यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पोशाक
उत्पत्ति 3 : 7
7 अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए।
व्यवस्था 22 : 11
11 ऊन र सूती मिसाएर बुनेको लुगा लगाउनुहुँदैन।
व्यवस्था 22 : 5
5 पुरुषले लाउने लुगा स्त्रीले लाउनुहुँदैन, र स्त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।
१ तिमोथी 2 : 10
10 तर असल कामद्वारा सुसज्जित होऊन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ।
१ पत्रुस 3 : 3
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
प्रस्थान 22 : 26
26 तिमीहरूका छिमेकीको खास्टो बन्धकमा लिएका छौ भने, सूर्यास्त हुन अघि नै त्यो त्यसलाई फर्काइदेओ,
लेवीहरू 11 : 32
32 यीमध्ये मरेको कुनै एउटा केही कुरामा पर्यो भने, त्यो थोक अशुद्ध हुन्छ, चाहे काठको थोक होस्, अथवा लुगा, छाला, भाङ्ग्रो, वा जुनसुकै कामको भाँड़ा होस्। त्यो पानीमा चोपल्नुपर्छ, र त्यो साँझसम्म अशुद्ध हुनेछ, त्यसपछि मात्रै त्यो चोखो हुन्छ।
लेवीहरू 13 : 59
59 ऊनी अथवा सूती लुगामा, ताना वा बानामा अथवा छालाको कुनै वस्तुमा ढुसीको दागलाई शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गरिने विधि यी नै हुन्’।”
प्रस्थान 28 : 40
40 तैंले हारूनका छोराहरूका निम्ति लबेदा, पटुका र फेटाहरू तिनीहरूका गौरव र शोभाको निम्ति बनाउनू।
Leave a Reply