प्रलोभन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रलोभन

उत्‍पत्ति 3 : 13
13 अनि परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैंले यो के गरिस्‌?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले त्‍यो खाएँ।”

उत्‍पत्ति 20 : 6
6 तब परमेश्‍वरले उनलाई सपनामा भन्‍नुभयो, “हो, मलाई यो कुरो थाहा छ, कि तेरो शुद्ध विवेकले यो तैंले गरेको होस्‌। मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि म नै हुँ। यसैले त मैले तँलाई त्‍यसलाई छुन दिइनँ।

प्रस्‍थान 34 : 16
16 जब उनीहरूका छोरीहरूमध्‍येका कुनैलाई तिमीहरूले आफ्‍ना छोराहरूका निम्‍ति ल्‍याऔला, र ती छोरीहरू आफ्‍ना देवताहरूपछि आत्‍मिक व्‍यभिचारझैँ गर्लान्, तब तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि त्‍यही गर्न लाउनेछन्‌।

व्यवस्था 7 : 25
25 उनीहरूका देवताहरूका मूर्तिहरू तिमीहरूले आगोमा जलाइदिनू। मूर्तिमा भएका सुन र चाँदीको लालच गरेर आफ्‍नो निम्‍ति नलिनू, किनकि त्‍यही नै तिमीहरूका निम्‍ति फन्‍दा हुनेछ। किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति यो घृणित कुरो हो।

व्यवस्था 8 : 14
14 तब तिमीहरू अहङ्कारी भएर तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट ल्‍याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भुल्‍नेछौ।

व्यवस्था 8 : 18
18 तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सम्‍झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्‍पत्ति प्राप्‍त गर्ने शक्ति दिनुहुन्‍छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्‍नुभएको करार स्‍थिर गर्नुहुन्‍छ, जो आजसम्‍म छँदैछ।

व्यवस्था 13 : 3
3 तिमीहरूले त्‍यस अगमवक्ता वा स्‍वप्‍न-दर्शीका कुरा नसुन्‍नू। त्‍यो त तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो।

१ इतिहास 21 : 1
1 शैतान इस्राएलको विरुद्ध उठेर दाऊदलाई आफ्‍नो प्रजा गन्‍नलाई सुर्‍यायो।

२ इतिहास 32 : 31
31 तर जब बेबिलोनका शासकहरूले पठाएका राजदूतहरू देशमा देखिएको आश्‍चर्यका चिन्‍हको विषयमा सोध्‍न आए, तब परमेश्‍वरले तिनलाई जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन तिनलाई छोड्‌नुभयो।

भजनसंग्रह 119 : 165
165 तपाईंको व्‍यवस्‍थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्‍ति हुन्‍छ, र तिनीहरूले ठेस खाने कुनै कारण रहँदैन।

हितोपदेश 1 : 17
17 सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्‍यर्थ!

हितोपदेश 2 : 12
12 बुद्धिले तँलाई दुष्‍ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।

हितोपदेश 2 : 16
16 बुद्धिले तँलाई व्‍यभिचारिणी, र अनैतिक स्‍त्रीका लोभ्‍याउने कुराहरूबाट जोगाउनेछ,

हितोपदेश 4 : 15
15 त्‍यसलाई त्‍यागिदे, त्‍यसमाथि तेरो पाइला नराख्, त्‍यसबाट तर्केर आफ्‍नै बाटो लाग्‌।

हितोपदेश 5 : 21
21 किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, र उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ।

हितोपदेश 6 : 28
28 जलिरहेका भुङ्‌ग्रामा कुनै मानिस हिँड्‌यो भने के त्‍यसका खुट्टा पोल्‍दैनन्‌ र?

