसँग चल्‍नेलाई जसले खराब बाटोतिर लैजान्‍छ, त्‍यसको आफ्‍नै पासोमा त्‍यो फस्‍नेछ। तर निर्दोषले पर्याप्‍त अंश पाउनेछ।
11 धनी मानिस आफ्‍नै नजरमा बुद्धिमान्‌ हुन सक्‍छ, तर विवेक भएको गरीब मानिसले त्‍यसलाई छर्लङ्गै देख्‍छ।
12 धर्मीको विजय हुँदा ठूलो खुशीयाली हुन्‍छ, तर दुष्‍ट सत्तामा पुग्‍दा मानिसहरू लुक्‍न थाल्‍छन्‌।
13 आफ्‍ना पापहरू लुकाउनेको उन्‍नति हुँदैन, तर जसले ती स्‍वीकार गर्छ र त्‍याग्‍छ, त्‍यसले कृपा पाउँछ।
14 परमप्रभुसँग सधैँ डराउने मानिस धन्‍यको हो, तर आफ्‍नो हृदय कठोर पार्ने मानिस सङ्कष्‍टमा पर्छ।
15 गर्जने सिंह वा झम्‍टने भालूजस्‍तै असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट मानिस हो।
16 निर्दयी शासकमा बुद्धिको अभाव हुन्‍छ, तर भ्रष्‍टाचारको धन घृणा गर्नेले दीर्घायु पाउनेछ।
17 हत्‍याको दोषले व्‍याकुल भएको मान्‍छे मृत्‍युसम्‍मै फरार रहनेछ। कसैले पनि त्‍यसको समर्थन नगरोस्‌।
18 जसको हिँड़ाइ निर्दोष छ, त्‍यो सुरक्षित रहन्‍छ, तर जसका बाटाहरू कुटिल मतिका छन्, तिनीहरू अचानक पतित हुनेछन्‌।
19 आफ्‍नो जमिन खनजोत गर्नेको प्रशस्‍त भोजन हुनेछ, तर कल्‍पनाको पछि दौड्‌नेहरू दरिद्रताले भरिन्‍छन्‌।
20 विश्‍वसनीय मानिसले बेसरी आशिष्‌ पाउनेछ, तर धनी हुनलाई व्‍यग्र बन्‍नेहरू दण्‍डविना रहनेछैन।
21 पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ।
22 कन्‍जुस मानिस धनी हुने लालसा गर्छ, र दरिद्रताले त्‍यसलाई प्रतीक्षा गरिराखेको छ भन्‍ने त्‍यसलाई थाहै हुँदैन।
23 फुर्क्‍याउने जिब्रो भएकोले भन्‍दा हप्‍काउने मानिसले नै आखिरमा धेरै निगाहा प्राप्‍त गर्नेछ।
24 आफ्‍नो बुबा वा आमालाई लुटेर “यो गल्‍ती होइन” भन्‍ने छोरा बरबाद पार्नेको साझेदार हो।
25 लोभी मानिसले कलह मच्‍चाउँछ, तर परमप्रभुमा भरोसा राख्‍ने मानिसको फलिफाप हुन्‍छ।
26 आफैमा भरोसा राख्‍ने व्‍यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्‌ने सुरक्षित रहन्‍छ।
27 जसले गरीबलाई दिन्‍छ, उसलाई कुनै अभाव हुनेछैन, तर जसले तिनीहरूप्रति आँखा चिम्‍लन्‍छ, त्‍यसले धेरै श्राप पाउनेछ।
28 दुष्‍ट सत्तामा पुग्‍दा मानिसहरू लुक्‍न थाल्‍छन्, तर जब दुष्‍टको नाश हुन्‍छ, धर्मी मौलाउँछन्‌।

लूका 1 : 79
79 र अन्‍धकार र मृत्‍युको छायामा बस्‍नेहरूलाई ज्‍योति मिल्‍नेछ, र हाम्रा पाउ शान्‍तिको बाटोतिर डोर्‍याइनेछन्‌।”

भजनसंग्रह 101 : 8
8 देशका सबै दुष्‍ट जनहरूलाई हरेक बिहान म नष्‍ट पार्नेछु, परमप्रभुको सहरबाट दुष्‍ट काम गर्नेहरू सबैलाई म नष्‍ट पार्नेछु।

भजनसंग्रह 18 : 37 – 43
37 मेरा शत्रुहरूलाई खेदेर मैले तिनीहरूलाई भेट्टाएँ, तिनीहरू संहार नहोउञ्‍जेल म फर्किनँ।
38 तिनीहरू उठ्‌न नसक्‍ने गरी मैले तिनीहरूलाई हिर्काएँ, तिनीहरू मेरा पाउमुनि लोटे।
39 तपाईंले मलाई लड़ाइँको निम्‍ति शक्तिशाली तुल्‍याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो।
40 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्‍न विवश पार्नुभयो, र मेरा शत्रुहरूलाई मैले संहार पारें।
41 मदतको निम्‍ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
42 बतासमा उड्‌ने धूलोजस्‍तो मैले तिनीहरूलाई धूलोपीठो पारें, गल्‍लीको हिलोझैँ मैले तिनीहरूलाई फालें।
43 मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुटाउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता बनाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्‌।

भजनसंग्रह 82 : 3 – 4
3 दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्‍याय गर।
4 दुर्बल र दरिद्रहरूलाई छुटाओ, दुष्‍टहरूका हातबाट तिनीहरूलाई छुटकारा देओ।

हितोपदेश 25 : 26
26 दुष्‍टको कुरामा लाग्‍ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।

यशैया 54 : 17
17 तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्‍न सक्‍नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्‌। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्‍पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।

प्रस्‍थान 22 : 2 – 3
2 “यदि चोर घर फोर्दैगरेको फेला पर्‍यो भने र त्‍यसलाई पिट्‌दा त्‍यो मर्‍यो भने, त्‍यसको हत्‍याको दोष पिट्‌नेलाई लाग्‍नेछैन।
3 तर घाम झुल्‍किसकेको भए, त्‍यो दोषी हुनेछ। चोरले नोक्‍सानी भरिदिनुपर्छ। तर त्‍यससँग केही छैन भने, चोरीको निम्‍ति त्‍यो बेचिओस्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *