यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रभाव
१ राजाहरू 11 : 4
4 सोलोमन वृद्ध हुँदा तिनका पत्नीहरूले तिनको मन अरू देवताहरूतर्फ फर्काइदिए, र तिनका आफ्ना पिता दाऊदझैँ सम्पूर्ण रूपले परमप्रभु आफ्ना परमेश्वरका भक्त भएनन्।
१ राजाहरू 15 : 26
26 तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे, र इस्राएललाई तिनका पिताले गर्न लाएका पापमा चलेर तिनकै चालमा तिनी हिँड़े।
१ राजाहरू 21 : 25
25 आफ्नी पत्नी ईजेबेलले उक्साएकीले गर्दा परमप्रभुको दृष्टिमा खराब काम गर्नलाई आफूलाई बेच्ने आहाबझैँ कुनै मानिस कहिल्यै भएन।
१ राजाहरू 22 : 53
53 तिनले बाल देवताको सेवा गरे र त्यसलाई पुजे, र तिनका पिताले गरेझैँ परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाए।
२ राजाहरू 8 : 18
18 आहाबका घरानाले गरेझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनकि तिनले आहाबकी एउटी छोरीलाई विवाह गरे। परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही तिनले गरे।
२ राजाहरू 8 : 27
27 अहज्याह आहाबको घरानाका चालहरूमा हिँड़े, अनि आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही तिनले गरे, किनकि विवाहले गर्दा तिनको सम्बन्ध आहाबको घरानासित थियो।
२ राजाहरू 17 : 22
22 इस्राएलीहरू यारोबामका सबै पापहरूमा लागिरहे, र ती त्यागेनन्,
२ राजाहरू 21 : 9
9 तर मानिसहरूले ध्यानै दिएनन्। मनश्शेले तिनीहरूलाई बरालेर लगे, र इस्राएलको सामुन्ने परमप्रभुले सर्वनाश गर्नुभएका जाति-जातिहरूभन्दा पनि अझ बढ़ी खराब काम तिनीहरूले गरे।
२ इतिहास 21 : 6
6 आहाबको घरानाझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनभने तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही तिनले गरे।
२ इतिहास 22 : 5
5 रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लड़ाइँ गर्न तिनले इस्राएलका राजा आहाबका छोरा योरामसित मित्रता बाँध्न तिनीहरूको सल्लाह लिए। तर अरामीहरूद्वारा योरामले चोट पाए,
२ इतिहास 33 : 9
9 तर परमप्रभुले इस्राएलको सामुन्ने नाश गरेका जातिहरूले भन्दा पनि धेरै खराबी गरेर मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई कुपथमा चलाए।
हितोपदेश 22 : 25
25 नत्रता त्यसको चाल तैंले सिक्लास्, र आफै पासोमा पर्लास्।
हितोपदेश 29 : 12
12 शासकले झूटा कुराहरू सुन्छ भने, तिनका सम्पूर्ण अधिकारीहरू दुष्ट बन्छन्।
यर्मिया 17 : 2
2 झ्याम्म परेका रूखहरूनेर र अल्गा डाँड़ाहरूमा भएका आफ्ना वेदीहरू र अशेराका खम्बाहरू तिनीहरूका छोराछोरीहरूले पनि स्मरण गर्छन्।
होशे 4 : 9
9 जस्ता प्रजा त्यस्तै पूजाहारीहरू हुनेछन्। म दुवैलाई तिनीहरूका चालको निम्ति सजाय दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।
मत्ती 13 : 25
25 तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो।
लूका 12 : 1
1 यसै बीच जब हजारौँको भीड जम्मा भयो, यहाँसम्म कि एउटाले अर्कालाई कुल्चन लाग्यो, उहाँले पहिले आफ्ना चेलाहरूलाई भन्न लाग्नुभयो, “तिमीहरू फरिसीहरूको खमिरदेखि होशियार बस। त्यो खमिर तिनीहरूको कपट आचरण हो।
१ कोरिन्थी 5 : 8
8 यसकारण हामी पुरानो खमिरले, अर्थात् कुकर्म र दुष्टताको खमिरले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीले चाड मनाऔं।
गलाती 3 : 1
1 हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर वशमा पार्यो? तिमीहरूका आँखाकै सामुन्ने येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको कुरा स्पष्ट रूपले वर्णन गरिएको थियो।
गलाती 5 : 9
9 थोरै खमिरले जम्मै ढिकालाई खमिरा बनाउँछ।
२ तिमोथी 2 : 14
14 यो कुरा तिनीहरूलाई सम्झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्दहरूका विषयमा तर्कवितर्क नगरून्, जसले भलाइ गर्दैन, तर केवल सुन्नेहरूलाई हानि पुर्याउँछ।
२ तिमोथी 2 : 18
18 पुनरुत्थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्यबाट तर्किएका छन्। कति जनाको विश्वासलाई यिनीहरूले खलबल्याइरहेका छन्।
उत्पत्ति 3 : 5
5 किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ।”
Leave a Reply