यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पेन्टेकोस्ट
प्रस्थान 34 : 22
22 “तिमीहरूले साताहरूको चाड़ पहिले उब्जिएको गहूँसाथ मान्नू, र वर्षको आखिरमा अन्न भित्र्याउने चाड़ पनि मान्नू।
व्यवस्था 16 : 10
10 तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार राजीखुशीको बलि चढ़ाएर परमप्रभु आफ्ना परमेश्वरको निम्ति साताहरूका चाड़ मान्नू।
प्रस्थान 23 : 16
16 “तिमीहरूले खेतमा छरेको अन्नको अगौटे फल चढ़ाएर कटनीको चाड़ मनाओ।” “वर्षको अन्तमा जब तिमीहरू आफ्नो खेतबाट आफ्नो मेहनतको फल बटुल्छौ, त्यस बेला अन्न भित्र्याउने चाड़ मनाओ।
गन्ती 28 : 26
26 “‘अगौटे फलको दिनमा तिमीहरूले परमप्रभुको निम्ति साताहरूको चाड़मा नयाँ अन्नको बलि चढ़ाउँदा तिमीहरूको एउटा पवित्र सभा होस्। त्यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू।
प्रेरित 2 : 1
1 जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।
प्रेरित 20 : 16
16 एशियामा समय बिताउने विचार नभएको हुनाले तिनले एफिसस नपसी जाने निश्चय गरे। किनभने सम्भव भए पेन्तिकोसको दिन यरूशलेममै पुग्ने तिनले आतुरी गरिरहेका थिए।
१ कोरिन्थी 16 : 8
8 तर पेन्तिकोसको चाड़सम्म म एफिससमा बस्नेछु।
प्रस्थान 23 : 16
16 “तिमीहरूले खेतमा छरेको अन्नको अगौटे फल चढ़ाएर कटनीको चाड़ मनाओ।” “वर्षको अन्तमा जब तिमीहरू आफ्नो खेतबाट आफ्नो मेहनतको फल बटुल्छौ, त्यस बेला अन्न भित्र्याउने चाड़ मनाओ।
प्रस्थान 34 : 22
22 “तिमीहरूले साताहरूको चाड़ पहिले उब्जिएको गहूँसाथ मान्नू, र वर्षको आखिरमा अन्न भित्र्याउने चाड़ पनि मान्नू।
लेवीहरू 23 : 21
21 त्यस दिन पवित्र सभा हो भनी तिमीहरूले घोषणा गर्नू। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू। तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्।
गन्ती 28 : 31
31 नित्यको होमबलि र त्यसको अन्नबलिबाहेक तिमीहरूले तिनका अर्घ-बलि चढ़ाउनू। ती पशुहरूचाहिँ निष्खोट हुनुपर्छ’।”
व्यवस्था 16 : 12
12 याद राख, तिमीहरू मिश्रमा कमारा-कमारी थियौ, र यी विधिहरू होशियारीसँग पालन गर।
व्यवस्था 16 : 16
16 जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुनेछ, त्यहाँ वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुष उहाँको सामुन्ने देखा परून्: अखमिरी रोटीको चाड़मा, साताहरूको चाड़मा र छाप्रो-वासको चाड़मा। परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्।
Leave a Reply