यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रशंसा गर्दछ
भजनसंग्रह 100 : 1 – 5
1 हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।
2 आनन्दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ।
3 परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
4 उहाँको भवनका द्वारहरूभित्र धन्यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।
5 किनभने परमप्रभु भला हुनुहुन्छ, र उहाँको करुणा सदाकाल रहन्छ। उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रही नै रहन्छ।
भजनसंग्रह 150 : 1 – 6
1 हल्लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह!
भजनसंग्रह 147 : 1 – 20
1 हल्लेलूयाह! हाम्रा परमेश्वरको प्रशंसा गाउनु कति असल कुरा हो! उहाँको प्रशंसा गर्नु कति रमाइलो र उचित छ!
2 परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्छ, उहाँले इस्राएलका निर्वासितहरूलाई एकत्र गर्नुहुन्छ।
3 उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ।
4 उहाँले ताराहरूको संख्या निश्चित गर्नुहुन्छ, र एक-एकलाई आ-आफ्नो नाउँ दिनुहुन्छ।
5 हाम्रा परमप्रभु महान् हुनुहुन्छ, सर्वशक्तिमान् र सर्वज्ञानी हुनुहुन्छ।
6 परमप्रभुले दीन-दु:खीलाई सम्हाल्नुहुन्छ, तर दुष्टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्छ।
7 धन्यवादका साथ परमप्रभुको स्तुति गाओ, वीणा बजाएर हाम्रा परमेश्वरको स्तुति गर।
8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ, अनि पहाड़हरूमा घाँस उमार्नुहुन्छ।
9 उहाँले भोकाएका पशुहरूलाई र कागका बचेराहरूलाई आहार दिनुहुन्छ।
10 उहाँ घोडाहरूको बलमा, अथवा मानिसहरूका खुट्टामा प्रसन्न हुनुहुन्न।
11 तर परमप्रभु उहाँको भय मान्नेहरूसँग, र उहाँको अचूक कृपामाथि भरोसा राख्नेहरूसँग प्रसन्न हुनुहुन्छ।
12 हे यरूशलेम, परमप्रभुको स्तुति गा! हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर्!
13 किनकि उहाँले तेरा सहरका ढोकाहरू सुदृढ़ पारिदिनुहुन्छ, अनि तँभित्र वास गर्ने मानिसहरूलाई आशिष् दिनुहुन्छ।
14 उहाँले तेरा साँध-सिमानामा शान्ति स्थापित गरिदिनुहुन्छ, उहाँले तँलाई असल गहूँले तृप्त पार्नुहुन्छ।
15 उहाँले पृथ्वीमा आदेश पठाउनुहुन्छ, उहाँको वचन अति तेज गतिले दौड़न्छ।
16 उहाँले ऊनजस्तै गरी हिमपात गराउनुहुन्छ, अनि तुसारो खरानीझैँ छरिदिनुहुन्छ।
17 उहाँले असिना कङ्कड़झैँ बर्साउनुहुन्छ, उहाँका कठ्याङग्रिने चिसो बतासमा को टिक्न सक्छ?
18 उहाँले आफ्नो वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ, उहाँले आफ्नो बतास चलाउनुहुन्छ र पानी बग्न थाल्छ।
19 उहाँले आफ्नो वचन याकूबलाई, र आफ्ना नियम र विधिहरू इस्राएललाई देखाउनुभएको छ।
20 अरू कुनै जातिको निम्ति उहाँले यस्तो कार्य गर्नुभएको छैन, तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। हल्लेलूयाह!
भजनसंग्रह 148 : 1 – 14
1 हल्लेलूयाह! स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर।
2 हे उहाँका स्वर्गीय दूतगण, उहाँको प्रशंसा गर। हे उहाँका सारा स्वर्गीय सेना, उहाँका प्रशंसा गर।
3 हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे चम्किला तारा हो, उहाँको प्रशंसा गर।
4 हे सर्वोच्च आकाश र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर।
5 तिनीहरूले परमप्रभुका नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा गर्नुभयो, र तिनको सृजना भयो।
6 उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित गर्नुभयो, अनि कहिले नटल्ने विधि उहाँले दिनुभयो।
7 पृथ्वीबाट परमप्रभुको प्रशंसा गर, हे विशाल जलजन्तु हो, र सबै गहिरा सागर हो,
8 बिजुली र असिना, हिउँ र बादल, उहाँको वचन मान्ने आँधीबेहरी हो,
9 पहाड़हरू र सबै डाँड़ाहरू हो, फल फलाउने रूखहरू र सबै देवदारुहरू हो,
10 जङ्गली जनावर र सबै गाईबस्तुहरू हो, ससाना जन्तु र उड्ने पक्षीहरू हो,
11 पृथ्वीका राजाहरू र सारा जातिहरू, राजकुमारहरू र सारा शासकहरू,
12 युवकहरू र कन्याहरू, वृद्ध र बालकहरू, परमप्रभुको प्रशंसा गर।
13 यिनीहरू सबैले परमप्रभुको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र महान् छ, उहाँको महिमा पृथ्वी र आकाशभन्दा पनि उच्च छ।
14 उहाँले आफ्ना मानिसहरूका निम्ति एउटा सीङ [1] खड़ा गर्नुभएको छ, जो उहाँका पवित्रजनहरू, उहाँको हृदयका नजिक रहने इस्राएलका प्रशंसा हुन्। हल्लेलूयाह!