हितोपदेश 7 : 23
23 तब बाणले त्‍यसको कलेजो नै छेड़िदिन्‍छ, जालतिर वेगले उड़ेको चराझैँ, आफ्‍नो ज्‍यानै गुमाउँछु भन्‍ने उसलाई ज्ञानै छैन।

हितोपदेश 9 : 17
17 चोरीको पानी मीठो हुन्‍छ, गुप्‍तमा खाएको रोटी स्‍वादिष्‍ठ हुन्‍छ।”

हितोपदेश 12 : 26
26 धर्मी मानिस आफ्‍नो मित्रतामा सचेत रहन्‍छ, तर दुष्‍टको बाटोले तिनीहरूलाई बरालिदिन्‍छ।

हितोपदेश 14 : 27
27 परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्‍युको पासोहरूबाट उम्‍कन्‍छ।

हितोपदेश 13 : 14
14 बुद्धिमान्‌को शिक्षा जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्‍युको पासोबाट उम्‍कन्‍छ।

हितोपदेश 16 : 29
29 उपद्रवी मानिसले आफ्‍नो छिमेकीलाई फसाउँछ, र त्‍यसले उसलाई खराब बाटोतिर लैजान्‍छ।

हितोपदेश 19 : 27
27 ए मेरो छोरा, अर्ती सुन्‍न छोडिस्‌ भने, तँ ज्ञानका वचनहरूदेखि बहकिनेछस्‌।

हितोपदेश 28 : 10
10 ईमानसँग चल्‍नेलाई जसले खराब बाटोतिर लैजान्‍छ, त्‍यसको आफ्‍नै पासोमा त्‍यो फस्‍नेछ। तर निर्दोषले पर्याप्‍त अंश पाउनेछ।

उपदेशक 7 : 26
26 त्‍यही स्‍त्री जो एउटा पासो छे, त्‍यसलाई मृत्‍युभन्‍दा तीतो मैले भेट्टाएँ। त्‍यसको हृदय धराप र त्‍यसका हातहरूचाहिँ साङ्‌लाका बन्‍धन हुन्‌। जुन मानिसले परमेश्‍वरलाई खुशी पार्छ, त्‍यो त्‍यसबाट बाँच्‍नेछ, तर पापीलाई त्‍यसले पासोमा पार्छे।

यशैया 33 : 16
16 त्‍यही मानिस उच्‍चमा बस्‍नेछ, जसको शरणस्‍थान पहाड़को किल्‍ला हुनेछ। त्‍यसको भोजन त्‍यसलाई दिइनेछ र त्‍यसलाई पानीले धोका दिनेछैन।

यर्मिया 2 : 25
25 तेरो खुट्टा नाङ्गो नहोउञ्‍जेल र तेरो घाँटी तिर्खाले नसुकुञ्‍जेल नकुद्‌। तर तैंले भनिस्, ‘बेकार छ! विदेशी देवताहरूलाई म प्रेम गर्दछु, र तिनीहरूकै पछि म लाग्‍नेछु’।

