यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रकृति
भजनसंग्रह 145 : 5
5 तिनीहरूले तपाईंको ऐश्वर्य र तेजस्वी वैभवको वर्णन गर्नेछन्, र म तपाईंका आश्चर्यपूर्ण कार्यहरूमाथि चिन्तन गर्नेछु।
अय्यूब 12 : 7 – 10
7 “तर गएर पशुलाई सोध्नुहोस् र तिनीहरूले तपाईंलाई सिकाउनेछन्, अथवा आकाशका चराहरूलाई, अनि उनीहरूले तपाईंलाई बताउनेछन्,
8 अथवा पृथ्वीसित बोल्नुहोस्, र त्यसले तपाईंलाई सिकाउनेछ, वा समुद्रका माछालाई तपाईंलाई सिकाउन दिनुहोस्।
9 परमेश्वरको आफ्नै हातले यी सबै गर्नुभएको हो भनी यी सबैमध्येबाट कसले जान्दैन र?
10 जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्मा परमेश्वरकै हातमा छ।
उपदेशक 3 : 11
11 उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्।
यशैया 55 : 12
12 तिमीहरू आनन्दसाथ जानेछौ, र शान्तिमा डोर्याइनेछौ। पर्वतहरू र डाँड़ाहरू तिमीहरूका सामुन्ने गीत गाउनेछन्, र मैदानका सारा रूखहरूले ताली बजाउनेछन्।
भजनसंग्रह 69 : 34
34 स्वर्ग र पृथ्वी र समुद्र र तिनमा चलहल गर्ने साराले उहाँको प्रशंसा गरून्।
रोमी 8 : 19 – 22
19 सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ।
20 सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा,
21 कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ।
22 हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ।
नहेम्याह 9 : 6
6 तपाईं मात्र परमप्रभु हुनुहुन्छ। तपाईंले नै स्वर्ग, सर्वोच्च आकाश, र त्यसका सबै तारामण्डल, पृथ्वी र त्यसमा भएका सबै थोक, र समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभयो। तपाईंले नै तिनीहरू सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका सारा समुदायले तपाईंलाई पुज्दछन्।
भजनसंग्रह 102 : 25
25 आदिकालमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो, र स्वर्ग तपाईंकै बाहुलीको कृति हो।
भजनसंग्रह 23 : 1 – 6
1 दाऊदको भजन [1] परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन।
2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।
3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ।
4 मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्त्वना दिन्छन्।
5 मेरा शत्रुहरूका सामुन्ने तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरो भरिएर पोखिन्छ।
6 निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।
मत्ती 6 : 28 – 30
28 “अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्।
29 तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्।
30 आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढ़ी उहाँले पहिराउनुहुनेछैन र?
उत्पत्ति 1 : 1
1 आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो।
उत्पत्ति 9 : 1
1 त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिएर भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदैजाओ।
Leave a Reply