यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रकाश
प्रस्थान 3 : 6
6 उहाँले अझै भन्नुभयो, “म तेरा पिता-पुर्खाका परमेश्वर हुँ। अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।” तब मोशाले आफ्नो मुख ढाके, किनकि तिनी परमेश्वरलाई हेर्न डराए।
प्रस्थान 3 : 14
14 तब परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्नू, “म हुँ” भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।
प्रस्थान 6 : 3
3 अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परें, तर “परमप्रभु” भन्ने मेरो नाउँले त तिनीहरूकहाँ प्रकट भइनँ।
१ इतिहास 28 : 19
19 दाऊदले भने, “यी सबै परमप्रभुकै हातले बनाएको नक्शा हो, र यसका सम्पूर्ण ससाना कामहरू उहाँले मलाई बुझाउनुभएको छ।”
मत्ती 3 : 17
17 तब स्वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु।”
मत्ती 16 : 17
17 येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।
Leave a Reply