भजनसंग्रह 66 : 1 – 20
1 सङ्गीत-निर्देशकको निम्ति एउटा भजन [1] हे सारा पृथ्वी, आनन्दसाथ परमेश्वरको जयजय गर।
2 उहाँका नाउँको महिमाको स्तुति गाओ, उहाँको प्रशंसालाई महिमित तुल्याओ।
3 परमेश्वरलाई भन, “तपाईंका कार्यहरू कस्ता भयानक छन्! तपाईंका शक्तिको महत्त्व यति महान् छ कि तपाईंका शत्रुहरू तपाईंको सामुन्ने खुम्चिन्छन्।
4 सारा पृथ्वी तपाईंको अगि झुक्तछ, तिनीहरूले तपाईंको प्रशंसाका भजन गाउँछन्, तिनीहरूले तपाईंका नाउँको भजन गाउँछन्।” सेला
5 आओ, परमेश्वरका कार्य हेर, मानिसका पक्षमा उहाँका कामहरू कति भयानक छन्!
6 उहाँले समुद्रलाई सुक्खा जमिन तुल्याउनुभयो, तिनीहरूले पैदलै नदी तरे— आओ, हामी उहाँमा आनन्दित होऔं।
7 उहाँले आफ्नो शक्तिद्वारा सदा शासन गर्नुहुन्छ, उहाँका आँखाले जाति-जातिलाई हेर्नुहुन्छ— उहाँको विरुद्ध विद्रोहीहरू नउठून्। सेला
8 हे मानिसहरू हो, हाम्रा परमेश्वरको स्तुति गर। उहाँका स्तुतिको आवाज सुनिओस्।
9 उहाँले हाम्रा जीवनलाई सुरक्षित राख्नुभएको छ, र हाम्रा खुट्टालाई चिप्लन दिनुभएको छैन।
10 किनकि हे परमेश्वर, तपाईंले हाम्रो जाँच गर्नुभएको छ, तपाईंले हामीलाई चाँदीलाई झैँ परिष्कृत गर्नुभएको छ।
11 तपाईंले हामीलाई कैदमा ल्याउनुभयो, र हाम्रा ढाड़मा बोझ लाद्नुभयो।
12 तपाईंले मानिसहरूलाई हाम्रा शिरमा चढ्न दिनुभयो, हामी आगो र पानीबाट भएर गयौं, तर तपाईंले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो।
13 म तपाईंको मन्दिरमा होमबलिसहित आउनेछु, र तपाईंसित गरेका भाकल पूरा गर्नेछु—
14 म कष्टमा भएको समयमा, मेरा ओठले प्रतिज्ञा गरेका तथा मेरो मुखले उच्चारण गरेका भाकल।
15 म तपाईंलाई मोटा पशुहरू बलिदान चढ़ाउनेछु, र भेड़ाहरूको बलि। म साँढ़े र बोकाहरू चढ़ाउनेछु। सेला
16 परमेश्वरसित डराउनेहरू सबै आओ र सुन, उहाँले मेरो निम्ति के गर्नुभयो मलाई भन्न देओ।
17 मैले मेरो मुखले उहाँलाई पुकारें, र मेरो जिब्रोबाट उहाँको स्तुति भयो।
18 यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए, परमेश्वरले सुन्नुहुनेथिएन।
19 तर साँच्ची नै परमेश्वरले सुन्नुभएको छ, उहाँले मेरो प्रार्थनाका शब्दहरूमाथि ध्यान दिनुभएको छ।
20 परमेश्वरलाई महिमा होस्, जसले मेरो प्रार्थना अस्वीकार गर्नुभएको छैन, न त मबाट उहाँको प्रेम हटाउनुभएको छ।
याकूब 5 : 13
13 के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्।
भजनसंग्रह 76 : 1 – 12
1 सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा आसापको भजन [1] यहूदामा परमेश्वर चिनिनुभएको छ, इस्राएलमा उहाँको नाउँ महान् छ।
2 शालेममा उहाँको वासस्थान, उहाँको बस्ने ठाउँ सियोनमा छ।
3 उहाँले त्यहाँ जल्दा बाणहरू, ढाल र तरवार तथा लड़ाइँका अस्त्र-शस्त्रहरू भाँच्नुभयो। सेला
4 तपाईं ज्योतिले अति उज्ज्वल हुनुहुन्छ, र शिकारले धनी पर्वतहरूभन्दा पनि ऐश्वर्यवान् हुनुहुन्छ।
5 निडर मन भएकाहरू लुटिएका छन्, तिनीहरू गहिरो निद्रामा परेका छन्, र शूरवीरहरूमा एउटैले पनि हात उचाल्न सक्दैन।
6 हे याकूबका परमेश्वर, तपाईंको हप्कीमा घोड़चढ़ी र घोडा दुवै निष्प्राण भएका छन्।
7 तपाईं मात्र भय मान्ने योग्यका हुनुहुन्छ, तपाईं क्रोधित हुँदा, तपाईंको सामु को खड़ा हुन सक्छ र?
8 तपाईंले स्वर्गबाट आफ्नो न्याय-निर्णय सुनाउनुभयो, र पृथ्वी डरले चूपचाप रह्यो—
9 जब तपाईं, हे परमेश्वर, देशमा अत्याचार परेका सबैलाई बचाउन तपाईं न्याय गर्न उठ्नुभयो, सेला
10 निश्चय मानिसप्रति तपाईंको क्रोधले तपाईंको प्रशंसा ल्याउनेछ, अनि जो तपाईंको क्रोधबाट बाँचेका छन्, तिनीहरू रोकिएका छन्।
11 परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति भाकल गर र त्यो पूरा गर, उहाँको चारैपट्टि रहनेहरू सबैले उहाँलाई भेटी चढ़ाओ, जो भय मान्ने योग्यका हुनुहुन्छ।
12 उहाँले शासकहरूको घमण्ड चूर पार्नुहुन्छ। पृथ्वीका राजाहरू उहाँदेखि डराउँछन्।
हिब्रू 2 : 12
12 उहाँ भन्नुहुन्छ, “मेरा भाइहरूका सामुन्ने तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।”
भजनसंग्रह 118 : 15
15 धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्जन हुन्छ: “परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ!
भजनसंग्रह 71 : 8
8 मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ, सारा दिन तपाईंको प्रतापको घोषणा गर्दछु।
भजनसंग्रह 136 : 1 – 26
1 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
2 देवताहरूका परमेश्वरलाई धन्यवाद देओ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
3 प्रभुहरूका परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
4 उहाँले मात्र आश्चर्य कामहरू गर्नुहुन्छ: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
5 उहाँले आफ्नो समझशक्तिले स्वर्ग सृष्टि गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
6 उहाँले पानीमाथि पृथ्वी फैलाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
7 उहाँले ठूला-ठूला ज्योतिहरू बनाउनुभयो: उहाँको प्रेम सदाकाल रहिरहन्छ।
8 उहाँले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
9 उहाँले रातमा प्रभुत्व गर्नलाई चन्द्र र तारा बनाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
10 उहाँले मिश्रदेशका ज्येष्ठहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
11 उहाँले उनीहरूका बीचबाट इस्राएललाई निकाली ल्याउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
12 उहाँले शक्तिशाली हात र पसार्नुभएको पाखुराले तिनीहरूलाई निकाली ल्याउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
13 उहाँले लाल समुद्रलाई दुई भागमा विभाजित गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
14 उहाँले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
15 उहाँले फारो र उनको सेनालाई लाल समुद्रमा बगाइदिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
16 उहाँले आफ्ना मानिसहरूलाई उजाड-स्थानको बीचबाट डोर्याउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
17 उहाँले ठूला-ठूला राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
18 उहाँले शक्तिशाली राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
19 उहाँले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
20 उहाँले बाशानका राजा ओगलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
21 उहाँले उनको देश पैतृक-सम्पत्तिको रूपमा दिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
22 उहाँले त्यो देश आफ्नो दास इस्राएललाई दिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
23 उहाँले हामीलाई हाम्रो दुर्दशामा स्मरण गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
24 उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
25 उहाँले प्रत्येक प्राणीलाई आहार दिनुहुन्छ: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
26 स्वर्गका परमेश्वरलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
Leave a Reply