यर्मिया 35 : 1 – 232

1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो:
2 “रेकाबीका परिवारकहाँ गएर तिनीहरूलाई परमप्रभुको घरका छेउका कोठाहरूमध्‍ये एउटामा निम्‍तो दिएर दाखमद्य खुवा।”
3 यसैले मैले यर्मियाका छोरा, हबसिन्‍याहका नाति याजन्‍याह र तिनका भाइहरू, तिनका सबै छोराहरू, अर्थात्‌ रेकाबीहरूका सबै परिवारलाई ल्‍याउन गएँ,
4 र मैले तिनीहरूलाई परमप्रभुको घरमा परमेश्‍वरको भक्त यिग्‍दल्‍याहका छोरा हानानका छोराहरूको कोठामा ल्‍याएँ। यो कोठाचाहिँ अधिकृतहरूको कोठाको छेउमा थियो, जो शल्‍लूमका छोरा मासेयाह ढोकेको कोठाको मास्‍तिर थियो।
5 त्‍यसपछि मैले दाखमद्यका घैँटाहरू र केही बटुका रेकाबीहरूका अगि राखिदिएँ, र तिनीहरूलाई भनें, “केही दाखमद्य पिओ।”
6 तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउनेछैनौं। किनभने रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई यस्‍तो आज्ञा गरेका थिए: ‘तिमीहरूले र तिमीहरूका सन्‍तानले कहिल्‍यै दाखमद्य नपिओ।
7 त्‍यसबाहेक तिमीहरूले कहिल्‍यै घर नबनाउनू, बीउ नछर्नू, दाखबारी नलगाउनू। तिमीहरूले यस्‍ता कामहरू कहिल्‍यै नगर्नू, तर तिमीहरूले बसोबास गरेको देशमा धेरै दिनसम्‍म बाँचिरहून्‌ भनेर तिमीहरू सधैँ पालहरूमा फिरन्‍तेझैँ बस्‍नू’।
8 रेकाबका छोरो योनादाब हामीहरूका पुर्खाका जम्‍मै आज्ञा हामीले पालन गरेका छौं, अर्थात्‌ न त हामी आफै न हाम्रा पत्‍नीहरू, न छोराछोरीहरूले मद्य पिएका छौं,
9 अथवा घर बनाएर बसेका छौं, दाखबारी वा खेत रोपेका छौं, वा अन्‍न उमारेका छौं।
10 तर हामी पालहरूमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले आज्ञा गरेको हरेक वचन पालन गर्दैआएका छौं।
11 तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गरे, तब हामीले भन्‍यौं, ‘बेबिलोनीहरू र अरामीहरूका सेनाबाट भाग्‍न अब हामी यरूशलेममा जाऔं’। यसैले हामीहरू यरूशलेममा बसेका छौं।
12 तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:
13 “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूलाई गएर भन्, ‘के तिमीहरू शिक्षा सिक्‍दैनौ र मेरा वचन पालन गर्दैनौ?’ परमप्रभु भन्‍नुहुन्‍छ।
14 रेकाबको छोरो योनादाबले आफ्‍ना सन्‍तानलाई ‘तिमीहरूले दाखमद्य नखानू’ भनेर दिएको आज्ञा तिनीहरूले मान्‍दैआएका छन्‌। तिनीहरू आजसम्‍म दाखमद्य खाँदैनन्, किनभने तिनीहरूले आफ्‍ना पुर्खाको आज्ञा पालन गरेका छन्‌। तर मैले तिमीहरूलाई घरीघरी भन्‍दैआएँ, तापनि तिमीहरूले मेरो कुरा मानेका छैनौ।
15 मैले तिमीहरूकहाँ मेरा सबै दास अगमवक्ताहरूलाई घरीघरी पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेक अब आ-आफ्‍नो दुष्‍ट मार्गबाट फर्क, र आफ्‍ना क्रियाकलाप सुधार, र अन्‍य देवताहरूको सेवा गर्न तिनीहरूका पछि नलाग। तब मात्र मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहन पाउनेछौ।” तर तिमीहरूले मेरो कुरामा ध्‍यान दिएनौ, अथवा मेरा कुरा सुनेनौ।
16 रेकाबको छोरो योनादाबका सन्‍तानले त आफ्‍ना पिता-पुर्खाले दिएको आज्ञा पालन गरेका छन्, तर यस प्रजाले मेरो आज्ञा पालन गरेको छैन’।
17 “यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘सुन! म यहूदा र यरूशलेमका सबै बासिन्‍दाहरूमाथि मैले उच्‍चारण गरेको हरेक सर्वनाश तिनीहरूमाथि ल्‍याउनेछु। मैले तिनीहरूलाई भनें, तर तिनीहरूले ध्‍यानसित सुनेनन्‌। मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन्‌’।”
18 तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले आफ्‍ना पुर्खा योनादाबको आज्ञा पालन गर्दै, र तिनका सबै शिक्षाहरू मान्‍दै, र तिनले तिमीहरूलाई दिएका सबै आदेश मान्‍दैआएका छौ’।
19 यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘रेकाबको छोरो योनादाबको सन्‍तानमा मेरो सेवा गर्ने एउटै मानिसको पनि अभाव हुनेछैन’।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *