प्रमाण

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रमाण

प्रस्‍थान 20 : 16
16 “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।

प्रस्‍थान 23 : 1
1 झूटा गवाही नदेओ। दुष्‍टको साथ लागेर त्‍यसको निम्‍ति ईर्ष्‍यापूर्ण गवाह नबन।

प्रस्‍थान 23 : 7
7 झूटा कुराबाट दूर बस। निरपराध र ईमानदारलाई प्राणदण्‍ड नदेओ, किनकि दोषीलाई म कहिल्‍यै निर्दोष ठहराउनेछैनँ।

लेवीहरू 5 : 1
1 “‘यदि कोही मानिसले यस्‍तो किसिमको पाप गर्‍यो, कि साक्षी भईकन जनसाधारणअगि बोल्‍नुपर्दा पनि आफूले देखेको र जानेको कुरो त्‍यसले बोल्‍दैन भने, त्‍यो त्‍यसको लागि दोषी हुनेछ।

लेवीहरू 24 : 14
14 “त्‍यस सराप बक्‍नेलाई छाउनीदेखि बाहिर लैजा, र त्‍यसले भनेका कुरा सुन्‍नेहरू सबैले आ-आफ्‍ना हात त्‍यसको टाउकोमा राखून्‌। त्‍यसपछि जम्‍मै समुदायले त्‍यसलाई ढुङ्गा हानेर मारून्‌।

गन्ती 35 : 30
30 “‘कसैले कसैको हत्‍या गर्‍यो भने त्‍यस हत्‍यारालाई साक्षीहरूले दिएको सबूतको आधारमा मात्रै प्राणदण्‍ड मिलोस्‌। तर एउटा मात्र साक्षीको गवाहीमा चाहिँ कसैलाई प्राणदण्‍ड नदिनू।

व्यवस्था 17 : 7
7 त्‍यसलाई मार्न साक्षीहरूले नै सबैभन्‍दा पहिले हात उठाऊन्‌। त्‍यसपछि अरू मानिसहरूले हात उठाऊन्‌। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टतालाई खतम गर्नुपर्छ।

व्यवस्था 19 : 21
21 तिमीहरूले नटिठ्याउनू। ज्‍यानको साटो ज्‍यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र गोड़ाको साटो गोड़ा हुनेछ।

हितोपदेश 24 : 28
28 आफ्‍नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्‍ना ओठलाई छली कामको लागि प्रयोग नगर्‌।

मत्ती 18 : 16
16 तर त्‍यसले सुनेन भने आफ्‍नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्‍येक कुरा पक्‍का होस्‌।

मत्ती 19 : 18
18 तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?” येशूले भन्‍नुभयो, “तैंले हत्‍या नगर्नू, तैंले व्‍यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू।

हिब्रू 10 : 28
28 मोशाको व्‍यवस्‍थालाई उल्‍लङ्घन गर्ने मानिस दुई वा तीन साक्षीहरूका गवाहीमा दयाविना मर्नुपर्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *